Category: कभर स्टोरी

अशोज ४, २०७८ 0

ढाडमा टेकेर टाउकामा हिर्काउने योजना

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

पार्टीले थानकोट पुलिस चौकीमा आक्रमण गर्यो । सर्लाहीको मलंगवामा सेनाको हेलिकोप्टर खसालियो । यी घटनापछि भने बल्ल शाही सरकार तर्सेको थियो । यी घटनासँगै माओवादी र अन्य राजनीतिक दलका बिचमा आ–आफ्नो तरिकाले संघर्ष गर्ने तय थियो ।

भदौ २८, २०७८ 0

चुनवाङको स्मरणीय बैठक

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

म दिल्ली गएको बेला पार्टीले मेरो सुरक्षालाई दिएको ‘पेस्तोल’ बढी खोजबिन भएछ । मैले त्यो पेस्तोल मेरा सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमरेड रेश्मालाई सहिद परिवार वेणीराम भुसालको घरमा सुरक्षित राख्न दिएको थिएँ । मेरा सुरक्षामा खटिएका रेश्माले भन्नुभयो– ‘तपाईंको पेस्तोल कब्जा गर्न खोजेका थिए, मैले केही भनिनँ’ भन्नुभयो । कस्तो निचता हो ?

भदौ २१, २०७८ 0

बाबुरामको कारवाही फुकुवा

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

त्यतिबेला माओवादीका दावा थियो ८०% प्रतिशत भूभाग हाम्रो कब्जामा छ । त्यहीँ समय पार्टीको हैसियतबाट अध्यक्ष कमरेड प्रचण्डले र क्रान्तिकारी जनपरिषद छाया सरकारको प्रतिनिधिको रुपमा बाबुराम भट्टराईले चीन, भारत, यूरोपियन देश अमेरिका लगायतका देशलाई नेकपा माओवादीका तर्फबाट चिठ्ठी लेखेको थियो ।

असार २७, २०७८ 0

साहित्यकारका नामको कथा

By कला अनुरागी
शेयर गर्नुहोस्

नेपाली साहित्यमा उपनाममा लेख्ने साहित्यकार निकै छन्, पाठकलाई वास्तविक नाम थाहा नहुन पनि सक्छ । त्यसैमध्येका हुन् राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र लेखक सरुभक्त । साहित्यकारका उपनामको आ–आफ्नै कथा छन् ।

असार २५, २०७८ 0

किताबै जलाउनुपर्ने कविता !

By कला अनुरागी
शेयर गर्नुहोस्

प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, ‘सर, आज ढिला भयो । ११ कक्षाको कोर्समा एउटा कविता रहेछ । त्यसैलाई लिएर केही राजनीतिक दल किताब जलाउने भन्न थाले । त्यसैले लफडा भयो ।’ मैले कुन कविता भनेर सोधेँ। ‘हर्कबहादुर भन्ने रैछ’, उहाँले भन्नुभयो । किन जलाउने भनेका रहेछन् भनेर सोधेँ। झण्डाको विरोध गरिएकाले रहेछ भनेर भन्नुभयो ।

असार २४, २०७८ 0

विद्यार्थीलाई कसरी सिर्जनशील बनाउने ?

By कला अनुरागी
शेयर गर्नुहोस्

हामी पहिले जादु, टुनामुना जस्ता कथा पनि पढ्थ्यौं । त्यसले हामीलाई कल्पनाशील बनाउथ्यो भने अरु किताबबो भोक पनि जगाउँथ्यो । तर अहिले चाहिं सहरका नानीहरु कार्टुन हेर्छन् । त्यसले कल्पनाशीलता ध्वस्त गरिरहेको छ । हुन त पश्चिमाहरुले भिज्युअलबाट आकर्षित गरेर सिर्जनशील बनाउन खोजेका हुन् । तर नेपाली विद्यार्थीको सन्दर्भमा त्यसले सही काम गरिरहेको छैन । किनभने पश्चिमाले बनाएका कार्टुनको परिवेश अर्कै छ । नेपालको समाजिक, आर्थिक र सांस्कृतिक स्थिति अर्कै छ ।

असार २२, २०७८ 0

कान्छा र कान्छीको ठट्टामात्रै होइन लोकगीत

By कला अनुरागी
शेयर गर्नुहोस्

हामीले लोकगीतलाई प्रेम, मनोरञ्जन र रमाइलो बिषयमा मात्रैमा सीमित गरेका थियौं । अथवा भनौं कान्छा र कान्छीको ठट्टा, साईंला र साईंलीको कथा, च्याङ्बा र च्याङ्माको कुरामै मात्रै सीमित राखेका थियौँ । तर यसले हाम्रो लोप हुन लागेको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, आर्थिक बिषयका विभिन्न पाटालाई पनि समेट्छ भन्ने कुरालाई त्यति ध्यान दिइएको थिएन । त्यतिमात्रै होइन, लोकगीतमा समाजको प्रचलन, आस्था पनि प्रतिविम्बित हुने गर्दछ ।

असार २१, २०७८ 0

बाबुराम भट्टराईको गोप्य सन्देश

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

नेकपा (माओवादी) र सरकारको वार्ता तय भयो । त्यसपछि पार्टीका नेताहरूको संवाद र भेटघाट बाक्लियो । पार्टीको माग रहेछ– केन्द्रीय सदस्यलाई छाडेपछि मात्र वार्तामा बस्ने । मलाई जेलमा भेट्न जाँदा डा. बाबुराम भट्टराईले भन्नुभएको थियो– तपाईं छुट्दै हुनुहुन्छ । तर त्यस कुराको हल्ला गरिएन ।

असार २०, २०७८ 0

लता मंगेशकरलाई मन्दबिष

By जिन्दगानी
शेयर गर्नुहोस्

लता मंगेशकर तीन महिनासम्म ओछ्यान नै परिन् । उनलाई केवल चिसो सुप पिउन अनुमति थियो । तर पनि पेट सफा हुँदैनथ्यो र पोलिरहन्थ्यो । दस दिनसम्म उनको हालत खराब नै रह्यो । त्यसपछि विस्तारै सुधार भयो । त्यसैबेला डाक्टरले बताए कि उनलाई मन्दबिष दिइएको थियो ।

असार १९, २०७८ 1

जनता जगाउने किताबको अनुवाद

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

‘चम्किलो रातो तारा’ चिनियाँ लेखक लि शिन तियनको उपन्यास हो । कम्युनिष्ट पृष्ठभूमि भएका धेरै नेपालीले पढेको किताब हो यो । तिनै लेखकको आज दोस्रो स्मृति दिवस । यस सन्दर्भमा कृतिको नेपालीमा अनुवाद गर्ने सीताराम तामाङ्गले उनका साथै अनुवादका सन्दर्भहरू सम्झिएका छन् ।