Author: जिन्दगानी

जीवन र यसका विविध आयामलाई अभिलेखन गर्नु जिन्दगानी डटकमको उद्देश्य हो । जिन्दगानी डटकम पढ्नुहोस्, शेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् । उपयुक्त लागेको विषय जानकारी गराउनुहोस् । सामग्रीबारे सुझाव दिनुहोस् । जिन्दगानीका लागि लेख्न पनि सक्नुहुन्छ । धन्यवाद !
असार २०, २०७८ 0

लता मंगेशकरलाई मन्दबिष

By जिन्दगानी
शेयर गर्नुहोस्

लता मंगेशकर तीन महिनासम्म ओछ्यान नै परिन् । उनलाई केवल चिसो सुप पिउन अनुमति थियो । तर पनि पेट सफा हुँदैनथ्यो र पोलिरहन्थ्यो । दस दिनसम्म उनको हालत खराब नै रह्यो । त्यसपछि विस्तारै सुधार भयो । त्यसैबेला डाक्टरले बताए कि उनलाई मन्दबिष दिइएको थियो ।

असार १८, २०७८ 0

नौपटकसम्म पार्टी सदस्यता नपाएका सि जिनपिङ

By जिन्दगानी
शेयर गर्नुहोस्

गाउँ आउँदा सि जिनपिङलाई कामबारे केही थाहा थिएन । अझ कृषिकर्मबारे त केही पनि थाहा थिएन । त्यसैले उनी पाका किसानहरूलाई सोधिरहन्थे– कसरी बाँझो फर्काउने ? कसरी जोत्ने ? वस्तु कसरी चराउने ? खन्ने कसरी ? उनी उर्जाशील र मिहिनेती थिए । पञ्जा नलगाइकन काम गर्दा उनको हातमा ठेला उठ्थ्यो, रगतै पनि बग्थ्यो तर पनि काम रोक्दैनथे।

असार १२, २०७८ 0

हली दाइ अर्थात मदन भण्डारी

By जिन्दगानी
शेयर गर्नुहोस्

मदन भण्डारीका विचारका साथै जीवनका विभिन्न पाटापक्षबारे धेरै तथ्य सार्वजनिक भइसकेका छन् । तर उहाँको साहित्यिक पाटो चाहिँ अझै ओझेलमै छ । खासमा उहाँ राम्रो साहित्यकार पनि हुनुहुन्थ्यो । राजनीतिमा सक्रिय हुनुभन्दा पहिले नै उहाँ राम्रो कविका रूपमा प्रसिद्ध भइसक्नुभएको थियो ।

असार ५, २०७८ 1

सानो छँदा काखमा खेल्न नपाएकोमा दुःख छैन

By जिन्दगानी
शेयर गर्नुहोस्

तपाईं मेरो जीवनमा ‘बुबा’को भूमिकामा मात्र हैन, ‘प्रेरणा’को भूमिकामा समेत रहनुभयो । साइनो मात्र हैन, सडक पनि बन्नुभयो । तपाईंले निर्माण गरिदिनुभएको यही जीवन–सडकमा अहिले निर्धक्क दौडिरहेको छु ।

जेष्ठ १५, २०७८ 0

युवा पुस्तालाई प्रोत्साहन गर्ने लेखक

By जिन्दगानी
शेयर गर्नुहोस्

उहाँको समयका अरू जुन महिलाहरूले प्राज्ञिक मूल्य पाउनु भएको थियो, ती मध्ये उहाँको लेखन, विद्वताको उचाइ बराबरको थोरै मात्र हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय साहित्यमा पनि उहाँको सम्पर्क राम्रो थियो । तर क्षमताअनुसार उहाँलाई राज्यको प्राज्ञिक निकाय प्रज्ञा प्रतिष्ठानलगायत संस्थाले सम्मान दिएको जस्तो चाहिँ देखिएन ।

जेष्ठ ९, २०७८ 1

शिरीषको फूल कि कागजको फूल ?

By जिन्दगानी
शेयर गर्नुहोस्

पुस्तकको गेटअप राम्रो छ र सफाइ सुन्दर तर मोल भने जनसाधारणले आँट्न नसक्ने खालको छ । ९३ पेजको मोल ५ रुपियाँ निकै चर्को भयो । हुन पनि यो उपन्यास साधारण, अबुझ र अबौद्धिक पाठकका निम्ति लेखिएको पनि हैन । स्वयम् विद्वान भूमिका लेखकलाई यो पढ्दा चौरासी लाख जुनीको कष्ट भएको थियो भने हाम्रा साधारण पाठकहरूले पढ्ने र बुझ्ने त सवालै उठ्दैन । उच्च शिक्षा र उच्च आर्थिक स्तर भएकाहरूका निम्ति लेखिएको पुस्तकलाई हाम्रा ‘इन्टेलेक्चुअल’ हरूले प्रशंसा गरे पनि मैले त यसलाई सुन्दर शैली र आकर्षक गेटअपको खोलभित्र निस्सार र खोक्रो नै पाएँ ।