Author: लेखक

जेष्ठ १६, २०७८ 0

एकै तर धेरै वानीरा

By लेखक
शेयर गर्नुहोस्

स्रष्टाहरू स्वभावतः मुडी हुन्छन् । वानीरा पनि त्यस्तै थिइन् । पुतलीसडकमा म नेपाल ल क्याम्पस जाँदा र उनी पद्मकन्या क्याम्पसबाट फर्किंदा भेट भइरहन्थ्यो । भेटमा कहिले अँगालो हालेर कति बेर कुरा गरिरहन्थिन् भने कहिले नमस्कार गर्यो भने पनि नचिनेको, नदेखेको जस्तोगरि फटाफट हिँडिदिन्थिन् । म अवाक् केही बेर उभिरहन्थेँ । उनको स्वभाव विचित्रता र पहिरन विविधता आफ्नै किसिमको थियो, कहिले सादा पहिरनमा, कहिले जनजाति, आदिवासी महिला जस्तै माला लगाएर, रंगीचंगी लेहेंगा लगाएर बेफिक्री हिँडिरहेकी वानीरा । त्यो उनको पृथक पहिचान थियो, स्रष्टा व्यक्तित्वको पहिचान ।

जेष्ठ १५, २०७८ 0

वानीरा दिदी पारिजातको छायामा पर्नुभो

By लेखक
शेयर गर्नुहोस्

२०५८ सालतिर हुनुपर्छ, पुनर्जागरण पत्रिकाको नियमित स्तम्भ ‘विषुवत्रेखा’मा उहाँले मेरो उपन्यास ‘उलार’ माथि समीक्षा पनि लेख्नुभएको थियो । त्यसको प्रति मसँग सुरक्षित थिएन । संयोग, उहाँ बित्नुभन्दा ४ दिन अघिमात्रै गोविन्द गिरी ‘प्रेरणा’ले त्यसको कटिङ–कपीको फोटो खिचेर मलाई पठाइदिनु भएको थियो ।

जेष्ठ १५, २०७८ 0

वानीराको लेखन क्षमताको कदर नभएकै हो

By लेखक
शेयर गर्नुहोस्

महिलालाई विभेदपूर्ण सम्बोधन गरेको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । खासगरी कसैले पनि नबोलेको बेलामा महिलालाई ‘कवयित्री’ भन्नु हुँदैन, हामी पनि कवि हो भनेर ‘च्यालेन्ज’ गर्ने उहाँ हो । ‘हामी माथि किन अपमान ? हामी पनि कवि हौं’ भन्ने दावी उहाँले पेश गरेको हो । त्यो बेला कुनै एनजीओ/आइएनजीओको ‘एक्टिभिस्टहरूले’ यो कुरा उठाएका थिएनन् । यो कुरा मेरो संकलित निबन्धमा पनि आउँदै छ ।

जेष्ठ १५, २०७८ 1

हुरीझैँ हुर्रिंदै हिँड्ने निर्भीक स्रष्टा

By लेखक
शेयर गर्नुहोस्

कवितालाई पहिलो प्रेम मान्नुहुने डा. वानीरा आफ्नो नामपछि लेखिएको ’गिरि’ शब्द थरका रूपमा ‘गिरी’ नभएर पर्वतको अर्थमा ‘गिरि’ हो भनेर पहिलो निकट भेटमै मलाई भन्नुभएको थियो । मनमनै साहित्यको पर्वत अर्थात् शिखर नै सम्झी दिदीप्रतिको अप्रतीम श्रद्धाले मेरो शिर निहुरिएको थियो ।

जेष्ठ १५, २०७८ 0

वानीरा एक स्वप्नील स्रष्टा

By लेखक
शेयर गर्नुहोस्

वानीरालाई कविता, उपन्यास र निबन्ध तीनै विधामा समानरूपमा सशक्त सर्जकका रूपमा हेरिन्छ । समानरूपमा तीनै विधामा सामथ्र्य राख्छिन् उनी, तथापि भनेकी छन्– पोएट्री इज माइ फस्र्ट लभ । उनको कविता पठन अदभूत सुन्दर हुन्थ्यो भन्ने पनि सुनेकी थिएँ । उनको कविता सुनेरै तत्कालीन राजा महेन्द्रले उनलाई नेपालमै बस्नु भन्नुभएको थियो रे !

जेष्ठ १५, २०७८ 0

पारिजात दिदीको सधैँ प्रिय ‘वानीराजी’

By लेखक
शेयर गर्नुहोस्

हामी म्हेपी घरमा सरेपछि पनि उहाँ दुई–तीनचोटि हामीकहाँ आउनुभयो । म स्कूल हेर्थें, त्यसो भएर त्यति उहाँहरूको बातमा ध्यान दिन पाइनँ । तर पछिबाट उहाँहरूको विचारमा भिन्नता आएको चाहिँ मैले बोध गरेँ । दिदी प्रगतिशील विचारमा लाग्नु भयो, उहाँलाई त्यो मन परेन । तर विचारमा फरक भएपनि उहाँहरूको व्यवहार मित्रवत् रहिरह्यो । उहाँहरूले एकार्काको विद्वताको सम्मान गर्नुहुन्थ्यो ।

जेष्ठ १४, २०७८ 1

वानीरा गिरीको जङ्गल जङ्गलको विषयगत सन्दर्भ

By लेखक
शेयर गर्नुहोस्

यस सङ्ग्रहका धेरैजसो आलेखहरू अखबारी लेखन, रिपोर्ताज र दैनिकी टिपोट जस्ता लाग्छन् तर तिनमा वैयक्तिक जीवनसँग जोडिएका अनेक तथ्यहरू पनि रोचक रूपमा प्रस्तुत भएका छन् । वानीराका पारिवारिक सन्दर्भ, नातागोता, इष्टमित्र, पेसा आदिका घटना र तथ्यहरूले जङ्गल जङ्गलका आलेखलाई निजात्मक बनाएका छन् । उनले आफ्नै जीवन भोगाइको सेरोफेरोलाई अधिकांश आलेखहरूमा समेटेकी छन् र सामाजिक जीवनका अनेक विषयलाई पनि आत्मरागमा रङ्गाउन सफल भएकी छन् । यस सङ्ग्रहका आलेखहरूमा वानीराको ज्ञान र विषयगत जानकारीको सेरोफेरो फराकिलो देखिन्छ । उनले देशभित्रका मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएका विविध पक्षलाई यी आलेखहरूमा समेटेकी छन् । विविध विषय, घटना र व्यक्तिप्रति देखाएको रुचि र तिनकाप्रति स्वतन्त्र दृष्टिकोण राख्ने लेखकीय प्रवृित्तले यसका आलेखहरूलाई अझ रोचक बनेका छन् ।

जेष्ठ १३, २०७८ 0

यस्ता थिए इच्छुक (विशेष तस्विरहरूसहित)

By लेखक
शेयर गर्नुहोस्

‘इच्छुक’कै सहयात्रीहरू पटक–पटक सरकारमा गए, न उनको बारेमा छानबिन भयो, न उनको सपना खातिर काम भयो । अब त सरकार, सत्ता, राज्य सबै निर्लज्ज र निर्वस्त्र भइसकेको छ । म ठोकेर भन्छु, ‘इच्छुक’जस्ता धेरैका योगदान, बलिदान, त्याग र समर्पणलाई लत्याउनुको दुष्परिणाम आज राष्ट्र, देश र तपाईं हामी जनताले भोगिरहेका छौं ।

जेष्ठ १३, २०७८ 0

सतिसाल सेनदाइ

By लेखक
शेयर गर्नुहोस्

सेन दाइलाई यातना दिँदा अधिकांश समय तत्कालीन माओवादी नेता बादलका बारेमा सोधपुछ गरिएको थियो । बादलका बारेमा केही बताइदिएको भए विनायातना उहाँ छुट्न सक्नुहुन्थ्यो तर पार्टीका नेताका बारेमा बताएर गद्दारी गर्नुभन्दा जस्तोसुकै यातनाको पनि सामना गर्न तयार हुनुभयो । जसका एक–एक सम्वाद अहिले पनि हाम्रो कानमा गुन्जिरहेका छन् । जति पटक प्रहरीले बादलका बारेमा सोध्थे, उहाँको जवाफ थाहा छैन भन्ने बाहेक अरू हुँदैनथ्यो । बादलका बारेमा केही बताएर आफू बाँच्न चाहेको भए उहाँलाई धेरै कुरा थाहा थियो तर उहाँले गद्दारी गरेर बाँच्न चाहनुभएन । बरु आफ्नो आदर्श बचाउन उहाँले आफ्नै आहुति दिनुभयो । तर आफूलाई बचाउन आहुति दिने सेन दाइजस्ता वीर–वीराङ्गनाहरूको सपना माथि सत्ता लिप्साका लागि रामबहादुर थापा बादललगायतका पात्रहरूले के गर्नुभयो, त्यो जवाफ कुनै समयमा उहाँहरूले नै दिनुहोला ।

जेष्ठ १३, २०७८ 0

‘अहिले पनि हामी स्वतन्त्र र फुक्का भएका छैनौं’

By लेखक
शेयर गर्नुहोस्

‘हामी मात्रै प्रगतिवादी र तिमीहरू होइनौ भनेर एउटा लक्ष्मणरेखा कोरेर बस्ने स्थिति नपारौं किनभने जुन भेल ठूलो हुन्छ त्यसले उताबाट ल्याउने हो । प्रगतिवादी भेल बढेर जान्छ भने उनीहरूलाई हामी किन अस्वीकार गरौं ! समाजप्रति संवेदनशील भएर, जनताको पीरमर्का बुझेर राम्रा कविताहरू लेख्छन् भनेपछि त्यसमा तिमीहरूको नाउँ अर्कै हो, हामीहरूको नाउँ अर्कै हो त्यो म भन्दिनँ । समाजको वास्तविकतालाई, वर्गसङ्घर्षको रूप दिएर त्यो मूल्य दिएर लेखेका छन् भने ‘तिमीले जे लेखेका छौ, त्यो सत्य हो र यो प्रगतिशीलताभित्र पर्न आउँछ’ भन्ने ‘गट्स’ हामीमा हुनुपर्छ । छुट्याउने किन ?’