Category: बुक क्याफे

जेष्ठ ४, २०७८ 3

‘राम्रो किताब छान्न नसके अशिक्षितबराबर भइन्छ’

By कला अनुरागी
शेयर गर्नुहोस्

संगीत, साहित्य, दर्शन आदिका किताब उनको पुस्तकालयमा छन् । ‘कसरी करोडपति बन्ने’, ‘साथीहरूको मन जित्ने’ भन्नेजस्ता किताब ट्वाइलेटमा । उनी भन्छन्, ‘यस्ता किताबलाई मेरो पुस्तकालयमा प्रवेश छैन । चाहे ती अर्बौं प्रति नै बिक्री भएका किन नहुन् ! भाइबहिनीहरूले पढ्न भनेर ट्वाइलेटमा राखेका छन् ।’

फाल्गुन ६, २०७४ 0

विमोचन विमर्श : हजार माइलको बाटो

By कला अनुरागी
शेयर गर्नुहोस्

हाम्रो जमिन त समाज नै हो नि । समाजभन्दा बाहिर गएर जमिन हुँदैन । जस्तो मैले स्वैरकल्पनाको प्रयोग गरें । तर, स्वैरकल्पनाको जमिन त वास्तवमा समाजै हो । त्यो एउटा ‘मेथड’ मात्रै हो वास्तवमा । जस्तो कि हामी ‘स्ट्रक्चर’ भनेर भन्छौं यतातिर उपन्यासको कुरा गर्दाखेरि । ‘स्ट्रक्चर’को कुरामा म कुनै मान्छेलाई एउटा बिम्बका रूपमा लिन्छु, अनि त्यसपछि विकास गर्छु ।

कार्तिक ३०, २०७४ 0

रक्सीको भन्दा कडा लत

By कला अनुरागी
शेयर गर्नुहोस्

धरावासी किताब पढ्दा ध्यानस्थ मुद्रामा मौन हुन्छन् । उनलाई कुनै कुराले बाधा गर्दैन । टिभी हेरिरहेको वा हो–हल्ला भइरहेको ठाउँमा पनि उनी मज्जाले पढ्न सक्छन् । लेख्दा पनि उनको त्यही स्वरुप देखिन्छ । उनी सम्झन्छन्, ‘मैले राधा उपन्यास बैठक कोठामा बसेर लेखिसकेको हुँ । त्यतिबेला परिवारका सदस्यहरू पाकिस्तानी सिरियल हेरिरहेका हुन्थे ।’
पढ्दा उनी आफूलाई मन परेको पंक्ति डटपेनले ‘अन्डरलाइन’ गर्छन् । कहिलेकाहीँ कोर्दाकोर्दै पूरै पाना कोरिन्छ । त्यस्तो किताब लेख्ने लेखकप्रतिचाहिँ उनलाई खुब श्रद्धा पैदा हुन्छ । किताबमा कोर्ने बानीको कारणचाहिँ उनको लेखनचेत हो । लेखनको क्रममा सन्दर्भ भेट्न सजिलो हुन्छ भनेर ।