Author: कवि

जेष्ठ १९, २०७८ 0

जयन्त महापात्रका कविताहरूसँग

By कवि
शेयर गर्नुहोस्

म अझै पनि जयन्त महापात्रलाई व्यक्तिगत स्तरमा चिन्दिनँ । आफ्ना प्रिय कवि/लेखकहरूलाई व्यक्तिगत रूपमा नभेटेको नै राम्रो हुन्छ भन्ने ज्ञान मैले आदर गरेका केही कवि/साहित्यकारलाई कतिपय सन्दर्भमा भेटिसकेपछि मभित्र बनेको ‘नयाँ इम्प्रेसन’ले दिएको छ । कति पटक भारतका विभिन्न ठाउँहरूमा भ्रमण गरिसकेको मैले त्यहीँ कट्टक उडिसामा रहेका मेरा श्रद्धेय र मलाई कविताको बाटोमा उज्यालो देखाउने कविमध्येका एक जयन्त महापात्रलाई आजसम्म नभेटेकोमा कुनै दुःख छैन । म उनलाई मैले चाहेको बेलामा उनका कविताहरूमा भेट्छु र उनको कविताको जादूगरिताले गहिरोसँग आनन्दित हुन्छु ।

जेष्ठ १९, २०७८ 0

उनको हात

By कवि
शेयर गर्नुहोस्

सडकबत्ती काटिएको टाउकोजस्तै गरी झुण्डिन्छ
रगतले हामी बीचमा त्यस भयानक ढोकालाई खोल्छ

जेष्ठ १५, २०७८ 0

वानीरा अर्काको काँधमा चढेर लेखक भएको होइन

By कवि
शेयर गर्नुहोस्

उहाँको व्यक्तित्व जति ओजपूर्ण थियो, लेखन पनि त्यतिकै बलियो पाइन्छ । वानीराजी सहित यसकालका लेखक पारिजात, भुवन ढुंगाना, कुन्दन शर्माहरूको लेखन शक्तिशाली हुन्थ्यो । कतिपय लेखकहरू पुराना विषयवस्तुलाई घिसेपिटे चालले यताबाट उता पल्टाएको भरमा ‘लेखक’ भएको पाइन्छ । तर वानीराजीको लेखनमा नयाँपन महसुस हुन्छ ।

जेष्ठ १५, २०७८ 0

एकेडेमीलाई वानीराको प्रश्न – के महिला ‘चान्सलर’ हुन सक्दैनन् ?

By कवि
शेयर गर्नुहोस्

वानीरा दिदीको लेखनका तीनै विधा उत्तिकै सशक्त छन् । यद्यपि म स्वयम् कवि भएको हुँदा कविता विधा नै सबभन्दा शक्तिशाली छ जस्तो लाग्छ । ती प्रिय कवि अत्यन्त स्वाभिमानी हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानले पदाधिकारी बन्न गरेको प्रस्ताव उहाँले ठाडै अस्वीकार गर्नुभयो । ‘के महिला चान्सलर बन्न सक्दैनन् ? अन्य पद मलाई चाहिदैन’ भन्ने जवाफ दिनुभएको थियो ।

जेष्ठ १३, २०७८ 2

स्मृतिको सुदूर कुनामा वानीरा गिरि

By कवि
शेयर गर्नुहोस्

अलि होंचो कदकी, ब्ल्याकबोर्डको माझदेखि मास्तिर हात नपुग्ने खुट्टाको एँडी उचाल्दा पनि । तर निकै आकर्षक । बब्ड हेअर अर्थात् घुच्चुकको फेदसम्मको केशराशी । बान्की पारेर साडी पहिरेकी (सलवार-कुर्ताको फेसन आएकै थिएन) l फुर्तिली, फर्वाड, फेशनेबल् । त्यस समयको समूहमा अलग्गै देखिने, छुट्टै । उहाँलाई हेरिरहनु मात्र पनि आनन्द आउँथ्यो ।

जेष्ठ ८, २०७८ 0

पहाडकी केटी

By कवि
शेयर गर्नुहोस्

पहाडकी केटी
जसको कम्मरमा पटुकी भएर सपनाहरू बाँधिएका छन्
पहाडकी केटी
जसको छातीमा रगत भएर भविष्यहरू जाम भएका छन्
नदीको किनारजस्तै मस्त भएर
गर्भदान माग्न त्यो केटी आउँछे
नदीको छालजस्तै मस्त भएर हामी जिस्कने छौं
हामी अङ्गालोमा बाँधिने छौं

मंसिर ८, २०७४ 0

अछुतको प्रेमगीत

By कवि
शेयर गर्नुहोस्

मलाई विश्वास छैन–
प्यारको आकांक्षामा वर्णको कुनै दायरा हुन्छ
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हँु मैले एक ‘सवर्ण’ युवतीको प्यार
म मान्दिनँ–
प्रेमको संसारमा निषेधको कुनै भित्ता हुन्छ
भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जबाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

मंसिर ७, २०७४ 0

पाठेघर

By कवि
शेयर गर्नुहोस्

मेराे अनुपस्थितीमा
कुनै फूलप्रति तिम्राे प्रेम जम्याे भने
सुख भेट बनेर बाँचिरहाेस्
विधिसङ्गत पिरतीमा रुझेर टक्टकिनु त
आखिर मसँग नै हाे ।