Author: कला अनुरागी

कला अनुरागी जिन्दगानी डटकमका परिकल्पनाकार हुन् ।
असार ३, २०७८ 1

ध्रुवचन्द्र गौतमको सम्झनामा सात साहित्यकार

By कला अनुरागी
शेयर गर्नुहोस्

महाकवि देवकोटा जीवित छँदै किंवदन्ती बनेको थिए, बालकृष्ण सम थिए नास्तिक । बदरीनाथ सरल थिए । पकाएर खुवाउन खुब सौखिन थिए भवानी भिक्षु । गोविन्दबहादुर मल्ल गोठाले निकै भलादमी लाग्थे । अध्ययनशील लामिछानेदेखि शान्त भूपिसम्मको संगत मैले गर्न पाएँ ।

असार १, २०७८ 0

नारायणगोपालले सोधे,‘ तिमीहरू पैसा लिन्छौ रे हो ?’

By कला अनुरागी
शेयर गर्नुहोस्

त्यतिबेला नारायणगोपालले पनि पारिश्रमिक लिनुहुन्नथ्यो । एकपटक सोध्नुभयो, ‘तिमीहरू पारिश्रमिक लिन्छौ रे हो ?’ । ‘हो दाइ’, हामीले भन्यौं । त्यसपछि उहाँले पनि पारिश्रमिक लिन थाल्नुभयो । यसरी नेपालमा कला क्षेत्रलाई व्यसायिक बनाउने काम हामीले नै सुरुवात ग-यौं भन्दा गर्व लाग्छ ।

जेष्ठ २८, २०७८ 0

छोड्दै प्रेम, त्याग्दै मदिरा

By कला अनुरागी
शेयर गर्नुहोस्

रदिफ ऐच्छिक हो । यसमा विवाद नै छैन । काफिया चाहिँ अनिवार्य छ । त्यसैले मैले रदिफलाई झुम्का, फुर्का वा लुर्कना भन्ने गरेको छु । पर्दा, तन्ना आदिमा हामी विभिन्न ढंगले फुर्का जोड्छौं नि, त्यस्तै हो । तर रदिफले गजललाई सुन्दर चाहिँ बनाउँछ । तर त्योविना पूर्ण नै हुँदैन भन्ने छैन l काफिया धेरै दोहोरिनुहुँदैन । भावको प्रवलता जोडदार खालको छोड्नै नमिल्ने भयो भने मात्रै दोहोरिन सक्छ ।

जेष्ठ २७, २०७८ 2

‘पैसा छँदैछ, लेखायो होला !’

By कला अनुरागी
शेयर गर्नुहोस्

‘मभित्र एउटा कलाकार लुकेर बसेको छ । मलाई रंगमञ्चमा उत्रिन मन छ । मेरो सबैभन्दा अन्तिम इच्छा पनि हो यो ।’ स्कुले जीवनमा नाटक खेलेको सम्झिँदै भने, ‘त्यसैबेला मभित्र कलाकारिताको बीउ रोपिएको थियो । अब यो क्षेत्रमा एकचोटि आफ्नो उपस्थिति जनाउने ठूलो रहर छ ।’

जेष्ठ २६, २०७८ 0

विवाहपहिले नै बच्चाको कल्पना

By कला अनुरागी
शेयर गर्नुहोस्

मलाई बच्चाचाहिँ एकदम मन पर्छ । कहिलेकाहीँ विवाहको कल्पना मनमा आउँदा पहिले श्रीमान आउँदैन । बच्चा नै आउँछ । मेरो पनि बच्चा हुन्छ, यसरी खेलाउँछु होला भन्ने आउँछ । तर श्रीमान हुन्छ, श्रीमानसँग यसरी हिँड्छु होला भन्ने कल्पनाचाहिँ आउँदैन । त्यसैले बच्चाकै लागि विवाह गर्छु होला ।

जेष्ठ २२, २०७८ 0

मुरली केटोको कथा

By कला अनुरागी
शेयर गर्नुहोस्

बुबाले छेडेर दिन्थे कहिले बाँसुरी, कहिले मुरली । त्यही बजाउँदा–बजाउँदै संगीतमा रस पस्यो उनलाई । सबैले भन्थे– ‘राम्रो बजाउँछस् ।’ हुँदै जाँदा त ‘मुरली केटो’ पो भन्न थाले गाउँघरमा । अनि त आफैँ छेड्न थाले बाँसुरी पनि । पञ्चेबाजा बजाउने पेसा त छाडे । तर, बाजै बजाउने नसा पो लाग्यो ।
स्कुल छुटेर खोल्चाखाल्चीतिर झर्‍यो । बाँस खोजेर ल्यायो । छेड्यो अनि बजायो । भनेजस्तो बजेन भनेर फोर्‍यो । भोलिपल्ट फेरि तलतल लागिहाल्थ्यो ।

जेष्ठ १९, २०७८ 1

‘पूर्वयुवराज दीपेन्द्र भन्थे– सरकार नभन्नुस् सर, दीपेन्द्र नै भन्नुस् न’

By कला अनुरागी
शेयर गर्नुहोस्

बूढानीलकण्ठमा उनले सर्वसाधारणलाई मात्रै पढाएनन् । तत्कालीन राजाका छोराछोरीलाई पनि पढाए । उनले दीपेन्द्र, नीराजन र पारसलाई बूढानीलकण्ठमै पढाए । श्रुतिलाई दरबार गएर पढाए । ‘बूढानीलकण्ठका लागि सबै समान थिए । त्यहाँ कसैले पनि राजाका छोरा भनेर उच्च सम्मान दिन पाउँदैनथ्यो । गार्डले पनि स्यालुट गर्न पाउँदैनथ्यो । त्यस्तो शिक्षा प्रणालीको सोच ल्याउने महेन्द्रको बुद्धिमत्ता सम्मानयोग्य छ,’ शर्माले भने । विद्यालयबाट ‘पास आउट’ भएपछि पनि दीपेन्द्र आफूलाई भेट्न आउने गरेको उनले बताए । ‘त्यतिबेला आफ्नो विद्यार्थी भए पनि सरकार त भन्नुपर्‍यो नि । तर, उनले त्यसो नभन्नुस् सर, विद्यार्थीकै रूपमा दीपेन्द्र भन्नुस् न भन्थे । त्यो बूढानीलकण्ठ विद्यालयको स्कुलिङ थियो,’ उनले सम्झे ।

जेष्ठ १८, २०७८ 1

‘वंशाणुगत त रोग बाहेक अरू केही पनि हुँदैन’

By कला अनुरागी
शेयर गर्नुहोस्

स्कूलको भौगोलिक अवस्था नाजुक थियो । पुस्तकालयको त के कुरा, ट्वाइलेटको व्यवस्था पनि राम्रो थिएन । त्यसैले विद्रोही सायमीले स्कूलमा धेरैपटक नाराबाजी गरे । हडतालमा सहभागी भए । ‘०३६ सालमा हडताल सुरु हाम्रै स्कूलबाट भएको थियो । त्यो बेला प्रिन्सिपलको टेबलमा कालो मसी पोखेर कालोमोसो दल्यौं भनेर हल्ला गरिदियौं ।’ उनले सम्झे, ‘हाम्रै टोली हडताल गरेर किर्तीपुरको ल्याबोरेटोरीसम्म पुगी फर्कदै के थियो, धोबिघाटमा डिएसपी नारायण बहादुर सिंह नेतृत्वको टोलीले गिरफ्तार गर्‍यो ।’

जेष्ठ १४, २०७८ 0

विषले नपत्याएकी मेनुका

By कला अनुरागी
शेयर गर्नुहोस्

मर्ने कुरा मनमा आएपछि सानैमा कसैले भनेको सम्झिन्, ‘मर्यो भने स्वर्गमा पुगेर बुबाआमालाई भेट्न पाइन्छ ।’ उनलाई आफूले बाटो भेटेजस्तो लाग्यो । एकमुठी नोभान चक्की बोकेर उनी बानेश्वरको त्यही ठाउँमा गइन् । त्यो गन्हाउने चक्की निल्न थालिन् । भोकले लखतरान भएकी उनी केही चक्की निल्दा नै बेहोस भइसकेकी थिइन् । सोचेकी थिइन्, ‘यो खाएपछि मर्छु र बुबाआमालाई भेट्छु ।’ उनले कतिसम्म सोच्न भ्याइन् भने आमालाई त चिनौंला, बुबालाई कसरी चिन्ने ?

जेष्ठ ११, २०७८ 0

‘महिनावारी भएकै बेला आमाको क्रिया गरेँ’

By कला अनुरागी
शेयर गर्नुहोस्

छाउपडीको कुरा दुई दशकअघि पहिलोपटक मैले उठाएकी हुँ । अहिले त्यो जुम्ला वा सुदरपश्चिमको मात्रै एजेण्डा होइन, अन्तराष्ट्रिय बिषय भइसकेको छ । त्यस्तै महिनावारी बार्ने चलनले कसरी शान्ति र महिला सशक्तिकरणमा बाधा पुर्याइरहेको छ भन्ने पनि म अनुसन्धान गरिरहेको छु । नेपाली जहाँ छन्, त्यहाँ महिनावारी बार्ने चलन पुगेको मैले पाएकी छु । अमेरिका र बेलायतमासमेत त्यो पुगेको छ । यस्तो चलनले जीवनमा कहिल्यै महिनावारी नहुने पुरुष पनि झण्डै दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्ने गरेको तथ्य मैले भेटेकी छु । छाउ बस्ने आमासँग बस्दा उनीहरू पनि जीवनमा दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्दो रहेछ । अब यो तथ्य बुझाउन लागेकी छु ।