Category: जिन्दगानी

असार २३, २०७८ 1

आत्मकथामा पनि फ्यान्टासी !

By कला अनुरागी
शेयर गर्नुहोस्

लेखक वा किताब लोकप्रिय हुनका लागि लेखकको पनि भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, शरदचन्द्रले ‘देवदास’ लेखेपछि खुब हिट भए । सबैले उनको किताब पढ्थे । उनी भने रविन्द्रनाथ टैगोर पढ्थे । त्यतिबेला रविन्द्रनाथ टैगोरका किताब त्यति बिक्दैनथे । शरदचन्द्रले रविन्द्रनाथका किताबका पंक्ति नै उल्लेख गरेर चर्चा गरिदिन्थे ।

असार ११, २०७८ 0

‘गोली थाप्नुअघि आफ्नो जीवनी लेख्ने अनुमति पाएँ’

By डा. दीपेन्द्र रोकाया
शेयर गर्नुहोस्

आदेश पाउनेबित्तिकै हवल्दार प्रेमबहादुरले निशाना बनायो । उसको निशाना मेरो घुँडा मुन्तिर थियो । मैले फेरि छाती खोलेर भनें – ‘यता हो निशाना लगाउने ठाउँ, कायरहरूले मात्र तल ताक्छन् ।’
‘उडाइ दे, साला यो माओवादीलाई,’ डीएसपीले फेरि आदेश दियो । हवल्दारको निशाना तलै भएकाले मैले पनि कराएँ । ‘कायरहरू हो, निशाना तल होइन, माथि यहाँ हो’, छाती देखाउदैँ भनेँ ।
डिएसपी, सइ र असइहरूले म मृत्युसँग नडराएकोमा आश्चर्य मान्न थाले ।

असार ९, २०७८ 0

पारिजातः एक क्रोनिक दार्शनिक

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

एकदिन बाउले दिदीलाई भन्नुभो, ‘ठिकै भो यो डाक्टर नभा’को । यो अधबेस्रोले एकातिर भनेर अर्कातिर सुई घोचिदिन्थ्यो होला । नशा फुलिएको देखेर पिलो भनेर काट्नु पनि बेर छैन । यो क्रोनिक फिलोसफर…।’

असार ५, २०७८ 1

सानो छँदा काखमा खेल्न नपाएकोमा दुःख छैन

By जिन्दगानी
शेयर गर्नुहोस्

तपाईं मेरो जीवनमा ‘बुबा’को भूमिकामा मात्र हैन, ‘प्रेरणा’को भूमिकामा समेत रहनुभयो । साइनो मात्र हैन, सडक पनि बन्नुभयो । तपाईंले निर्माण गरिदिनुभएको यही जीवन–सडकमा अहिले निर्धक्क दौडिरहेको छु ।

जेष्ठ ३०, २०७८ 1

अनि बुबा रुनुभो

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

द्वन्द्वकालमै तत्कालिन नेकपा माओवादीका जिल्ला नेता अमर थापाले लगेका ३० ओटा पुस्तक मध्ये ४ ओटामात्र फिर्ता गरे । मार्क्स, माओ, लेनिनबारे महत्वपूर्ण किताब फिर्ता भएन भने अन्य कार्यकर्ताले लगेका १ सय पुस्तक पनि कसकसका हातमा पुगे पत्तो भएन । द्वन्द्वकालमा २०६९ तिर देउवा सरकारले सेना परिचालन गरेपछि सामान्य सेल्टरदातादेखि निरीह जनतासम्म सेनाको ज्यादतीमा परे । पुरानो क्रान्तिकारी भनेर चिनिनुभएका बुबालाई सेनाले ‘रेड लिष्ट’मा राखेपछि उहाँलगायत गाउँका धेरैजना भूमिगत हुन बध्य पा-यो ।

जेष्ठ २६, २०७८ 2

गर्भावस्थामै जिम, गर्भावस्थामै नाटक

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

गर्भावस्थाका बेला जिम गरेको देखेर कतिलाई अचम्म लाग्थ्यो । यस्तो बेला पनि जिम ? यत्रो पेट लिएर कसरी फटाफट हिँड्न सकेको ? प्रश्नहरू आउँथ्यो । उनलाई लाग्छ गर्भावस्था महिलाको जीवनमा विल्कुल फरक अनुभूति र जिम्मेवारी हो, यद्यपि त्यो अवधिमा उसको नियमित जीवनशैली पूर्णतया छुट्छ भन्ने हैन ।

जेष्ठ २६, २०७८ 0

विवाहपहिले नै बच्चाको कल्पना

By कला अनुरागी
शेयर गर्नुहोस्

मलाई बच्चाचाहिँ एकदम मन पर्छ । कहिलेकाहीँ विवाहको कल्पना मनमा आउँदा पहिले श्रीमान आउँदैन । बच्चा नै आउँछ । मेरो पनि बच्चा हुन्छ, यसरी खेलाउँछु होला भन्ने आउँछ । तर श्रीमान हुन्छ, श्रीमानसँग यसरी हिँड्छु होला भन्ने कल्पनाचाहिँ आउँदैन । त्यसैले बच्चाकै लागि विवाह गर्छु होला ।

जेष्ठ ११, २०७८ 0

‘महिनावारी भएकै बेला आमाको क्रिया गरेँ’

By कला अनुरागी
शेयर गर्नुहोस्

छाउपडीको कुरा दुई दशकअघि पहिलोपटक मैले उठाएकी हुँ । अहिले त्यो जुम्ला वा सुदरपश्चिमको मात्रै एजेण्डा होइन, अन्तराष्ट्रिय बिषय भइसकेको छ । त्यस्तै महिनावारी बार्ने चलनले कसरी शान्ति र महिला सशक्तिकरणमा बाधा पुर्याइरहेको छ भन्ने पनि म अनुसन्धान गरिरहेको छु । नेपाली जहाँ छन्, त्यहाँ महिनावारी बार्ने चलन पुगेको मैले पाएकी छु । अमेरिका र बेलायतमासमेत त्यो पुगेको छ । यस्तो चलनले जीवनमा कहिल्यै महिनावारी नहुने पुरुष पनि झण्डै दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्ने गरेको तथ्य मैले भेटेकी छु । छाउ बस्ने आमासँग बस्दा उनीहरू पनि जीवनमा दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्दो रहेछ । अब यो तथ्य बुझाउन लागेकी छु ।

जेष्ठ १०, २०७८ 0

‘टाढोमा बसेको माया गहिरो र लामो जान्छ’

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

आशा भोस्लेले एक ठाउँ भन्नुभाथ्यो, ‘अहिले कलाकारहरुको एकार्कासँग संगतै छैन । आ–आफ्नो ट्रयाकमा बजायो, गीत गायो, आयो । त्यो पहिलाको माहोल छैन । त्यो शून्यता महसुस हुन्छ ।’ अहिले प्रविधिले सजिलो त बनायो कि, तर संगतले दिने आत्मियता चैं हराउँदै गयो हगि । त्यो बेला यति मीठो संगत हुन्थ्यो, अहिले सम्झिदा पनि आनन्द लाग्छ । त्यो बेला दार्जिलिङमा हामीभन्दा अघि नविन बर्देवा, हिराकुमार सिंह, दलसिंह गहतराजहरुले गर्नुभएको थियो । त्यसपछि हामी पुस्ता आयो । म, कर्म योञ्जन, मानवीर सिंह, अम्बर गुरुङ, गगन गुरुङ, रुद्र गुरुङ, नयन सुब्बा, शरण प्रधान, अरुणा लामा, दिलमाया खाती, गोपाल योञ्जन, रञ्जित गजमेर, जितेन्द्र बर्देवालगायत धेरै भए । त्यो बेला अरुणा, रञ्जित, शरण प्रधानहरुको अलग्गै स्थान कायम थियो ।

जेष्ठ ६, २०७८ 0

उपेन्द्र सुब्बाको क्लाइमेक्स कामना

By कला अनुरागी
शेयर गर्नुहोस्

‘कबड्डी’बाट उत्कृष्ट स्क्रिप्ट लेखकको अवार्ड प्राप्त गरेँ, धेरैले सिनेमा लेखाउन चाहे। त्यस क्रममा मैले भनें, ‘जुन खर्चमा नेपाली सिनेमा लेखिरहेका छन् अरू स्क्रिप्ट राइटरले । त्यो खर्चमा म लेख्न सक्दिनँ ।’ त्यसो भनेपछि आधाजति भागे । कतिले चाहिँ कति लिनुहुन्छ त भनेर सोधे । मैले ढ्याम्मै भनिदिएँ, यति लिन्छु भनेर । उनीहरूले आत्तिएर भने, ‘त्यति त हिरोलाई पनि दिने गरेको छैन ।’