उनको हात

उनको हात

जेष्ठ १९, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • जयन्त महापात्र

अन्धकारले बनेको सानी बालिकाको हातलाई
म कसरी समाउन सक्छु ?

सडकबत्ती काटिएको टाउकोजस्तै गरी झुण्डिन्छ
रगतले हामी बीचमा त्यस भयानक ढोकालाई खोल्छ

देशको ठूलो मुख पीडामा बन्द हुन्छ
जबकि उनको शरीर नङ्ग्राको ओछ्यानमा छटपटाउँछ

सानी बालिकासँग केवल बलात्कृत शरीर छ
मलाई उनीसँग पुग्न

मेरो दोषको बोझ असफल भएको छ
उनलाई अँगालो हाल्ने मेरो अनिच्छालाई पराजित गर्न ।

अनुवादः भीष्म उप्रेती

܀܀܀