Category: जमानाका कुरा

जेष्ठ १७, २०७८ 0

हल्खोरीरामको पंखा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

थापाथलीमा फलामे पुल गाडी हिँड्नलाई बनाइएको थियो । पैदल यात्रुका लागि पुलमुनि सालको मुढा गाडेर त्यसमाथि फलेक ओछ्याएर पुल हालिएको थियो । त्यसरी हिँड्दा उनी आफ्नो प्रतिछाया बाग्मतीको पानीमा देख्थे । उनलाई बाग्मतीको त्यो कञ्चन पानीमा आफूसँगै पारि तरिरहेको प्रतिछाया चलचित्रको पर्दामा हिँडेका दृश्यझैं लाग्थे । नदीको पानीमा माछाहरू खेलिरहेका हुन्थे । उनीहरू साँघु तरिसकेपछि किनारामा गएर त्यो माछा टिप्न खोज्थे तर सक्दैनथे ।

जेष्ठ ५, २०७८ 0

जमदार पाँडेकी चौथो श्रीमती

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

ठट्टामा भने पनि कहिलेकाहीँ श्रीमानले भनेका कुराले उनलाई रिस उठ्थ्यो । श्रीमान् भन्थे, ‘घिउ खानका रहरले आइमाईहरू वर्ष दिन नभई बच्चा पाउँछन् ।’ उनलाई लाग्थ्यो, ‘लोग्ने मान्छेहरू अलिक बार परदेश गए आइमाईले बर्सेनि दुःखको भारी उठाइरहनु पर्दैनथ्यो । अझ शरम नभा’को उल्टै हामी आइमाइलाई नै दोष लाउँछन् ।’
घर व्यवहारको कामबाहेक हाम्रा पालामा मयाँ गरेको भनेको के हो, थाहा पाइएन । श्रीमानसँग एकदिन हाटबजारसम्म पनि सँगै गइएन । एकपल्ट एकजना बिरामी आफन्त भेट्न श्रीमानसँग म पनि जान्छु भनें । उहाँले ‘घरमा यतिका काम छ, किन जान परो, पर्दैन’ भन्नु भो ।

जेष्ठ १, २०७८ 0

नेपालमै थियो पैसा छाप्ने पानढिकी

By वासुदेव अधिकारी
शेयर गर्नुहोस्

‘नेपालमा मुद्रा छाप्ने पानढिकी रहेछ नि है दाइ’, मैले उहाँको सम्झना अझ खोतल्न चाहेँ ।
‘हो, त्यो पहिले सिंहरदरवारमा थियो रे । पछि त्यस ठाउँमा चन्द्र शमशेरले दरवार बनाउने क्रममा सारेर नक्खु लगेको मैले सुनेको हुँ’, उहाँले सम्झनुभयो ।
उहाँले अझ रोमाञ्चक कुरा सुनाउनुभयो, ‘त्यतिबेला हुनेखानेले त ढुसी लाग्ला भनेर मान्द्रामा मोहर सुकाउँथे रे । राणाकालमा भोटको पनि मुद्रा चल्थ्यो रे । भोटमा नेपालले मुद्रा पठाउँथ्यो । नेपालले भोटमा खोटो मुद्रा पठाएबापत युद्ध नै चल्यो ।’