जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली

जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली

जेष्ठ २४, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा ग-यो । त्यतिबेला म जवहारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा अध्ययन गर्दै पार्टीमा सक्रिय थिएँ । भारतमा पनि पार्टीले जिल्लास्तरीय संरचना बनाएको थियो र म दिल्ली जिल्लाको सेक्रेटरी थिएँ । त्यस्तै अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवको जिम्मेवारी थियो ।

भारतको पिपुल्स वार ग्रुपका शुभचिन्तक विद्यार्थी कमरेड रोना विश्वविद्यालयमा मेरा घनिष्ट मित्र हुनुहुन्थ्यो । जनयुद्धका विषयमा मैले उहाँसँग पनि छलफल गरेको थिएँ । ग्रुपका शुभचिन्तक विद्यार्थी र बुद्धिजीवीहरूसँग पत्रमार्फत दिल्लीमा भेट भइरहेको थियो ।

त्यस्तै, हाम्रो सम्पर्कमा माओइस्ट कम्युनिष्ट सेन्टरले भारतको झारखण्ड क्षेत्रमा वर्गसंघर्षको लागि हतियार उठाएको थियो । जसको शुभचिन्तक प्रशान्तकुमार थिए । त्यस्तै कमरेड संजयको नेतृत्वमा दिल्लीमा मजदूर संगठन थियो । सेन्टरमा बुद्धिजीवी भने कमै सम्पर्कमा थिए । यसैबाट फुटेको भारतीय कम्युनिष्ट पार्टी (माले, नयाँशक्ति) को मजदुर संगठन थियो, त्यसका नेता पि.के. शाही थिए ।

तेस्रो विश्वका प्रायः सबै सामन्ती राजतन्त्रहरू दलाल राजतन्त्रमा परिणत भएका थिए । साउदी अरेबिया, जोर्डन, थाइल्याण्ड आदि उदाहरण थिए । त्यसैले पार्टीको कदम अनिवार्य र जरुरी थियो ।

अर्को पार्टी मार्क्सवाद लेनिनवादी थियो । तर जनयुद्धमा विश्वास नगर्ने (नेपालको एमालेजस्तो कम्युनिष्ट पार्टी) डा. अर्पण र डा. अनुप सराय यसका नेता थिए । प्रकाशन र बहसमा सक्रिय भएका कारण यसको सम्बन्ध डाक्टर, बुद्धिजीवी र पत्रकारसँग धेरै थियो । जेएनयुमा एआइएसए नामको विद्यार्थी संगठन पनि उत्तिकै सक्रिय थियो । भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) पनि हाम्रो सम्पर्कमा थिए ।

उनीहरूबीच राजतन्त्रको विरुद्ध र गणतन्त्रको पक्षमा हतियार उठाउनुको विकल्प नरहेकोले जनयुद्ध सुरु गरिएकोबारे स्पष्ट पार्नु हाम्रो दायित्व थियो । तेस्रो विश्वका प्रायः सबै सामन्ती राजतन्त्रहरू दलाल राजतन्त्रमा परिणत भएका थिए । साउदी अरेबिया, जोर्डन, थाइल्याण्ड आदि उदाहरण थिए । त्यसैले पार्टीको कदम अनिवार्य र जरुरी थियो । यो महत्वपूर्ण विकासक्रमलाई ठीकसँग बुझ्न नसक्दा क्रान्तिकारी आन्दोलनमा भयङ्कर राजनैतिक भड्काव आउन सक्ने खतरासँग सजग हुँदै हाम्रा गतिविधि बढाउन र भारतीय जनताबीच बुझाउन जरूरी थियो ।
तथापि जनयुद्धको पहलकदमीको औचित्यबारे प्रचार गर्ने माध्यम अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली विद्यार्थी संगठन मात्र थियो । हुन त, एमालेको प्रवासी संघ, मोहनविक्रम सिंह नेतृत्व पार्टीको एकता समाज, नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समितिलगायत नेपालीका थुप्रै क्लब र धार्मिक संगठनहरू थिए । तर उनीहरू हाम्रो विरुद्धमा थिए । त्यसैले सम्बन्ध बनाउन र जनयुद्ध स्थापित गर्न चुनौती नै थियो ।

त्यसैले मैले तीन चरणको योजना बनाएँ । पहिलो चरण, जनयुद्ध लडिरहेका पार्टीका व्यक्तित्वहरू भेट्ने । दोस्रो चरण, मार्क्सवादी, लेनिनवादीहरूलाई भेट्ने र तेस्रोमा सिएम, सिपिएमका साथै नेपालप्रति चासो राख्नेहरूलाई भेट्ने ।

सम्पादक साथी मनिष सिसोदियालाई भेटेर प्रचारको लागि वामपन्थी पत्रकारलाई भेट गराउन आग्रह गरेँ । वहाँ अहिले अरविन्द केजरीवाल नेतृत्वको पार्टी आपका तर्फबाट दिल्लीको उपमुख्यमन्त्री हुनुहुन्छ ।

प्रथम चरणमा कमरेड रोनाको सहयोगबाट प्रो. जे.एन. शाहीबाबा, गौतम नवलेखा र आनन्दस्वरूप वर्मालाई भेटेँ । दोस्रो चरणमा प्रशान्त कुमारको माध्यमबाट माओइस्ट कम्युनिष्ट सेन्टरका सञ्जय र प्रशान्त भूषणलाई भेटेँ । तेस्रो चरणमा राहुल फाउण्डेनसँग जोडिएका भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का डा. अर्पण र डा. अनुप सरायलाई भेटेँ ।

त्यसैगरी अर्को भा.क.पा. (मार्क्सवादी लेनिनवादी)का पिके शाहीको टीमसँग भेट भयो । पछि, भा.क.पा. (मार्क्सवादी) का सिताराम येचुरी, डा. कमलमित्र चिनोहिया, भारतीय कम्युनिष्ट पार्टीका जे.एन. मालाकार, डा. आनन्दकुमारलगायत भेटें ।

सम्पादक साथी मनिष सिसोदियालाई भेटेर प्रचारको लागि वामपन्थी पत्रकारलाई भेट गराउन आग्रह गरेँ । वहाँ अहिले अरविन्द केजरीवाल नेतृत्वको पार्टी आपका तर्फबाट दिल्लीको उपमुख्यमन्त्री हुनुहुन्छ । उहाँमार्फत पत्रकारहरूसँग भेट सम्भव भयो ।

यसका अलवा डि.पी. त्रिपाठी, अशुतोष मिश्रा, प्रो. मनोरञ्जन मोहन्ती, प्रो. एस.डी. मुनी, सुदन भदौरियालगायतलाई भेटी नेपालको जनयुद्धबारे जानकारीसहित हाम्रो पार्टीको धारणा राख्ने काम भयो ।

जनयुद्ध सुरु भएको दुई महिनापछि वैशाखमा ‘पिपल्स फर सिभिल लिवर्टी, नेपाल’ नामक मञ्च बनाएर अन्तर्क्रिया आयोजना गरियो । नेपालबाट पद्मरत्न तुलाधर र मल्ल के. सुन्दरलाई बोलाइएको थियो । पार्टीको कार्यपत्र मैले स्वयम्ले पढेँ । अन्तरक्रियामा आनन्दस्वरूप बर्मा, डा. अर्पण, पि.के. शाही, प्रशान्त कुमार, मनोरञ्जन मोहन्ती, डि.बी. त्रिपाठी, सिताराम येचुरीलगायत भेट भएकाहरू सहभागी भएका थिए ।

अन्तरक्रिया भएको भोलिपल्ट पत्रपत्रिकामा ब्यानर समाचार छापियो, नेपाली जनयुद्धको समर्थनमा भारतमा जनमत तयार हुँदै भनेर । त्यसले प्रशासनको ध्यान आकर्षित भयो ।

अन्तरक्रिया भएको भोलिपल्ट पत्रपत्रिकामा ब्यानर समाचार छापियो, नेपाली जनयुद्धको समर्थनमा भारतमा जनमत तयार हुँदै भनेर । त्यसले प्रशासनको ध्यान आकर्षित भयो । धेरै साथीहरूलाई निगरानीमा राख्यो, सोधपुछ गर्न थाल्यो । प्रत्येक घटनालाई जोडेर नेपाली राजदूतावासमा विरोध प्रदर्शन हुन थाले । यी क्रियाकलापसँगै प्रशासन र राजनीतिक दलबीचमा मेरो भूमिका स्थापित भयो । तर, त्यसले मलाई प्रशासन र विरोधीहरूको आँखाको कसिङ्गर पनि बनाइदियो ।

भारतमा एकातिर नेपालीमाथि हुने उत्पीडन, हत्या, बलात्कार, कम्पनीबाट ठगी, तलब नदिने, कुट्ने, हेप्नेलगायत अन्यायविरुद्ध संघर्ष गर्नुपर्ने थियो । अर्कातिर जनयुद्धका पक्षमा जनमत तयार गर्ने र प्रचार गर्ने काम बढेर गएको थियो । पटकपटक प्रहरीले पक्रने, हरियाणा बोर्डरमा लैजाने, २/४ घण्टा राखेर छोड्ने गर्न थालेको थियो ।
मुख्यतः दिल्ली आसपासमा देखिए पनि चण्डिगढ, मद्रास, मुम्बई, कलकत्ता आदि ठाउँमा पनि हाम्रो आन्दोलनको प्रभाव देखिन थालेको थियो । त्यहाँका भारतीय वामपन्थी संगठनहरूले हाम्रो समर्थन गर्न थालेका थिए । कामको चाप बढेको थियो । पार्टीको हेडक्वार्टर दिल्ली वरपर बस्ने निधो भएको थियो ।

जनमुक्ति सेना आउने–जाने गर्न थालेका थिए । युद्धमा घाइते भएकाहरू पनि उपचारका लागि पुग्न थालेका थिए । त्यसै मेसोमा पार्टीले चौथो विस्तारित बैठक दिल्लीकै वरपर गर्ने निर्णय ग-यो । नेतृत्वका साथै नेपालबाट आउनेहरूको सुरक्षा र व्यवस्थापन निकै चुनौतीपूर्ण थियो । त्यसका वाबजुद पनि बैठक सफलतापूर्वक सम्पन्न भयो । त्यसबेला म क्षेत्रीय ब्यूरो सदस्य भइसकेको थिएँ । घाइतेको उपचारको व्यवस्था गर्ने, लजिस्टिक पठाउने, प्रचार गर्ने, सम्बन्ध बनाउने, नेतृत्वको सुरक्षा गर्ने, बाहिर नेपालीहरूको समस्याको बारेमा संघर्ष गने आदि गर्दा–गर्दै म अर्धभूमिगत भइसकेको थिएँ ।

०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि पार्टी नेतृत्वसँग भारतीय सरकारका प्रतिनिधि र नेपालको सत्तापक्षीय राजनीतिका केन्द्र गिरिजाप्रसाद कोइरालालाई भेट गराउनु आवश्यकता बनेको थियो ।

२०५४/०५५ सालसम्म जनयुद्ध तीव्र गतिमा अगाडी बढेको थियो । पुलिसले धर्ना–जुलुसमा कडाइ गर्न थालेको थियो । कामको चाप, प्रशासनको निगरानी र पुलिस हस्तक्षेपको वाबजुद पनि मोति रिजाल, लालमोहन तिवारी, रामबहादुर थापा, गोपाल कुँवरलगायत थुप्रै साथी खटिरहनुभएको थियो । पञ्जावतिर टि.बी. पाठकको नेतृत्वमा घाइतेको उपचारको लागि खट्नुभएको थियो । यसैबीचमा पञ्जावमा हामीले पार्टीको दोस्रो सम्मेलन पनि सम्पन्न ग-यौँ ।

जनवादी गणतन्त्र भने पनि पार्टी प्रतिनिधि सभा र अन्तरिम सरकारका नाराले पार्टीको कार्यनीति गणतन्त्रतिर बढेको थियो । त्यसैले ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि पार्टी नेतृत्वसँग भारतीय सरकारका प्रतिनिधि र नेपालको सत्तापक्षीय राजनीतिका केन्द्र गिरिजाप्रसाद कोइरालालाई भेट गराउनु आवश्यकता बनेको थियो । त्यसको नेतृत्व लिने अवसर पाएँ ।

दोस्रो राष्ट्रिय सम्मेलनबाट म केन्द्रीय सदस्य भएको थिएँ, अन्तर्राष्ट्रिय विभागको दक्षिण एसिया हेर्ने जिम्मेवारी थियो । खुला कार्यक्रम गर्ने मञ्च अखिल भारत नेपाली एकता समाज प्रतिबन्ध भइसकेको थियो । त्यसैले १९९८ मा मेरो संयोजकत्वमा इन्टरनेसनल सोलाडारिटी फर नेपाल गठन गरियो । यसमार्फत खुला काम गर्ने कोशिस भयो । तर भारतीय प्रतिनिधि र गिरिजाप्रसाद कोइरालालाई पार्टी नेतृत्वसँग भेट गराएपछि सिबिआइको निगरानी मप्रति बढेको थियो । त्यसैले भूमिगत रूपमै क्रियाशील हुनु आवश्यक भएको थियो ।

नेपालको जनयुद्धप्रति भारतीय सरकारका साथै त्यहाँका बुद्धिजीवि, पत्रकार र राजनीतिक दलहरूको चासो बढेको थियो । त्यसै बेला वामपन्थीहरूका साथै राष्ट्रिय कांग्रेसका डि.पी. त्रिपाठी, शरद पवार नेतृत्वको पार्टीका योगेन्द्र शर्मा, राष्ट्रिय जनता दलका सुदन भदौरियालगातसँग भेट गरेर हाम्रो उद्देश्यबारे प्रष्ट पारेँ ।

सिबिआइका इन्स्पेक्टर अमर सिंहका माध्यमबाट मैले धेरै सूचना पाउँथे । उनले नै मलाई मेरो घरको फोन ‘ट्रयापिङ’ गरिरहेको र निगरानी बढाएको सूचना दिएका थिए ।

जनयुद्ध जति तीव्र गतिमा बढ्दै गर्दा चुनौती अझ बढिरहेको थियो । लडाईं बढ्दै जाँदा घाइतेहरू बढी आउन थालेका थिए । पञ्जाव अलिक सहज थियो । तर सबैलाई त्यता पठाउन सम्भव थिएन, त्यसैले दिल्ली वरपर र उत्तर प्रदेशमा नै व्यवस्थित गर्नुपर्ने बाध्यता आइपरेको थियो । उनीहरूलाई सुरक्षित राख्न र उपचार गराउन चुनौती थियो । त्यतिबेला भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) को डाक्टरहरूको संगठन थियो । त्यसको सहयोग लिएर घाइतेलाई उपचार गराउन डा. अर्पण र डा. अनुप सरायहरूको ठूलो योगदान रह्यो ।

विभिन्न संघ–संगठनसँग जोडिँदा गोप्य रूपमा काम गर्न सहज हुन्थ्यो । त्यसैले विभिन्न संघ–संगठनमा जोडिएको थिएँ । पिपुल्स युनियन फर सिविल लिबर्टीको सदस्य थिएँ, पिपुल्स फर डेमोक्रेटिक सोसाइटीको उपाध्यक्ष थिएँ । त्यस्तै त्यहाँको सुप्रिमकोर्टका मुख्य न्यायाधीश बि.एम. ताराकुण्डेको टिमसँग नजिक थिएँ । एम्नेष्टी इन्टरनेशनल फर ह्यूमन राइट्सको पनि सदस्य थिएँ । ती संस्थाहरूका सबैलाई म माओवादी केन्द्रीय सदस्य हो भन्ने थाहा थिएन । नेपालको राजतन्त्रविरोधी युद्धको प्रचार–प्रसार गर्ने, जनमत बनाउने इन्टरनेसनल सोलिडारिटी फर्म, नेपालको संयोजक र बौद्धिक व्यक्तिको रूपमा चिनेका थिए । पिपल्स वार ग्रुपका जे.एन. शाहीबाबा, गौतम नवलेखा, आनन्द स्वरूप बर्मा र माओइस्ट कम्युनिष्ट सेन्टरका प्रशान्त कुमार र संजयलाई मात्र म पार्टीको नेता हुँ भन्ने थाहा थियो ।
अर्कातिर, म जेएनयूमा कर्मचारीको रूपमा काम पनि गरिरहेको थिएँ l त्यसको फाइदा के थियो भने त्यहाँका धेरै साथीहरू प्रशासन र मन्त्रालयहरूमा कार्यरत थिए । त्यसैले मलाई कतिपय सन्दर्भमा सहज थियो । सिबिआइका इन्स्पेक्टर अमर सिंहका माध्यमबाट मैले धेरै सूचना पाउँथे । उनले नै मलाई मेरो घरको फोन ‘ट्रयापिङ’ गरिरहेको र निगरानी बढाएको सूचना दिएका थिए । त्यो सूचनापछि मैले परिवारलाई चार महिनाको अवधिमा कहिल्यै फोन गरिनँ । भेटनु परेमा शेर सिंह खत्री दाइसँग बोलाएर मेहराली, धौलाकुवामा भेट्थेँ । मसँग मोबाइल फोन थियो, जसको नम्बर पार्टी र भाइचारा संगठनका सीमितलाई मात्र दिएको थिएँ । त्यसका वाबजुद गिरिजाप्रसाद कोइराला र नेतृत्वलाई भेट गराएपछि निगरानी बढेको थियो ।

त्यसैबेला मलाई सिबिआईको सूचना आयो– त्यहाँ गिरफ्तारीको तयारी भएको छ भन्ने । त्यसैले मेरो स्थानमा लालमोहन तिवारी बोल्नुभयो ।

त्यही समयमा प्रहरीले दिल्लीबाट मोति रिजाल, राम कार्की, निभा शाह र महेश्वर दाहाललाई गिरफ्तार गरी नेपाल सुपुर्दगी ग-यो । त्यसपछि अब मलाई पनि गिरफ्तार गर्छ भन्ने लाग्यो । त्यसैले पक्राउबारे हिन्दुस्तान टाइम्सका पत्रकार पंकज झा र मनिष सिसोडियालाई भनेर सोलोडारिटी फर्मबाट विरोध गर्न लगाएँ । केही अन्य कार्यक्रम गरेर विरोध गर्ने काम भयो । मलाई इन्स्पेक्टर सिंहले बारम्बार सचेत गराइरहेकै थिए । उनी पनि नजफगढ बस्ने रहेछन्, म पनि नजफगढ बस्थेँ । तर त्यो उनलाई थाहा थिएन । त्यसैले उनलाई म मेहरौली गएर भेट्थेँ र खबर लिन्थेँ । उनकै सूचनाका कारण म २/३ पटक गिरफ्तार हुनबाट जोगिएको थिएँ ।

२०५८ मंसिर ११ गते सरकारले ने.क.पा.(माओवादी)लाई आतंकवादी घोषणा ग-यो । माओवादी नेताको टाउकाको मूल्य पनि तोक्यो र संकटकाल लगायो । मेरो टाउकोको मूल्य सत्ताइस लाख तोकिएको थियो । संकटकालको विरोधमा भारतीय राजनीतिक दल, मानवअधिकारकर्मी र हाम्रो इन्टरनेशनल सोलिडारिटी फर्म, नेपालको तर्फबाट दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरी विरोध गर्ने कुरा भयो । त्यहाँ नेपालको तर्फबाट म, पत्रकारका तर्फबाट आनन्द स्वरूप वर्मा, राजनीतिक दलबाट डा. अर्पण र पि.के. शाही बोल्ने निर्णय भयो । तर त्यसैबेला मलाई सिबिआईको सूचना आयो– त्यहाँ गिरफ्तारीको तयारी भएको छ भन्ने । त्यसैले मेरो स्थानमा लालमोहन तिवारी बोल्नुभयो । म भने त्यहाँ भाइको कोठा गोलपार्कमा गएँ । त्यहाँ बसेर साथी रामबहादुर थापालाई कार्यक्रमको रिपोर्ट लिएर आउन भनेँ । कार्यक्रम राम्ररी सम्पन्न भयो ।

मैले २०५४ सालमा सम्पत्ति पार्टीलाई बुझाउने निर्णयअनुरूप घर पार्टीको जिम्मा लगाएको थिएँ । त्यहाँ हतियार सप्लाई गर्ने कार्यालय बनाइएको रहेछ ।

अर्कोदिन डा. बाबुराम भट्टराईको हेडक्वार्टरबाट तपाईंलाई भेट्न निर्मलकुमार र डोरप्रसाद उपाध्याय फरिदावादस्थित कृष्ण खड्काकोमा आउनुभएको छ भन्ने कृष्ण खड्काले पठाए । त्यसैले म फरिदावादतिर लागेँ । निर्मलजीसँग वहाँको श्रीमती सुमित्रा पनि आउनुभएको रहेछ । राति अबेलासम्म पार्टीको अवस्था, पार्टीभित्रको अन्तर्संघर्ष, कार्यवाही, सेनासँगको भिडन्त, पार्टीका आगामी कार्ययोजनाबारे छलफल भयो । मैले पनि रिपोर्ट गरेँ ।
त्यसै क्रममा आफूलाई सिबिआइले निगरानी बढाएकोले दिल्ली छोडेर हरियाणा वा उत्तरप्रदेश सेल्टर सार्नुपर्छ कि भन्ने प्रस्ताव गरेँ । त्यसैगरी पिपुल्स वारसँग सम्बन्धित बरबर रावले जनयुद्धको आधार क्षेत्र रोल्पा–रुकुम जाने इच्छा गरेको खबर पठाएँ ।

त्यसै क्रममा मैले थाहा पाएँ– मेरो बुटवलस्थित घरमा सेनाले ताला लगाएछ । मैले २०५४ सालमा सम्पत्ति पार्टीलाई बुझाउने निर्णयअनुरूप घर पार्टीको जिम्मा लगाएको थिएँ । त्यहाँ हतियार सप्लाई गर्ने कार्यालय बनाइएको रहेछ । त्यहाँबाट महिला नेत्री यमा बन्जाडे, कलम चुँदालीलगायतका साथी गिरफ्तार भएपछि ताला लगाएको रहेछ ।
त्यसै क्रममा टोपबहादुर रायमाझी बुटवलबाट इण्डिया हेडक्वार्टरको सम्पर्कमा आएको थाहा भयो । काठमाडौँ, पोखरा, बुटवलको पार्टी छिन्नभिन्न भएको थाहा पाउँदा मन पनि आत्तियो । अर्को दिन निर्मलजीलाई बिदा गरेर मेहरौलीमा फर्कने बेला बसबाट झर्दा हात ‘फ्याक्चर’ भयो । तर स्थितिका कारण अस्पताल जान डर लाग्यो । शेर सिंह दाइलाई फोन गरेँ र बोलाएँ । अस्पताल नगइ क्लिनिकमा प्लास्टर गरेर हामी नजफगढ पुग्यौँ । तर, म रातभर पीडाले सुत्न सकिनँ । अर्काेदिन प्रो. एस.डी. मुनीलाई भेट्ने खबर आयो । त्यो दिन जान सकिनँ । अर्कोदिन जेएनयु पुगेँ त मुनीसँग भेट हुन सकेन ।

अब त्यहाँ पुगिसकेपछि परिवारलाई पनि भेट्छु नि त भनेर जाँदा म गिरफ्तारमा परेँ । यसरी गिरिजाप्रसादलाई नेतृत्वसँग भेटाएको छ महिनासम्म प्रशासनसँग लुकामारी खेल्दै जोगिए पनि अन्ततः गिरफ्तारीमा परेँ ।
०००
अर्को संस्मरण पढ्नुहोस्
दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…

अन्य सिफारिस

🎯 मुरली केटोको कथा
🎯 जहाँ हुन्छ निःशुल्क पिसिआर परीक्षण
🎯 ‘पूर्वयुवराज दीपेन्द्र भन्थे– सरकार नभन्नुस् सर,
🎯 ‘वंशाणुगत त रोग बाहेक अरू केही पनि हुँदैन’
🎯 हल्खोरीरामको पंखा