Author: वासुदेव अधिकारी

कवि वासुदेव अधिकारीको परिचय साहित्यदेखि बैंकिङ्ग क्षेत्रसम्म फैलिएको छ। नेपाल राष्ट्र बैंकमा ३० वर्षको कार्यानुभव गर्नुभएको उहाँले कार्यकारी निर्देशक बनेर अवकास लिनुभयो। नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका पूर्व अध्यक्ष उहाँ साहित्यबाहेक अर्थतन्त्र, वित्तीय क्षेत्र, सुशासन र व्यवस्थापन सम्बन्धमा लेखपढ गर्न रुचाउनुहुन्छ।
जेष्ठ १, २०७८ 0

नेपालमै थियो पैसा छाप्ने पानढिकी

By वासुदेव अधिकारी
शेयर गर्नुहोस्

‘नेपालमा मुद्रा छाप्ने पानढिकी रहेछ नि है दाइ’, मैले उहाँको सम्झना अझ खोतल्न चाहेँ ।
‘हो, त्यो पहिले सिंहरदरवारमा थियो रे । पछि त्यस ठाउँमा चन्द्र शमशेरले दरवार बनाउने क्रममा सारेर नक्खु लगेको मैले सुनेको हुँ’, उहाँले सम्झनुभयो ।
उहाँले अझ रोमाञ्चक कुरा सुनाउनुभयो, ‘त्यतिबेला हुनेखानेले त ढुसी लाग्ला भनेर मान्द्रामा मोहर सुकाउँथे रे । राणाकालमा भोटको पनि मुद्रा चल्थ्यो रे । भोटमा नेपालले मुद्रा पठाउँथ्यो । नेपालले भोटमा खोटो मुद्रा पठाएबापत युद्ध नै चल्यो ।’