लावाङको बैठक र बाबुरामको कारबाही

लावाङको बैठक र बाबुरामको कारबाही

भदौ १४, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

ताराखोलाको प्रशिक्षणपछि म बाग्लुङको जिल्ला कमिटीको बैठक र म्याग्दीको जिल्ला कमिटी बैठक सकेर गुल्मी फर्केँ । अन्तरसंघर्षको प्रभाव सबै ठाउँमा परेको थियो । फुन्टीवाङको बैठकपछि लामातालमा प्रशिक्षण क्षेत्रको थियो । त्यो प्रशिक्षणपछि बाबुराम भट्टराई गण्डकी क्षेत्रमा गुल्मीको बाटो हुँदै जाने हुँदा हामी सँगै लागेका थियौँ । बाटोमा बाबुरामसँग अन्तरंग छलफल भएको थियो । वहाँ केमा ढुक्क हुनुहुन्थ्यो भने राजतन्त्रको अन्त्यबिना नेपालमा गणतन्त्र आउँदैन । प्रचण्ड केही समयपछि यहीँ विचारमा आउँछन् भन्ने थियो ।

म्याग्दीबाट फर्केपछि म एक महिना गुल्मी बसेँ । गुल्मी पनि अन्तरसंघर्षबारे बहसको केन्द्र नै बन्यो । एकथरी साथीहरु बाबुरामलाई अराजनैतिक शब्दहरू बैठक र प्रशिक्षणमा प्रयोग गर्न थाले । अर्को थरीलाई असह्य लागेर प्रतिवाद गर्थे । गुल्मीमा बाबुराममको पक्षमा बहुमत थियो । लुम्बिनी क्षेत्र विगत मोहनविक्रमसँग फुटेर एकता केन्द्र बन्दा पातलो मसालको बहुमत थियो, त्यसैको प्रभाव नै होला । लुम्बिनीमा बाबुरामको पक्षमा धेरै कामरेड हुनुहुन्थ्यो । पार्टीभित्र आरोप प्रत्यारोप हुन थाल्यो, प्रचण्डले बाबुरामलाई भारत परस्त र बाबुरामले प्रचण्डलाई राजाप्रस्त भन्न थालियो । ६ महिना यहीँ अन्तरसंघर्षमा पार्टी रुमलियो ।

नेकपा माओवादी पार्टीभित्रका घटनाक्रम पनि थुप्रै उतार चढाव हुँदै अगाडी बढेको थियो । त्यसैले चुनवाङ्को बैठक ‘एकता–संघर्ष–रुपान्तरण’ सहितको नयाँ एकता नै थियो । तर केही समयसँगै रहेपनि अहिले मोहन वैद्य किरण, बाबुराम भट्टराई, प्रचण्ड पुष्पकमल दाहाल तिनै जनाको छुट्टाछुट्टै पार्टी छ  ।

२०६१ माघ १२ गते पोलिटब्यूरोको बैठक बस्यो । त्यसै बैठकमा आउन सक्ने केन्द्रीय सदस्यलाई बोलाइएको थियो । म पनि मनमा चिन्ता बोकेर रोल्पातिर लागेँ । पार्टी फुट्ने होकि, केहि घटना घट्ने होकि भन्ने बढी चिन्ता थियो । बाबुराम भनिरहेका थिए, ‘विचारको संघर्ष ठीक दिशातिर गएन ।’ मैले अनुशासन तोडेको छैन, नेतृत्वप्रति मेरो दावा पनि होइन । पोलिटव्यूरोको बैठक रुकुमको लावाङमा माघ १२ देखि १९ गते ७ दिनसम्म बस्यो । बैठकमा भावी कार्यनितिबारे चर्को बहस भयो ।

बाबुरामले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अगाडि सार्दै राजासँग वार्ता गरेर निष्कर्षमा पुग्न नसकिने दावी गर्दै संसदवादीसँग मिल्नु पर्ने प्रस्ताव राखे । तर माओवादी नेतृत्व अझै पनि राजासँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा निश्चित देखिन्थ्यो । लावाङको बैठकमा बाबुरामले राखेका ४ बुँदा र १३ बुँदासहित फुन्टिवाङको बैठक पनि जोडियो । बैठकमा अध्यक्ष प्रचण्डजीले बाबुराममाथि कारवाहीको मागसहित लालध्वजको पत्र र अन्य क्रियाकलापबारे प्रस्ताव नै पेश गरे ।

प्रचण्डजीले भन्नु भयो ४ बुँदे र १३ बुँदे पत्रका आधारमा लालध्वजमाथि बेलैमा नसच्चिएका वैचारिक रुपले बुर्जुवा आदर्शवाद राजनितिक रुपले दक्षिणपन्थी अवसरवादसहित आत्मसमर्पणवाद, सांगठानिक रुपमा पुग्ने आरोपसहित बाबुरामलाई कारवाही गर्नु पर्ने कुरा राख्नुभयो । पार्टी प्रतिआक्रमणको चरणमा भएको बेला यो उत्कर्षको अन्तरसंघर्षले पार्टी कतै फुट्ने त होइन भन्ने आशंका बढ्दो थियो । आखिरी ५ दिनसम्मको लामो बसाई बहसपछि बहुमतका आधारमा क. प्रचण्डजीले राखेको प्रस्ताव पास भयो । बाबुरामलाई उक्साएको भन्ने आरोपमा नेतृ हिसिला यमीलाई सबै पदबाट च्यूत गरी पार्टी साधारण सदस्य मात्र रहने गरी अनिश्चित कालको लागि कारवाही गरियो । बाबुराम र हिसिलाले आफूमाथि लगाइएको आरोप सही नभएको भनेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो ।

अन्ततः राजासँगको गठबन्धन ‘बेठीक र आन्दोलनप्रतिको धोका हो’ भन्ने बाबुरामको विश्लेषण सही साबित भयो । माओवादीलाई धोका दिँदै राजा ज्ञानेन्द्रले २०६१ माघ १५ गते शासनसत्ता आफ्नो हातमा लिए । राजा ज्ञानेन्दले माओवादीलाई ‘बाटो बिराएकाहरु’ भन्दै दुत्कारेपछि सहमतिको सम्भावना नरहेको भनेर पार्टी झस्कियो

बाबुरामलाई कारवाही गर्ने प्रस्तावको पक्षमा रामबहादुर थापा ‘बादल’, पोस्टबहादुर बोगटी (दिवाकर), कृष्णबहादुर महरा (अमर सिंह), देव गुरुङ (कान्छा बहादुर), अग्नि सापकोटा (कञ्चन), हितमान शाक्य (सुमन), रविन्द्र श्रेष्ठ र ‘विप्लव’ नेत्रविक्रम चन्द गरी १० जना थिए । कारवाहीको विपक्षमा दिनानाथ शर्मा (अशोक), टोपबहादुर रायमाझी (अनिल) र मणी थापा (अनुकुल) गरी बाबुरामसहित ४ जना थिए भने हरिबोल गजुरेल तथस्ट बसेका थिए । यो पार्टीको लागि ठुलो घटना थियो । त्यसपछि बाबुराम निकटका कारण दिनानाथ शर्मा र देवेन्द्र पौडेललाई पनि कारवाही गरियो । दिनानाथको कारवाही उहाँको छोरी ज्वाँइ शुभशंकर कडेलले ‘जनधारणा’ साप्ताहिकमा प्रचण्ड र पार्टी विरोधी लेख लेखेको र बाबुरामलाई साथ दिएको आरोप थियो । देवेन्द्र पौडेललाई पटनामा अरु गिरफ्तार हुँदा पनि गिरफ्तारीबाट बचेको, कहीँ कतै पार्टीका अन्य नेताको गिरफ्तारी गराउन त हात थिएन ? भनेर अनुसन्धानको लागि कारवाही गरियो । गिरफ्तारीमा बाबुरामको हात थिएन ? भनेर अनुसन्धानका लागि कारवाही गरियो ।

बाबुराम भट्टराईको भनाई थियो– वैचारीक रुपले लोकतान्त्रिक गणतन्त्रको महत्वबोध नगर्नु र आन्तरिक रुपमा बाबुरामलाई आशंका गरेर बदनाम गर्ने, कमजोर पार्ने प्रचण्डजीको व्यक्तिगत आकांक्षा हो । यी कारवाही गर्नको लागि दरवारले पनि उक्साएको हुनुपर्छ, उहाँको तर्क थियो ।

अन्ततः राजासँगको गठबन्धन ‘बेठीक र आन्दोलनप्रतिको धोका हो’ भन्ने बाबुरामको विश्लेषण सही साबित भयो । माओवादीलाई धोका दिँदै राजा ज्ञानेन्द्रले २०६१ माघ १५ गते शासनसत्ता आफ्नो हातमा लिए । राजा ज्ञानेन्दले माओवादीलाई ‘बाटो बिराएकाहरु’ भन्दै दुत्कारेपछि सहमतिको सम्भावना नरहेको भनेर पार्टी झस्कियो । राजा ज्ञानेन्द्रको सम्बोधनमा थियो – ‘बाटो बिराएका तथा देश र जनताका विरुद्व हतियार उठाएका, शान्ति र प्रजातन्त्र विरुद्व आपराधिक कार्यमा संलग्न रहेकाहरुलाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनीतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्छौँ ।’ ज्ञानेन्द्रले माघ १५ गतेको घोषणामा भने ‘यो मौकाको उपयोग गरी राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउनेहरुका लागि राज्यका तर्फबाट अन्य नागरिक सरह अवसर र अधिकार विना भेदभाव प्राप्त हुने, आतंककारी गतिविधि कायमै राखेका जनताले सहने छैनन्, कानुनले छोड्ने छैन ।’ यो घोषणापछि माओवादीको राजासँग गर्ने सहकार्यको विन्दु टुङ्गिएको थियो ।

त्यसपछि क. प्रचण्ड यू–टर्न हुन थाल्नु भयो । बाबुरामलाई पनि भारत पठाउने र वार्ताको वातावरण बनाउने र बाबुरामले अगाडी सारेको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा स्वीकार गर्न वाध्य हुनु भयो ।

त्यसपछि पार्टी अब बाबुरामको कारवाही फुकुवा गर्ने र लोकतान्त्रिक गणतन्त्रको नीतिमा आउने देखियो । राजा ज्ञानेन्द्रले ‘माओवादीलाई बाटो बिराएका’ भनेर सम्बोधन गरेपछि माआोवादी आक्रोशित हुनु स्वभाविक थियो । त्यसपछि राजालाई तर्साउने गरी ठूलो फौजी आक्रमणको तयारी गर्ने योजना बनाउने सोँचमा लाग्यो । त्यसै अनुसार पार्टी खाराको व्यारेक आक्रमण गर्ने योजना बनाउन थाल्यो । अर्कोतिर लोकतान्त्रिक गणतन्त्रको पक्षमा वार्ता गर्न र वातावरण बनाउन कृष्णबहादुर महरा (अमरसिंह) लाई भारत पठाइयो । खाराको मोर्चामा पार्टी असफल भयो । एकातिर कार्यवादी असफल हुनु, अर्कोतिर राजा ज्ञानेन्द्रले २ महिनासम्म केही वास्ता नगर्नु । त्यो पार्टी हेडक्वाटरलाई निकै अफ्ठ्यारो र पीडाको समय थियो ।

त्यसपछि क. प्रचण्ड यू–टर्न हुन थाल्नु भयो । बाबुरामलाई पनि भारत पठाउने र वार्ताको वातावरण बनाउने र बाबुरामले अगाडी सारेको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा स्वीकार गर्न वाध्य हुनु भयो । भारतीय जेलमा मोहन वैद्य ‘किरण’ यो अन्तरसंघर्षमा सहभागी हुनु हुँदैनथ्यो । उहाँले बाबुरामलाई कारवाही भएको धेरैपछि जेलभित्र थाहा पाउनु भएछ । पार्टी फुट्दै छ भन्ने हल्ला पनि थाहा पाउनु भएछ । जेलबाट नै सन्देश पठाउनु भएछ, कुनै पनि हालतमा पार्टी फुट्न हुँदैन भन्ने तर्क उहाँको थियो ।

जेलमुक्त भएपछि उहाँको भनाई थियो । बाबुरामजीलाई के कारणले कारवाही गरियो र फेरी के कति कारणले कारवाही फुकुवा गरियो ? यो रहस्य नै छ मैले बुझ्न सकिन भन्नुहुन्थ्यो । म जेलबाट आउँदा दुवै मिलिसकेका, एउटै ड्रेसमा, एउटै घरमा तल–माथि बसेको मैले थाहा पाएँ । त्यो मलाई नाटक जस्तो लाग्यो भन्नु भएको थियो । यि सबै घटना क्रम हेर्दा नेकपा माओवादी पार्टीभित्रका घटनाक्रम पनि थुप्रै उतार चढाव हुँदै अगाडी बढेको थियो । त्यसैले चुनवाङ्को बैठक ‘एकता–संघर्ष–रुपान्तरण’ सहितको नयाँ एकता नै थियो । तर केही समयसँगै रहेपनि अहिले मोहन वैद्य किरण, बाबुराम भट्टराई, प्रचण्ड पुष्पकमल दाहाल तिनै जनाको छुट्टाछुट्टै पार्टी छ ।