बाबुराम भट्टराईको गोप्य सन्देश

बाबुराम भट्टराईको गोप्य सन्देश

असार २१, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- 

अदालतको आदेशपछि बाँचियो भन्नेमा ढुक्क भएँ । क्रान्तिमा बलिदान महान् कुरा हो, जसका लागि म तयार थिएँ । तथापि बाँचेर क्रान्ति सम्पन्न गर्नु पनि उत्तिकै महान् जिम्मेवारी थियो ।

त्यसैले जेल पठाउने अदालतको आदेशपछि थप जिम्मेवारी अनुभूत भयो । अदालतमा भेट्न आएका आफन्त स्वभाविक रूपमा खुसी थिए । तथापि मलाई ५६ वटा मुद्दा लगाइएको थियो । कतिसम्म भने सेनाको ब्यारेकमा बन्दी भएको बेलामा भएको भिमान चौकी आक्रमणको मुद्दा पनि मलाई लगाइएको थियो ।

मलाई पुलिसको भ्यानमा राखियो, आफन्तसँग बिदा भएपश्चात भ्यान नख्खु कारागारतिर गुड्यो । नख्खु कारागार सिपी मैनाली, गणेशमान सिंहजस्ता नेतालाई राखेको ठाउँ हो भनेर सुनेको थिएँ । त्यसैले सुविधाजनक छ होला भन्ने कल्पना पनि गरेँ ।

जेलबाट छुट्ने बेलाको बिदाइ कार्यक्रममा लेखक l तस्विर सौजन्य: लेखक स्वयम्

कारागारको गेटबाट भित्र पस्दै गर्दा देखेँ, मलाई हेर्न उत्सुक बन्दीहरूको भीड थियो । आस्थाका बन्दी दीपक देवकोटा, उत्तम अधिकारी, तारा भण्डारीलगायत साथीहरू मलाई लिन गेट पुगेका थिए । पहिलो ब्लकमा कोठाहरू थिए, अर्को ब्लक भने दुई तलाको थियो ।

चारैतिर अलगअलग पर्खालले घेरिएको थियो भने काँडेतार लगाएर करेन्टसमेत छाडिएको पछि थाहा भयो । सातवटा पोष्टमा राइफलधारी पुलिस चौबिसै घण्टा बस्दारहेछन् ।

यत्रतत्र फोहोरका थुप्राहरू छरिएका थिए । त्यसबाट निस्कने दुर्गन्धले जेलको वास्तविकता उजगार गरेको थियो । सामाजिक जीवनबाट टाढा, उराठिलो र घिनलाग्दो जेलको वातावरणमा समय बिताउने मनस्थिति बनाउनुबाहेक विकल्प केही थिएन । सुखभित्र दुःख हुन्छ, दुःख भित्र पनि सुख हुन्छ भन्ने भनाइलाई स्मरण गरेँ ।

जेल पनि लडाइँकै एउटा मोर्चा थियो । त्यसैले आफूलाई बलियो बनाउन बाँदर लड्ने भीरको टाकुरामा छाप्रो हालेर जीवन गुजारिरहेका गरीबहरूको अनुहार सम्झिएँ । तीन घण्टाका बाटो धाएर एक गाग्री पानी ओसार्दै बाँचेका उनीहरूको दुःख सम्झिएँ ।

त्यसो त, मैले त्यहाँको जीवनलाई सहज बनाउन पनि आस्थाका बन्दी साथीहरूलाई अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने थियो । मैले चिनियाँ नेता माओत्सेतुङले भनेका कुरा याद गरेँ– ‘दर्शनको उत्पत्ति विपत्ति र सङ्घर्षबाट हुन्छ, यो विपत्ति र सङ्घर्षको नियम ज्ञान र सिर्जनाको क्षेत्रमा पनि लागू हुन्छ ।’

मृत्युको मुखबाट फर्केर आएको मान्छे म, अब जेललाई संघर्षको मोर्चा बनाएर केही काम गर्नु थियो । मैले जेलबारे सोचेँ, सामान्य मानिसलाई जेल जीवनबारे एउटा जिज्ञासा होला । राज्यको अवधारणा अस्तित्वमा आएदेखि नै कानूनका दोषी एवम् सत्ताका विरोधी र विद्रोहीलाई ठेगान लगाउने ठाउँको रूपमा बुझिएको छ जेललाई ।

जेलमा दुईवटा प्रशासन थियो– एउटा मुख्य प्रशासन, जसमा जेलर, इन्स्पेक्टरसहितको समूह, अर्को प्रशासन आन्तरिक नाइकेहरूको थियो । यिनीहरूको बीचबाट कसरी काम गर्ने ? योजना बनाउनु थियो । आन्तरिक प्रशासनमा नाइके र भाइ नाइकेको मुख्य काम बन्दी, बन्दी बीचमा फूट पार्ने, उनीहरूबिच एकता हुन नदिने र कमजोर बनाउने थियो ।

संसारका थुप्रै उत्कृष्ट मानिस आफ्नो विचारको लागि जेल बसेका सन्दर्भले पनि जेल शब्दको गरिमा पनि उत्तिकै छ । त्यसैले त राजनीतिक सन्दर्भमा जेललाई असल मानिसलाई खराब बनाउन चाहनेहरूले निर्माण गरेको यातना गृह पनि भनिन्छ । रसियन नेता लेनिनलाई जारशाहीले थुनेको थियो ।

रंगभेद नीतिका विरोधी दक्षिण अफ्रिकन नेता नेल्सन मण्डेलाले २७ वर्ष जेल जीवन बिताएका थिए । नेपालका तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई सैन्य बलको आधारमा आठ वर्ष जेलमा कोचिएको थियो । पेरुका सर्वहारा नेता गोञ्जालो सैन्य जेलबाट संघर्ष गरिरहनुभएको थियो । यस्ता यस्ता थुप्रै विषयले मन तरंगित बनायो जेलको ढोकाभित्र पसेपछि ।

जेलमा नाइकेहरूको दबदबा हुँदोरहेछ । मलाई पु-याउँदा बेलुका ६ बजिसकेको थियो । सात बजे खाना खाइसकेर आफ्नो बिस्तरामा पुग्नुपर्ने नियम रहेछ । साथीहरूले मलाई आस्थाका बन्दीको मेसमा खाना खुवाउनुभयो । मेससम्म मलाई छोड्न आएका जेलर र इन्स्पेक्टर बिदा भइसकेका थिए ।

आस्थाका बन्दीहरूले भित्रका प्रशासन नाइकेहरूलाई हाम्रो नेतालाई व्यवस्थित गरी राख्नुपर्छ भनेका रहेछन् । तर नाइकेहरूले भने साधारण हिसाबले राख्ने तयारी गरेका रहेछन् । केही बहसपछि २ दिनपछि सार्ने सर्तमा मलाई भुइँ तलामा राखियो । आधा रातसम्म मनमा थुप्रै कुरा खेले । मूलतः जेललाई कसरी संघर्षको मोर्चा बनाउने होला भन्ने सोचेँ । पहिले सुधारका कार्यक्रमबाट अरू बन्दीहरूको पनि मन जित्नुपर्छ भन्ने लाग्यो ।

दुई दिनपछि मलाई माथिल्लो तल्लामा झ्याल नजिक पर्ने गरी राम्रो पलङ्ग भएको कोठाको राखियो । ३० जना आस्थाका बन्दी र क्रान्तिको शुभचिन्तक अन्य ४ जना बन्दीसँग एउटै मेसमा खाना खान थालेँ । उनीहरूसँग छलफल गर्ने त्यो उपयुक्त अवसर हुन्थ्यो । मैले छलफल थालेँ ।

जेलमा सरसफाइको व्यवस्था थिएन, बिरामी कैदीबन्दी उपचारको व्यवस्था थिएन । उपचारको अभावले अकालै ज्यान जाने सम्भावना रहेछ । डाक्टरको आवासीय सुविधासहितको नियुक्ति भएपनि डाक्टर–निवासमा पियन बस्दा रहेछन् । फोहोरमैलासहित शुद्ध पानी पिउन नपाउनुका कारण दिनहुँ बिरामी पर्ने अवस्था थियो ।

ढल निकासको कुनै राम्रो व्यवस्थापन थिएन, वर्षौंदेखिको अत्यन्त कमसल खालको चामल दिने गरिएको रहेछ । न त बन्दीहरूलाई सीपमूलक काम गर्न पाउने व्यवस्था थियो, न त खेलकुदका सामग्रीको व्यवस्थापन नै थियो । पुस्तकालय व्यवस्थित थिएन, नियमित पत्रपत्रिका पढ्न पाउने स्थितिसमेत थिएन ।

जेलबाट छुट्ने बेलाको बिदाइ कार्यक्रममा लेखक l तस्विर सौजन्य: लेखक स्वयम्

त्यस्ता आधारभूत आवश्यकतामा प्रशासनको कुनै चासो थिएन, बरु आन्तरिक प्रशासन निर्माण गर्ने र बन्दीहरूलाई डरमा राख्ने कुरालाई संस्थागत गरिएको थियो ।

जेलमा दुईवटा प्रशासन थियो– एउटा मुख्य प्रशासन, जसमा जेलर, इन्स्पेक्टरसहितको समूह, अर्को प्रशासन आन्तरिक नाइकेहरूको थियो । यिनीहरूको बीचबाट कसरी काम गर्ने ? योजना बनाउनु थियो । आन्तरिक प्रशासनमा नाइके र भाइ नाइकेको मुख्य काम बन्दी, बन्दी बीचमा फूट पार्ने, उनीहरूबिच एकता हुन नदिने र कमजोर बनाउने थियो ।

बन्दीहरूमै प्रशासनको मतियार तयार गरी हरेक गतिविधि प्रशासनसम्म पु-याउँदा रहेछन् । यसरी बन्दीहरूद्वारा नै बन्दीलाई दबाउने गर्दा रहेछन् । ती सबैका कारण संघर्ष अनिवार्य बन्यो ।


जेलभित्रै संघर्ष
आस्थाका बन्दीहरूबिच छलफलपछि सबै बन्दीहरूलाई समेटिने गरी मागपत्र तयार गर्ने निर्णय भयो । मागपत्रमा स्वास्थ्य उपचारको उचित व्यवस्थापन गरिनुपर्ने, शुद्ध खानेपानी र राम्रो खाद्यान्न उपलब्ध गराउनुपर्ने र जेलको शौचालय प्लास्टर उप्केका ठाउँका साथै भेटघाटका स्थललगायतका स्थान मर्मत गरी उज्यालो रंगरोगन गर्नुपर्ने उल्लेख थियो ।

सरसफाइ गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, कुनै पनि बहानामा बन्दीहरूप्रति दमन थिचोमिचो बन्द गर्न नपाइने, जेलभित्र अत्यावश्यक सामान पाइने पसल र खाजाघरको व्यवस्था गरिनुपर्ने माग पनि त्यसमा संलग्न थियो ।

साथीहरूको अनुमान थियो, मैले डा.बाबुराम भट्टराईसम्म खबर पु-याउन सक्छु । तर म समातिएपछि उहाँसँग सम्बन्ध विच्छेदजस्तै भएको थियो । तर यो कुरा मैले उहाँहरूलाई भनिनँ ।

पत्रपत्रिकाको नियमित व्यवस्थापनसँगै बन्दीलाई पढ्न साहित्यिक र राजनीतिक पुस्तकको व्यवस्था गरिनुपर्ने, सीपमूलक तालिम र सामग्रीको व्यवस्था हुनुपर्नेका साथै खेलकुदको सामग्री उपलब्ध गराउनुपर्ने मान पनि राखियो । यी सामान्य माग थिए भने खानेपानी ट्यांकी व्यवस्थापन गर्ने र ढल निकास गर्ने माग ठूलो खर्च हुने खालको थियो ।
ज्ञापनपत्र बुझाएपछि जेल प्रशासन आतंकित भयो । अब के हुने हो भनेर बन्दी–बन्दी बिचमा पनि छलफल हुन थाल्यो । बन्दी कमल बस्याललगायतले मलाई बोलाएर भने– तपाईंलाई जेल सरुवा गर्छ, धेरै आन्दोलन गर्ने कुरा नगर्नू । तर पाँच दिनपछि एउटा समिति बन्यो । जेलर, इन्स्पेक्टर, नाइके (रामबहादुर) र मसहितको कमिटीले समस्या समाधान गर्न छलफल गर्ने कुरा भयो । हामीले जेल प्रबन्धकलाई गृहमन्त्रालयको प्रतिनिधि पनि बोलाउन माग ग-र्यौं ।

नख्खुबाटै वार्ताको पहल
शासनसत्ता राजाले लिएका थिए, गृहमन्त्री बनेका थिए कमल थापा । सरकारले माओवादीसँग वार्ता गर्न तयार भएको वक्तव्य जारी गरेको थियो । नारायणसिंह पुन सहरी विकास मन्त्री थिए ।

नारायणसिंह पुन, विरेन्द्र झापाली र मेरा मित्र चित्रकुमार जोशी ((जनयुद्धका समर्थक तथा तत्कालिन नेकपा मालेका पाँचथर जिल्लाका संस्थापक, पछि नेकपा माओवादी राज्य समिति सदस्य) वार्ताको बारेमा छलफल गर्ने गरी मसँग जेलमा भेट्न आउनु भएको थियो । उहाँहरूलाई पनि यो मागपत्र बुझाइयो ।

उहाँहरूको अनुमान थियो, मैले डा.बाबुराम भट्टराईसम्म खबर पु-याउन सक्छु । तर म समातिएपछि उहाँसँग सम्बन्ध विच्छेदजस्तै भएको थियो । तर यो कुरा मैले उहाँहरूलाई भनिनँ ।

मैले खबर पाएको थिएँ, ठगी मुद्दामा जेल परेका कमल बस्याल छुट्टै कोठामा बस्थे । उनी सेन्ट्रल जेल बस्दा झक्कुप्रसाद सुवेदी लगायतसँग नेतासँग सम्बन्ध बनाएका रहेछन् । उनीसँग मोबाइल फोन रहेछ, मैले फोन गर्न देऊ भनेँ । पहिले त उनी डराए, तर शनिबारसहित हप्तामा दुईपटक मात्र कुरा गर्ने सर्तमा उनले फोन गर्न दिए । यसरी पार्टीमा सम्पर्क बढ्यो, भेटघाट बाक्लो हुन थाल्यो ।

लेखक जेलबाट छुट्ने बेला डा. बाबुराम भट्टराई जाँदा स्वागत गर्दै l तस्विर सौजन्य: लेखक स्वयम्

यसैबीच पद्मरत्न तुलाधर भेट्न जानुभएको थियो । मैले जेलरलाई भनेर जेलरको कार्यालयमा भेट मिलाएँ । तुलाधर र सूर्यबहादुर सेन ओलीको माध्यमबाट सरकार वार्ता गर्न तयार भएको खबर गरिदिन भनेँ । उता रमेशनाथ पाण्डेको सम्पर्क रविन्द्र श्रेष्ठसँग थियो, उताबाट पनि पहल भएछ ।

यता हाम्रा मागबारे जेल प्रबन्धकसहितको छलफल भयो । बजेट माग गरेर केही माग पूरा गर्ने सम्झौता भयो । २५/३० दिनपछि हाम्रो माग थोरै–थोरै भएपनि सम्बोधन हुन थाल्यो ।
अब चामल छान्न बन्दीबाट एकजना जान पाउने, १५ दिनमा एउटा कार्यक्रम गर्न पाउने, स्वास्थ्य उपचारको लागि अस्पताल जान पाउने, त्यसको व्यवस्था प्रशासनले मिलाउनेलगायतका काम भए । सीपमूलक कार्यक्रमको लागि १५ थान कम्प्युटर आइसकेको थियो । मुढा, पर्स, टोपी बनाउने लगायत थुप्रै कार्यक्रम भित्रिन थाले, सरसफाइको व्यवस्था भयो ।

बन्दीले पनि हप्तामा २ दिन सफाइ गर्ने र फोहोर उठाउने जिम्मा प्रशासनलाई लगाइएको थिषे । ट्वाइलेटहरू मर्मत हुने र भवनमा सेतो रङ लगाउने काम हुन थाल्यो । नाइके–भाइ नाइकेको चुरीफुरी बन्द हुन थालेको थियो, बन्दीहरूको कल्याणकारी समितिको माध्यमबाट कामहरू अगाडि बढ्न थाल्यो ।

हामीले एक घण्टा हाजिरीजवाफ कार्यक्रम गर्न थालेका थियौं, जुन राजनीतिक कार्यक्रम नै थियो । आस्थाका बन्दीको अलावा अन्य बन्दीलाई पनि समावेश गराउन थालियो । जेलको वातावरण क्रमशः फेरिन थाल्यो । सिदाबाट बचेको चामल, दामका साथै भेट्न आउनेले ल्याउने कोशेली र रकमबाट हामीले कोष नै खडा गरेका थियौँ । त्यसको जिम्मा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तारा भण्डारीलाई दिइएको थियो ।

संघर्षका कारण हल्ला चल्यो, मलाई वीरगञ्ज जेल सरुवा गरिँदैछ । तर मैले आस्थाका बन्दी मात्र होइन, अन्य बन्दीबिच पनि आफ्नो स्थान बनाइसकेको थिए । सबैले आन्दोलन गर्ने कुरा गरे, त्यसपछि त्यो कुरा शान्त भएर गयो ।

जेलमा सुधार गर्दै यो मोर्चा पनि जित्नुपर्छ भन्ने भावना बलियो भएको थियो । तथापि खुला मोर्चा र जेलमा विपरित मनस्थिति हुन्थ्यो । खुल्ला संसारमा संघर्ष गर्दा महान उद्देश्यप्रति जीवन समर्पित गर्न पाएकोमा क्रान्तिकारीले आनन्दित र हराभरा महसुस गर्छ ।

तर, जेलमा शारीरिक रूपले केही सुविधा जस्तो त हुन्थ्यो तर मानसिक रूपमा ठूलो यातना र छटपटीमा बाँच्नुपर्दो रहेछ । तथापि यो पनि वर्गसंघर्षको एउटा मोर्चा हो भनेर सन्तुष्ट हुनेसिवाय अरू उपाय थिएन ।

जेलको सङ्घर्षमा आस्थाका बन्दी, प्रशासन र अन्य बन्दीबीचको त्रिपक्षीय अन्तरविरोध र अन्तरसम्बन्ध सन्तोषजनक बनाउन आवश्यक थियो । त्यसका लागि सर्वप्रथम अन्य बन्दीहरूलाई आन्दोलनको पक्षमा बनाउन जरुरी थियो । केही माग पूरा भएकाले वातावरण पनि बन्दै थियो । जेलको पर्खालभित्र आफूलाई पूर्णरूपले सुरक्षित र मजबुत बनाउँदै अगाडि बढ्ने कोशिस थियो ।

संघर्षका कारण हल्ला चल्यो, मलाई वीरगञ्ज जेल सरुवा गरिँदैछ । तर मैले आस्थाका बन्दी मात्र होइन, अन्य बन्दीबिच पनि आफ्नो स्थान बनाइसकेको थिए । सबैले आन्दोलन गर्ने कुरा गरे, त्यसपछि त्यो कुरा शान्त भएर गयो ।
संकटकालसँगै आस्थाका बन्दीले जेल भरिन थालेपछि हलचल नै पैदा भएको थियो । जेलबारे कार्ल माक्र्सले भनेका थिए– कानून–नियम, जेल, सेना, ठूलो वर्गले निर्धा वर्गलाई दबाउने हतियार हो ।

सरकारले पनि त्यस्तै सोच्दो हो । तर नख्खु जेलमा माओवादीको नै सत्ताजस्तो थियो । गोन्जालोले जेलमा थर्काएर भन्नुभएको थियो ‘जेल एउटा ट्रेन्च हो, त्यो सशक्त लडाइको मोर्चा हो, हामी मर्नदेखि डराउँदैनौँ ।’

लेखक जेलबाट छुट्ने बेला डा. बाबुराम भट्टराई जाँदा स्वागत गर्दै l तस्विर सौजन्य: लेखक स्वयम्

यसलाई हामीले अनुसरण गरेका थियौँ । जेल समाजभन्दा बेग्लै किसिमको ब्रह्माण्डको चीज नभएर समाजको एउटा संवेदनशील अङ्ग थियो । तसर्थ, समाजमा घट्ने प्रत्येक घटनाहरूको प्रतिबिम्ब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जेलमा पनि परिहाल्छ । नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको प्रभाव पनि जेलमा परेको थियो ।


सरकारले आस्थाका आधारमा आतंककारी विधायेक र विभिन्न झुठ्ठा मुद्दामा फसाएर जेल हाल्ने क्रम जारी थियो । सरकारले दमन गर्न अख्तियार गरेको हरप्रयासलाई चुनौती दिँदै जेल भने प्रतिरोध संघर्ष गर्ने मोर्चा बनिसकेको थियो । त्यसले जनयुद्धलाई उचाइमा लैजान पनि बल मिलेको थियो । राज्यले झुठ्ठा मुद्दा लगाएर जेल कोचेर मानसिक–शारीरिक यातना दिए पनि त्यसलाई पचाएर क्रान्तिकारीहरूले आफ्नो सत्ता कायम गर्दै थिए । आस्थाका बन्दीहरूले जेलमा भौतिक सुविधा थप गराउन पहल गर्नुका साथै आम बन्दीहरूलाई राजनीतिक चेतना फैलाउन, जीवनप्रति आशावादी बनाउन र सामाजिक कर्तव्यप्रति सचेत गराउन काम गरिरहेका थिए ।

जेलबाट छुट्ने आमबन्दीलाई सिधै पार्टी सम्पर्कमा पठाउने काम भएको थियो । नख्खु कारागारका जेलर लक्ष्मण श्रेष्ठलाई पनि वैचारिक रूपमा ‘कन्भिन्स’ गरेको थिएँ मैले । उहाँ शान्ति प्रक्रियापछि निजामती कर्मचारी संघठनको उपत्यका उपाध्यक्षसमेत हुनुभयो ।

जेलभित्रै अनसन
जेलमा अझै सुधार र आधारभूत सुविधाको आवश्यकता थियो । सरकारले दिने सिदा १५ रुपैयाँबाट ५० रुपैयाँ बनाउने, ०५८ असारमा भएका निर्णय लागू गर्ने, पानी ट्याङ्की र ढल निर्माण गर्नुपर्ने लगायत माग लिएर हामी फेरि अनसन बस्यौँ । जेल प्रशासन, गृह मन्त्रालयको रोहवरमा छलफल भयो र २०६० जेठ ५ गते सहमति भयो । असारबाट सहमति कार्यान्वयन हुने भनेपछि देशभरका बन्दी उत्साहित भए ।

म बिदा भएँ तर साथीहरूका मलिना अनुहार र बन्दीको निराशा देखेर आफूलाई रोक्न सकिनँ । गेटबाट फर्किएर फेरि भित्र गएर अंकमाल गरेँ । सबैले मलाई बिदा गरे, भेट्न आउने वाचासहित बिदा भएँ ।

त्यसैबीच नेकपा (माओवादी) र सरकारको वार्ता तय भयो । त्यसपछि पार्टीका नेताहरूको संवाद र भेटघाट बाक्लियो । पार्टीको माग रहेछ– केन्द्रीय सदस्यलाई छाडेपछि मात्र वार्तामा बस्ने । मलाई जेलमा भेट्न जाँदा डा. बाबुराम भट्टराईले भन्नुभएको थियो– तपाईं छुट्दै हुनुहुन्छ । तर त्यस कुराको हल्ला गरिएन ।

अचानक हापुरेमा वार्ता तय भएको खबर रेडियोबाट सुनियो । अर्कोदिन ३ बजे जेलरले छुट्ने पूर्जी लिएर आए । एकातिर उत्साह पनि थियो, अर्कातिर आस्थाका बन्दीसँगको विछोड र अन्य बन्दीले व्यक्त गरेको प्रेमभावले मलाई भावुक बनायो । सबै बन्दीहरू जम्मा भएका थिए, आस्थाका बन्दी मलिनो अनुहारमा देखिन्थे ।

मैले पनि आँशु थाम्न सकिनँ । कतिपयले अंकमाल गरे, कतिपयले हात मिलाए । मलाई लिन मानवअधिकारवादी र मैले सम्मान गर्ने व्यक्ति पद्मरत्न तुलाधर बाहिर गेटमा गाडी लिएर आउनुभएको रहेछ । त्यो थाहा पाएर देवेन्द्रराज पाण्डे पनि पुग्नुभएको रहेछ । म बिदा भएँ तर साथीहरूका मलिना अनुहार र बन्दीको निराशा देखेर आफूलाई रोक्न सकिनँ । गेटबाट फर्किएर फेरि भित्र गएर अंकमाल गरेँ । सबैले मलाई बिदा गरे, भेट्न आउने वाचासहित बिदा भएँ ।
पद्मरत्न तुलाधरले आफ्नै घर लैजानुभयो । मैले भाइ चन्द्रमणि पाण्डे र बहिनी हुमकलालाई बोलाएर भेटेँ । पद्मरत्न तुलाधरजी दिल्ली जाँदा मेरो घरमा बस्नुहुन्थ्यो, वहाँले दिल्लीमा गौतम नवलेखालाई म छुट्ने जानकारी गराउनुभएको रहेछ ।

लेखक जेलबाट छुट्ने बेला डा. बाबुराम भट्टराई जाँदा स्वागत गर्दै l तस्विर सौजन्य: लेखक स्वयम्

गौतम नवलेखा दिल्लीबाट नेपाल आएर साँझ हिमालय होटलमा बस्नुभएको रहेछ । मलाई उहाँले साँझ भन्नुभएन । अर्को बिहान पदमरत्नजीले मलाई हिमालय होटल लिएर जानु भयो । त्यहाँ गौतमजी देख्दा आश्चर्य लाग्यो । वहाँले मेरो गिरफ्तारपछि दिल्लीमा गरिएको संघर्ष, कानूनी उपचार, संसद अवरुद्धका घटना सुनाउनुभयो ।

केही बेर गफ गरियो, सँगै खाना खायौं । दिल्लीका साथीहरूलाई भौतिक रूपमा भेट्न नपाएपनि वहाँमार्फत अभिवादन पठाएर बिदावारी भएँ ।
बुद्ध एयरबाट १ बजेका लागि भैरहवाको हवाइटिकट काटिएको रहेछ । पदमरत्नजी मलाई एयरपोर्टमा प्लेन चढाएर फर्किनुभयो । म भैरहवा पुग्दा पार्टीका साथीहरू लिन आउनुभएको रहेछ, म पार्टीको सम्पर्क पुगेको खबर पदमरत्नजीलाई पठाएँ ।

मेरो रिहाइको हल्ला मिडियाले गरेपछि मलाई भेट्न पदमरत्नजीको घरमा प्रदिप गिरी, सूर्यबहादुर सेन, गोकर्ण पौडेल, चक्र बास्तोला आउनुभएको रहेछ । फोनमै पद्मरत्नजी मार्फत् वहाँहरूलाई नमस्ते पठाएँ ।
०००
अघिल्ला शृंखलाहरू पढ्नुहोस्
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो
🎯 शृंखला-५ : भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी