Author: कला अनुरागी

कला अनुरागी जिन्दगानी डटकमका परिकल्पनाकार हुन् ।
साउन ७, २०७८ 0

बुइँगलमा पुष्पलाल, स्वीटरमा पुष्पलाल

By कला अनुरागी
शेयर गर्नुहोस्

आमाले चोरी औंलो माथि उठाउँदै संकेत गर्नुभो, ‘कमरेडहरू, आउनुभएको छ ।’
मैले कुरा बुझिहालेँ ।
जनयुद्ध चलिरहेको थियो । घरमा मध्यरात छापामार आउनु, केही दिन बुइँगलमा बस्नु, कहिलेकसो गाउँका मान्छे बटुलेर रातभरि मधुरो टुकी बालेर सानो स्वरमा छलफल गर्नु मेरो लागि नौलो थिएन । बरू रोमाञ्चक थियो ।

असार २७, २०७८ 0

साहित्यकारका नामको कथा

By कला अनुरागी
शेयर गर्नुहोस्

नेपाली साहित्यमा उपनाममा लेख्ने साहित्यकार निकै छन्, पाठकलाई वास्तविक नाम थाहा नहुन पनि सक्छ । त्यसैमध्येका हुन् राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र लेखक सरुभक्त । साहित्यकारका उपनामको आ–आफ्नै कथा छन् ।

असार २५, २०७८ 0

किताबै जलाउनुपर्ने कविता !

By कला अनुरागी
शेयर गर्नुहोस्

प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, ‘सर, आज ढिला भयो । ११ कक्षाको कोर्समा एउटा कविता रहेछ । त्यसैलाई लिएर केही राजनीतिक दल किताब जलाउने भन्न थाले । त्यसैले लफडा भयो ।’ मैले कुन कविता भनेर सोधेँ। ‘हर्कबहादुर भन्ने रैछ’, उहाँले भन्नुभयो । किन जलाउने भनेका रहेछन् भनेर सोधेँ। झण्डाको विरोध गरिएकाले रहेछ भनेर भन्नुभयो ।

असार २४, २०७८ 0

विद्यार्थीलाई कसरी सिर्जनशील बनाउने ?

By कला अनुरागी
शेयर गर्नुहोस्

हामी पहिले जादु, टुनामुना जस्ता कथा पनि पढ्थ्यौं । त्यसले हामीलाई कल्पनाशील बनाउथ्यो भने अरु किताबबो भोक पनि जगाउँथ्यो । तर अहिले चाहिं सहरका नानीहरु कार्टुन हेर्छन् । त्यसले कल्पनाशीलता ध्वस्त गरिरहेको छ । हुन त पश्चिमाहरुले भिज्युअलबाट आकर्षित गरेर सिर्जनशील बनाउन खोजेका हुन् । तर नेपाली विद्यार्थीको सन्दर्भमा त्यसले सही काम गरिरहेको छैन । किनभने पश्चिमाले बनाएका कार्टुनको परिवेश अर्कै छ । नेपालको समाजिक, आर्थिक र सांस्कृतिक स्थिति अर्कै छ ।

असार २३, २०७८ 1

आत्मकथामा पनि फ्यान्टासी !

By कला अनुरागी
शेयर गर्नुहोस्

लेखक वा किताब लोकप्रिय हुनका लागि लेखकको पनि भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, शरदचन्द्रले ‘देवदास’ लेखेपछि खुब हिट भए । सबैले उनको किताब पढ्थे । उनी भने रविन्द्रनाथ टैगोर पढ्थे । त्यतिबेला रविन्द्रनाथ टैगोरका किताब त्यति बिक्दैनथे । शरदचन्द्रले रविन्द्रनाथका किताबका पंक्ति नै उल्लेख गरेर चर्चा गरिदिन्थे ।

असार २२, २०७८ 0

कान्छा र कान्छीको ठट्टामात्रै होइन लोकगीत

By कला अनुरागी
शेयर गर्नुहोस्

हामीले लोकगीतलाई प्रेम, मनोरञ्जन र रमाइलो बिषयमा मात्रैमा सीमित गरेका थियौं । अथवा भनौं कान्छा र कान्छीको ठट्टा, साईंला र साईंलीको कथा, च्याङ्बा र च्याङ्माको कुरामै मात्रै सीमित राखेका थियौँ । तर यसले हाम्रो लोप हुन लागेको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक बिषयका विभिन्न पाटालाई पनि समेट्छ भन्ने कुरालाई त्यति ध्यान दिइएको थिएन । त्यतिमात्रै होइन, लोकगीतमा समाजको प्रचलन, आस्था पनि प्रतिविम्बित हुने गर्दछ ।

असार १५, २०७८ 0

क्रान्तिमा जान रोक्ने पुष्पलाल !

By कला अनुरागी
शेयर गर्नुहोस्

हामी केही साथीहरू बुर्जुवा डिग्री बहिष्कार गरी नेपालमा क्रान्ति गर्ने भनेर काशीबाट हिँड्न तयार भएका थियौं । त्यो कुरा उहाँले थाहा पाउनुभएछ । उहाँले भन्नुभयो, ‘यस्तो कुरा कसले चढायो तपाईंको दिमागमा ? यो त मूर्ख बनाउने कुरादेखि केही होइन । तपाईंसँग प्रतिक्रियावादीचाहिँ डिग्री गरेको, पिएचडी गरेको भन्दै लड्न आउँछन् । अनि तपाईं कसरी प्रतिवाद गर्नुहुन्छ । तपाईंलाई त त्यसको प्रतिवाद गर्न डिग्री त चाहियो नै । अझ कम्युनिस्ट भएकाले चौतर्फी अध्ययन पनि हुनुपर्छ । अनि एउटै कम्युनिस्टको तर्कले हजारौं प्रतिक्रियावादीलाई पछि पार्न सकिन्छ । बलले पछारेर मात्रै त क्रान्ति हुँदैन नि ।’

असार १०, २०७८ 0

मर्ने कसैलाई रहर हुँदैन

By कला अनुरागी
शेयर गर्नुहोस्

देश द्वन्द्वमै भएको बेला लेखेको हुँ । ५० को दशकको अन्त्यतिर । द्वन्द्वको घटनाले मन आहत थियो । पर्सियन साहित्यमा आँखी भौँलाई तरबारसँग तुलना गर्छन् । यहाँ मैले युद्ध र भावनात्मक प्रेमबाट पनि मुक्तिको खोजलाई बिम्बात्मक अर्थ दिएको थिएँ l

असार ५, २०७८ 0

धराबासीको राजनीति

By कला अनुरागी
शेयर गर्नुहोस्

म माओवादी राजनीतिको पक्षधर होइन । तर मैले पूर्वाग्रह पनि राखिनँ । छापामार युद्ध, क्रान्ति वा आन्दोलन वैज्ञानिक ढंगले चलेका हुन्छन् । त्यो मैले नमाने पनि अघि बढ्छ नै ।’ पूर्वाग्रहविहीन लेखनले प्रभावलाई सघन बनाउने उनको निष्कर्ष छ ।

असार ४, २०७८ 0

तीन चर्चित गीतका कथा

By कला अनुरागी
शेयर गर्नुहोस्

कुनै कुराको अस्तित्व त्यसपछाडिको कथाको परिणाम हो । त्यसैले हरेक अस्तित्वको पछाडि कथा हुन्छ नै । जीवितको मात्रै होइन, हरेक अस्तित्वको कथा हुन्छ । यसै मेसोमा यी तीन गीतको कथा खोजिएको छ । आफ्नो समयमा चर्चित यी तीन गीतका सर्जकसँग भिन्न–भिन्न समयमा गरिएको कुराकानीका आधारमा गीतको कथा उत्खनन गरिएको हो ।