रविन्द्र श्रेष्ठको राजावादी छनक

रविन्द्र श्रेष्ठको राजावादी छनक

साउन २५, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

विशेष क्षेत्रीय व्यूरोको बैठक बस्दै थियो, त्यसको लागि म पनि रोल्पातिर लागें । क्षेत्रीय व्यूरो इन्चार्जसँग त्यहाँको आत्मगत अवस्था (साङ्गठनिक ढाँचा) र वस्तुगत स्थितिबारे रिपोर्ट गर्ने काम भयो । क.अटल (चन्द्रप्रसाद सुवेदी) जो गुल्मीको पहिलो इन्चार्ज हुनुहुन्थ्यो, सँगै थियौँ । उहाँले पनि मेरो रिपोर्टको समर्थन गर्नु भएको थियो । त्यो बेला पार्टीको पोलिटव्यूरोको बैठक भारतको बैङ्गलोरमा भएको थियो । अबका दिनमा पार्टी हेडक्वाटर देशमै फर्किएर क्रान्तिलाई अघि बढाउने निर्णय बैठकले तय गरेको थियो । हेडक्वाटर पार्टीको ‘आधार इलाका विशेष क्षेत्र’भित्र आउने कुरा चलेको थियो । त्यसैबीच सिलिगुडीबाट किरणजी गिरफ्तार हुनु भएको खबर आयो । सुरक्षा सर्तकताकै बीच पनि नेताहरुको गिरफ्तारीले पार्टी पङ्क्ति तरंगीत बन्यो । एकातिर पार्टीभित्रै अन्तरसंघर्ष, अर्कोतिर किरणजीको गिरफ्तारी, त्यहाँको वातावरण सहज थिएन । आत्मियता र विश्वासभन्दा पनि शङ्काको दृष्टिले हेर्ने वातावरण थियो । प्रायजसो पार्टीभित्रका अन्तरसङ्घर्ष विचारको भएपनि बाबुराम भट्टराईसँग जोडिने गरेको थियो ।

यता मलाई बाबुराम भट्टराईको मानिस भनेर बुझिन्थ्यो । यसपटक पनि त्यही होला भन्ने शङ्का लाग्यो । बैठकमा क्षेत्रीय व्यूरो इन्चार्जले खुलेर कुरा राख्नु भएन । त्यसबेला पार्टीका पोलिटव्यूरो सदस्य रविन्द्र श्रेष्ठ विशेष क्षेत्र पुगेका थिए । उनीसँग छलफल गर्ने जिज्ञासा राखेँ, उनले स्वीकार गरे । क्षेत्रीय व्यूरोको बैठकपछि छलफल गर्ने कुरा भयो । अन्तरसंघर्षको गाँठी कुरा बुझ्न म निकै आतुर थिएँ । श्रेष्ठबाट केही कुरा बुझ्न सकिएला भन्ने मलाई लागेको थियो । क्षेत्रीय ब्यूरो बैठकले गुल्मीमा १० जना जिल्ला कमिटी सदस्य थप्ने निर्णय गर्‍यो, खुसी लाग्यो । यसबीच म निरन्तर क्षेत्रीय व्यूरोका सदस्यहरुसँग भेटघाट, चिनजान र सामान्य छलफलमा व्यस्त भएँ । त्यहाँ उपस्थित केन्द्रीय सदस्य बैठकमा बस्ने कुरा थियो । बेलुका पनि जोगबहादुर महरा, रामकिशान ढकाल (प्रशान्त) क.अटल र मसहित ४ जना बेलुका सँगै बस्यौँ । पार्टी हेडक्वाटर रोल्पा आउनेबारे केही कुराकानी त भए, अरु खासै छलफल भएन ।

उहाँ फेरि बोल्दै जानु भयो– ‘राजा र हामी मिलेर देश चलाउने र राष्ट्रवादीको छवि बनाउने यो तत्कालको आवश्यकता हो । वास्तवमा यो प्रचण्डको दिमागमा आएको विचार हो, राजाले पनि भेट्न खोजिरहेको बुझिएको छ ।’

भोलिपल्ट खाना खाएपछि रविन्द्र श्रेष्ठसँग छलफलमा बसियो । उहाँको कुरा थियो, ‘हाम्रो अहिलेको बहस भनेको सामन्तवादसँग सम्झौता गर्ने र लोकतान्त्रिक दलहरुलाई विपक्षी बनाएर अघि बढ्नुबपर्छ । तब मात्र नेपालमा संविधानसभाबाट संविधान बनाउन सकिन्छ । सेनाको समर्थनमा राजाले संविधानसभाको निर्वाचन गराउँछ । त्यस निर्वाचनमा माओवादीले पनि भाग लिने र माओवादीलाई जिताउने काम सेनाले गर्छ । हामी देशको ठूलो पार्टी बन्ने सम्भावना छ । लोकतन्त्रवादीलाई जेल पठाउन सकिन्छ, यिनीहरु भारतका इसारामा खेलेका छन् ।’ उहाँका कुराले म झस्किएँ, तर पनि म चुप लागेर सुनिरहें ।

उहाँ फेरि बोल्दै जानु भयो– ‘राजा र हामी मिलेर देश चलाउने र राष्ट्रवादीको छवि बनाउने यो तत्कालको आवश्यकता हो । वास्तवमा यो प्रचण्डको दिमागमा आएको विचार हो, राजाले पनि भेट्न खोजिरहेको बुझिएको छ । बाबुरामजीले यस विषयलाई मान्नुभएको छैन । लोकतन्त्रवादीसँग मिलेर राजाविरुद्व संघर्ष गर्ने र भारतलाई सन्तुलनमा राख्नुपर्ने उहाँको विचार छ । राजाले बाबुरामजीलाई राम्रो मानेको छैन, दोस्रो वार्तामा पनि भेट्न मानेन । यदि बाबुरामजीले नमाने उहाँलाई कारवाही गर्ने । राजाको पनि यही सुझाव छ ।’ म उहाँका कुरा सुनेर छक्कै पर्दै थिएँ । क्रान्तिभित्र यस्तो विर्सजनवादी नेतृत्व फँणा फुलाएको सर्प भएर बसेको रहेछ । म उहाँका सबै कुरा सुन्न चाहन्थें, धैर्य साँध्नुको विकल्प थिएन । उहाँले आफ्ना कुरा राखिरहनु भयो ।

कारवाहीपछि हामीले एउटा लडाई जित्छौँ । त्यसपछि सामन्तवादी सत्ताको प्रमुख राजा ज्ञानेन्द्र हुने र सत्ता माओवादीले चलाउने राजासँग प्रचण्डजीको वार्ता गर्ने र समस्या समाधान गर्ने उहाँको विश्लेषण थियो । त्यहाँ मैले ‘हुदैन’ भनेर आफ्नो विचार राख्ने वातावरण थिएन । छलफल गर्दै जाउँ, हामी केका लागि लडेका हौँ, सत्ताप्राप्ति मात्र हो कि राज्य व्यवस्थामा परिवर्तनका लागि हो ? यो विषय आमकार्यकर्तामा छलफल होला भनेर उठें । त्यसपछि लाग्यो, अन्तरसंघर्ष झनै पेचिलो हुने छ ।

त्यतिबेला घनश्याम भुसाल र खुमराज पन्थीलाई बन्दी बनाएर श्रम शिविरमा खटाइएको पनि थाहा पाएँ ।

बैठक सकेको दुई दिनपछि गुल्मी फर्कने कुरा भयो । त्यहाँ खासै उत्साह र छलफल गर्ने वातावरण पनि बनेन । उर्जाले भरिनु पर्नेमा भारी मनले म गुल्मी फर्किएँ । हामी त सामन्तवादको विरुद्व लडेको हो, राजतन्त्रको अन्त नगरीकन नेपालमा गणतन्त्र आउँदैन । यदि राजतन्त्रसँगै मिल्ने हो भने यति धेरै शहीद, घाइते, अपाङ्गको बलिदान किन आवश्यक थियो ? कार्यकर्ताले सत्ताकै लागि यति यातना किन खानु परेको थियो । यो हुँदैन, त्यसको प्रतिवाद गरेर अन्तरसंर्घषमा भाग लिनुपर्छ भन्ने अठोट गरें । तर यो विशेष क्षेत्रमा बाबुरामको विचार नजिक मानिने म मात्र एकजना केन्द्रीय सदस्य थिएँ । अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा मैले यसका लागि आफूलाई तयार गर्नुको विकल्प थिएन । यदि हेडक्वाटर नै विशेष क्षेत्रमा आउने भयो भने केन्द्रीय समितिको बैठक होला । बाबुराम लगायत थुप्रै कमरेडसँग भेट होला, तब विचार गर्नुपर्ला । अहिले नै धारणा बनाउन हुँदैन भनेर मनलाई दृढ बनाए । आफैंसँग अन्तरसंघर्ष गर्दै म दुई दिन हिँडेर गुल्मी पुगेँ । सचिव सुदर्शनसँग होमवर्क गरेर बैठक बोलाउने योजना बनाएँ । अभियानबाट बसन्त श्रेष्ठ (प्रज्वलन) पनि फर्किसक्नु भएको थियो । कमरेडहरुले अन्तरसंघर्षबारे थोरै थाहा पाइसक्नु भएको रहेछ । मेरो मुख सुघ्ने कोशिस गर्नुभयो तर म त्यसबेला केही पनि बोलिनँ । दुई दिनपछि जिल्लाको बैठक बस्ने निधो भयो । मैले केही जिल्ला कमिटीका साथी र नयाँ थपिएका केही साथीसँग छलफल गरें । त्यहाँको अन्तरविरोध नेतृत्व र तलका साथीहरुबीच व्यवहारिक र संगठनात्मक रुपमा थियो । १० जनालाई जिल्लामा थपेपछि केही हल भएपनि व्यवहारिक पक्षहरु थिए । त्यतिबेला घनश्याम भुसाल र खुमराज पन्थीलाई बन्दी बनाएर श्रम शिविरमा खटाइएको पनि थाहा पाएँ ।

पृथ्वी कुँवरलाई पनि शिविरमा हालिएको रहेछ । पार्टीभित्र छलपफल गरेर उहाँहरुलाई कागज बनाएर छोडिदिने कुरा मैले राखेँ । साथीहरुले केही छलफलपछि मेरो प्रस्तावलाई स्विकार गर्नुभयो । गुल्मीको नेतृत्व सम्हालेपछिको यो मेरो निर्णयको पहिलो स्टेप’ थियो । दुई दिनपछि हुने बैठकको एजेण्डाको बारेमा छलफल भयो । मैले जिल्लाबाट विस्थापित भई सदरमुकाम तम्घास, बुटवल र काठमाडौंसम्म पुगेकाहरुको लिस्ट मागें । जिल्लाको वस्तुगत स्थितिको अध्ययनबाट के थाहा भएको थियो भने, माओवादी भन्ने वित्तिकै डराउने, हत्या नै गरिहाल्छन् भन्ने त्रासका ती जिल्लाबासी विस्थापित भएका थिए । माओवादी आतंककारी थिएन, जनताको लागि क्रान्तिमा भएको राजनीतिक पार्टी थियो । यसर्थ जनतामा भएको त्यो भ्रम चिर्न पनि जरुरी थियो । त्यो स्थितिमाथि थप अध्ययन गरी निर्णय लिनु जरुरी थियो ।

हो, युद्व भनेको नापतौलको हुँदैन तर औसत पनि हुँदैन, त्यहीनेर नेतृत्वको भूमिका अहम् हुन्छ भन्ने कुरा मैले बुझेको थिएँ । आइन्स्टाइनले भनेका छन्– ‘माइण्ड इज म्याटर’ । भौतिकवादीले मात्र होइनन् आध्यात्मवादको पनि यो मत छ । यो सारा ब्रामण्ड हाम्रो इच्छा, चाहना र सोंचहरुको प्रकटीकरण हो ।

त्यसबीच माओवादीका नाममा जनताका बीच दुईखाले गतिविधि भइरहेका थिए । एउटा माओवादी वा क्रान्तिका समर्थक जनताविरुद्ध सुराकी गर्ने, जनतालाई शोषण अत्याचार गर्ने, ठग्ने दलालहरुलाई तथ्यप्रमाणका आधारमा कारवाहीको ठोस निर्णय गरिन्थ्यो । त्यो पार्टीको नीतिअन्तर्गत नै हुन्थ्यो । दोस्रो, व्यक्तिगत रिसइबी साँध्न, उत्पिडित जनतालाई उल्टै सास्ती दिन माओवादीको खोल ओढेर स्वार्थपूर्ति गरिरहेका प्रतिगामीको चरित्रको बिगबिगी । यस्तो छद्मभेषीहरुका कारण जनताका बीच क्रान्ति बदनाम हुँदै गइरहेको पाइयो । न्याय पाउनुपर्ने जनता उल्टै विनाकारण मानसिक तथा भौतिक कारवाहीको शिकार भएका, कतिपय ठाउँमा हत्या नै गरिएका घटना बढ्दो थियो । नकारात्मक तरिकाले गिरफ्तार गर्ने, श्रम शिविरमा काम गराउने, सानोतिनो सेबोटेज (भौतिक कारवाही) गरिन्थ्यो, जुन ठीक थिएन । मुक्तिका लागि लडेको भनिएकै पार्टीबाट यस्तो हुनुले जनतामा पक्कै क्रान्तिप्रति नकारात्मक धारणा बन्नु स्वभाविक थियो । यस्ता प्रवृत्तिको पहिचान गरी बेलैमा पार्टीलाई बदनाम हुनबाट जोगाउन जरुरी थियो । हो, युद्व भनेको नापतौलको हुँदैन तर औसत पनि हुँदैन, त्यहीनेर नेतृत्वको भूमिका अहम् हुन्छ भन्ने कुरा मैले बुझेको थिएँ । आइन्स्टाइनले भनेका छन्– ‘माइण्ड इज म्याटर’ । भौतिकवादीले मात्र होइनन् आध्यात्मवादको पनि यो मत छ । यो सारा ब्रामण्ड हाम्रो इच्छा, चाहना र सोंचहरुको प्रकटीकरण हो ।

गुल्मी सामान्य तहका सामन्तहरु भएको क्षेत्र हो । यहाँ तराई वा शहरको जस्तो ठूला धनाढ्य वा सामान्तहरु थिएनन् । पञ्चायतकालीन ससाना स्तरका फटाहा, कोदो जस्ता अनाज चौपादे (पच्चिसा) लगाउने, ब्याजमा पैसा लगाउने तथा सानोतिनो ठगठाग गर्ने मानिस थिए । यसकारण यस्तो क्षेत्रमा काम गर्दा कसलाई प्रधान मान्ने, कसलाई सहायक मान्ने बारेमा विवेक पुर्‍याउन आवश्यक थियो । मैले त्यहाँको वस्तुगतस्थिति अनुसार काम गर्नुपर्ने मत नै बैठकमा प्रस्तावका रुपमा लैजाने आँट गरेँ ।

सकारात्मक सोंच सुरु गर्न मस्तिष्कमा सकारात्मक विम्ब सिर्जना हुन पनि उत्तिकै आवश्यक छ, तबमात्र त्यहाँको समस्याको हल हुन्छ । त्यहाँको व्यवहारिक समस्या भनेको जिल्ला तहका कार्यकर्ता र नेतृत्वको आवश्यकता र क्षमताको मूल्याङ्कन हो । क्षमता भएका कमरेडहरुलाई जिम्मा दिएर अगाडी बढाउन जरुरी थियो । त्यसका लागि नेतृत्व क्षमता, जनताको घुलमिल हुने तरिका, दुस्मनसँग जोगिने, पार्टीलाई जोगाउने, आवश्यकता अनुसार लड्न सक्ने क्षमता जस्ता पक्षको सही मूल्याङ्कनका आधारमा नेतृत्व विकास गराउनु आवशयक थियो । यसका लागि त्यसभन्दा उपल्लो तहको नेतृत्वले द्वन्द्वात्मक भौतिकवादी र आलोचनात्मक चेतका साथ योजना, संरचना निर्माण गरी कार्यान्वयनमा जानु आवश्यक थियो । यही सैद्धान्तिक ढाँचामा जिल्लामा केही सकारात्मक छलफलहरु भए । गुल्मीलाई विशेष क्षेत्रसँग जोड्नेबारे व्यापक छलफल भयो । जिल्लाबाट विस्थापित भएका केही मानिसलाई फर्काउने कुरा भयो । डेड महिना संगठनात्मक शुद्विकरण र विस्तार गर्ने अभियान चलाउने निर्णय भयो । विद्यार्थी, महिला, किसान, शिक्षक र जनमिलिसियाको बढी विस्तार गर्ने निर्णय भयो ।

अभियानको लागि गुल्मीको पूर्वपश्चिम त्यही रुपमा जिल्ला सदस्यहरुको कार्य विभाजन गरियो । म पनि जनताको बिचमा जाने कुरा गरें, सुरक्षाका दृष्टिले साथीहहरुले मान्नु भएको थिएन, मैले आफै जिद्वि गरेर गएँ । नेतृत्वबाट आलोचना भएपनि जनताले सकारात्मक नै माने, त्यसको प्रभाव राम्रो भयो । किनकि विचार र योजनालाई कर्ममा रुपान्तरण गर्न सही समयको छनोट गरे मात्र त्यसको परिणाम ठीक निस्कन्छ । हामीले समयमा आफ्नो कर्तव्यलाई सरलीकरण र कार्यकर्तालाई उत्पे्ररित गरियो भने स्थापित हुन सकिन्छ भन्ने मलाइ लागेको थियो । मेरो यो कृयाकलाप देखेर बसन्त श्रेष्ठ (प्रजबलन) ले पनि आफू जिल्लाबासी नै भएको परिचय दिन थाल्नु भएको थियो । उहाँ २ वर्ष गुल्मी बस्दा कसैलाई अर्थात कार्यकर्तालाई पनि उहाँ जिल्लाबासी भएको थाहा रहेनछ । यसरी परिचय दिनु जनताको माझमा आत्मीय हुने माध्यम भएपनि सुरक्षाका हिसाबले जोखिम पनि उत्तिकै थियो । त्यसकारण सावधानी, सर्तकता अपनाउँदै सुरक्षाको ख्याल राख्नु उत्तिकै आवश्यक थियो । यिनै आधारहरु तयार गरी गुल्मीमा पार्टीको कामको थालनी गरियो ।