म किन सम्झि रहन्छु तिमीलाई !

म किन सम्झि रहन्छु तिमीलाई !

भदौ २६, २०७८ 2 By कपिल अन्जान
शेयर गर्नुहोस्


मान्छे के कुराले सुन्दर देखिन्छ होला ? अनुहार, रूपरंग, पहिरन, बोलीचाली या व्यवहार ! हुन त सबैको हेर्ने नजरमा फरक पर्छ नै । जबदेखि अरूका कविता पढ्न थाले, त्यसपछि पात, डाँठ, काँडा र जरासँग पनि प्रेम बस्यो । फूल त आफैमा फूल नै हो । त्यो त सबैको रोजाइमा पर्छ । लाग्छ, जिन्दगी एउटा फूलैफूलले सजिएको बगैंचा पनि हो । त्यस्तो बगैंचा जसमा सबैको आफ्नै अस्तित्व हुन्छ । यहाँ नफेरिने केहि छैन । दिन, बार, ऋतु हुँदै बिस्तारै निश्चित समयपछि सबैथोक फेरिन्छ । सबथोक बदलिन्छ ।

मानिसहरू बडेमानको उपहार दिन्छन् । उपहार भनेको याद पनि हो । म त उपहार लिन मात्रै जान्दछु, दिन जान्दिन । जस्तो कि, कसैबाट राम्रो कुरा लिएँ भने त्यो कदापि फिर्ता गर्न मन लाग्दैन । आफैसँग राखिरहुँ भन्ने लाग्छ । तर आफुले राम्रो कुरा दिनु नपरोस् भन्ने नि लाग्छ । तर बोली र हाँसो हो भने त्यो त जति लगे नि आजसम्म कमि भएकै छैन । त्यसलाई पनि के उपहार भन्नु भन्ने लाग्छ ।

काठमाडौंको करिब ३ वर्षको बसाई छोडेर आएपछि फेरी काठमाडौंमै गएर भिडियो/फोटो खिच्न जाने खबर आयो । यसपटक जानुमा केही खास अर्थ होला भन्ने चैं लागेको थियो । त्यहाँ जाने कुराले एकातिर त्यहाँका साहित्यानुरागीहरूसँग भेट हुने साहित्यिक स्वार्थ थियो भने अर्कोतिर पेट पाल्ने व्यवसायिक माध्यम । मुख्य मिसन थियो बेल्जियमकी राजकुमारी, उनका श्रीमान् र भ्रमणदलका सदस्यहरूसँग अगाडि पछाडि लाग्नु पर्ने काम । उनीहरूको यात्रालाई सुरक्षित सजाउने माध्यम नै फोटो र भिडियो थियो । जसका लागि म जानु पर्ने थियो ।

राजकुमारी आउनु दुई दिन अघि (वि.सं. २०७६ माघ २ गते) म राजधानी हान्निए । बेल्जियमका रोयल फेमिलीका मान्छे आउँदैछन् भन्ने मात्रै जानकारी थियो । आयोजकहरू भन्दै थिए वर्षौपछि यस्तो भ्रमण हुँदैछ । खबरले म पनि उत्सुक थिएँ । आयोजकहरूले भन्दै थिए, ‘सबै कोड मिलाउनु पर्छ ।’ सोचें, कस्तो कोड मिलाउने होला ! काम, ड्रेस, शिष्टाचार या अरू । क्यामेराको झोला बोकेर हिड्नुभन्दा अरू के थोक होला र मिलाउनु पर्ने । तैपनि आयोजकहरूले भने अनुसार नै गर्नु भनेर अफिसबाट निर्देशन थियो । सोचें आगे मिलाउँदै जाउँला । कोही त होला मिलाउन सघाउने ।

राजकुमारीलाई स्वगत । तस्वीर: लेखकबाट

जाडोको महिना । तराईको मन चिसो पार्ने सिरेटो । जाडोमा बरफ र गर्मिमा आगो बाकेर हिड्नु पर्ने । यसलाई तराइबासीको बाध्यता, नियति भनौं या दिनचर्या । चाहे जेसुकै होस्, यो अवस्थाबारे सबै जानकार नै छन् । त्यसमा जाडोमा पनि मुटु नै हल्लाउने चिसो । चिसोको कुरा गर्ने हो भने फेरी पनि मुटु नै चिसो भएर काप्छ । अझ पुस, माघमा आकाश रोयो भने त बर्वाद । सबै खत्तम नै पार्छ । सोच्नै पनि नसकिने । सबैको विचल्ली नै हुन्छ ।

कतै बाहिरी जिल्लामा क्यामेरा लिएर जानु भनेको मेरो लागि जहिल्यै हतारो नै हुन्छ । अफिसको काम अस्तव्यस्त । त्यसमा पनि सबै काम मिलाएर जानु पर्ने । धुम्म परेको आकाश । जाडोमा घाम देख्न पाइयो भने त युद्ध जिते झैं लाग्ने । त्यो दिन साँझको प्लेन टिकट थियो, नेपालगंजदेखि काठमाण्डौसम्मको । एयरपोर्ट पुग्न आधा घण्टा अघिदेखि नै राजधानी बसाईमा आवश्यक पर्ने सबै कुराको प्याकिङ गरिसकेको थिएँ । यो जिन्दगी, झोला बोक्नुभन्दा माथि उठ्न सकने भन्ने पनि लाग्छ । अथवा मैले पनि त्यो अवस्थालाई परिमार्जन गर्नै चाहिन । मेरो रहर भनेकै बोक्नु नै भयो, दुख, पीर या झोला । अथवा झोले जिन्दगी । यै जिन्दगीको मजामा म कतै हराईरहें ।

खाली खुट्टै दौडिएको मजा अहिले जुत्ता, चप्पलले बिर्सायो । नत्र कोहलपुर–नेपालगंजको बाटोमा कुन रूख कहाँ आउँछ भन्ने यकिन छ । अथवा त्यो आत्मविश्वास पनि छ कण्ठस्थ छ भन्न सक्ने । यहाँको माटोले मेरो पदचाप पनि थाहा पाउँछ होला । यसै बिचमा एउटा याद बनेर बस्ने अवसर पायो जीवनमै पहिलो पटकको पट्यार लाग्दो १२ किलोमिटरको यात्रा । पसिनाले शरीरमा लगाएको लुगा भिज्ने घामको तातो राप र आगो लिएरै हिँडे पनि आँत काप्ने चिसोको सामना गरिसकेकै हो । यस्ता कैयन उदाहरणको साँक्षी हो यो शरीर ।

सम्झिदा पनि किन सम्झिऊँ भन्ने लाग्ने । कोहलपुरदेखि राँझा एटरपोर्टसम्मको रिस उठ्दो यात्रा । एयरपोर्टबाट बारम्बार फोन आइरहेको थियो । समयमै आउनु भनेर । यताबाट पनि समयमै पुग्छु भनेर यात्रा सुरु गरें । अफिसकै एकजान भाइलाई बाइकमा छोड्नु भनें । उसै त चिसो नै थियो त्यो पनि चिसोयाम बाइकको यात्रा । पार्वतीपुर पुग्दा निकै ठूलो पानी बर्सियो । प्लेन छुटिहाल्छ कि भन्ने डर एकातिर थियो । अर्कोतिर जाडोमा परेको पानीमा भिजेर जानै मन नलाग्ने । तैपनि पानी रोकिएला भन्ने आस भने थियो नै ।

प्रत्येक पुस–माघ महिनामा तराइको चिसो सिरेटोले तन मात्रै हैन, पूरै मन नै हल्लाइदिन्छ । आच्छु–आच्छु पार्ने चिसोले बाहिर निस्किन पनि सकिँदैन । कतिसम्म भने वि.सं. २०७७ पुस–माघको जाडोले हप्ता दश दिन जति त अफिस नै बन्द गर्नु पर्ने अवस्था आयो । एकपटक त झन कोहलपुरको न्यूरोडमा रहेको वन कार्यालयमै फोन गरेर हातखुट्टा तताउनका लागि दाउरासम्म पनि माग्नु पर्‍यो । त्यो पनि किबोर्डमा समाचार टाइप गर्न र भिडियो इडिट गर्न औंलाले कामै गर्न छोडे भनेर । हाय ! हाम्रो पत्रकारिताको दुख । लाग्छ, यो यात्रा कहिलेसम्म चल्छ !

प्रतिक्षालयमा पानीमा तर्केर ओत लाग्नेहरूको बिचमै म मिसिएँ । आडमै रहेको शिव–पार्वतीको मन्दिरले पनि मेरो पुकार सुनेन । त्याँसम्म पुग्दा पनि आधा तन निथ्रुकै भिजेको थियो । आच्छु, आच्छु बनाइरहेको थियो । बडो नज्जाको अनुभव । एकातिर चिसोको सिरेटो । अर्कातिर प्लेन छुट्ला भन्ने मनमा डर । डरै–डरको बिचमा अल्झिएको म एउटा पेसेन्जर । तैपनि आधा भिजेको शरीरमै भएपनि यात्रा गरिहाल्नु पर्छ भन्ने थियो । साथमा क्यामेरा, ल्यापटप र आफ्नो लत्ताकपडाको झोला थियो । बिचमा पुगेर त्यै बाइक पनि बिग्रियो । ओत लाग्ने न घर थियो त्यहाँ, न कुनै रूख ।

भावनाजीको कल आइरहेको थियो । चिन्ता पनि हुँदो हो क्यार । म एयरपोर्ट पुगेर कल गर्छु भने, भिजेको अवस्थाबारे जानकारी गराए पिर मान्लान भन्ने लाग्यो । उता साथीको पनि कल आयो । कपिल पानी परेको छ भिज्नु पो भयो कि ? भिजियो यार शान्ताजी, कुनै दिन यहाँ वृक्षारोपण गर्छु, ओत लाग्ने रूख नै भेटिन भनुँ कि झैं लाग्यो । निथ्रुक भिजिसकेको थिएँ । पिप्रहवा पुगेपछि एउटा माइक्रो आयो । गाडिभित्र चढेपछि मैतिर हेर्नेहरूको नजर अलिक भिन्नै पाएँ । सोचे होलान्, भिजेको रैछ, कत्ति जाडो मानेको होला ।

जसोतसो एयरपोर्टमा भाइ पर्खेर बसेको थियो । ऊ र म सँगै जाँदै थियौं । धन्न ऊ भने थोरै भिजेको रैछ । म त पूरै निथ्रुक्क । शरीरमा ओभानो कुनै ठाउँ थिएन जस्तो लाग्थ्यो । भिजेकै कपडामा काठमाण्डौ पुग्नु पर्ने बाध्यता, क्यामेरा र ल्यापटप भने खै कसरी जोगियो । एउटा भिजेको ज्याकेट भने घर फर्काइदिएँ ।

Ilse सँग लेखक र बेल्जियमका पत्रकार मार्टिन ।

पत्रकारिता मेरो लागि विशुद्ध खेताला काम हो । मैले गर्ने पत्रकारितामा बेग्लै किसिमको आनन्द छ । आनन्द भन्नाले जस्तो कि कुनै किसानले फसलको रोप्नु पूर्व गर्ने योजनाको तयारी, रोपिसकेपछि फसल भित्राउने बेलासम्मको सम्पूर्ण तयारी लगायतमा जति मेहनत पर्छ, त्यस्तै खाले । मैले यो क्षेत्रको अवधिमा निकै फरक–फरक अनुभूति संगालेको छु । कहिले भीरपाखा, कहिले खोल्सा, बनजंगल, कहिले शान्त वातारण, कहिले कानै फुट्ने कर्कस ध्वनी । हुँदा–हुँदा केहि यस्ता अनुभवहरु पनि छन् जो हिंसात्मक दंगा फसाद र कहिले ज्यानै जोखिममा पार्ने बाढी–पहिरो, वन्यजन्तु लगायतको डर, त्रास । घरकालाई यी कुरा बताउने हो भने भोलिबाटै यो काम छोडेर अरुथोक व्यवसाय गरौं भनिहाल्छन् । आजसम्म यी अनुभवहरू मसँगै सुरक्षित छन् । बताउन जरूरी नै ठानिन ।

रमाइलो भन्ने हो भने रमाइलो पनि छ । कामका दौरान र काम सकिएपछिको आनन्द भने मज्जाको हुन्छ । सुरू गर्नु मात्रै पर्छ कहिले, कसरी सकिन्छ भन्ने थाहै हुँदैन तर सकिन्छ । म आफैले कामलाई सुनौलो अवसरका रूपमा लिन्छु । सकेसम्म काममा न्याय दिन सकिन्छ भनेर लाग्छु । मैले हात हालेको कामले मूल्य पाओस् र त्यसको उचाइ बढोस् भन्ने नै लाग्छ ।

सोचें, राजकुमारीसँग आउने पनि राजकुमारी नै हुन्छन् । एकछिन हामीले कुराकानी गर्‍यौं । कनिकुथी बोल्ने अंग्रेजी भाषाले उसलाई कस्तो लाग्यो मैले जानिन । तर मलाई भने अप्ठ्यारो लागेन । उनी भन्थिन्, भाषा माध्यम मात्रै हो । जस्तो कि, मेरो पनि मुख्य भाषा अंग्रेजी हैन । यो कुरामा तपाई अप्ठ्यारो नमान्नु होला ।

प्रत्येक पुस–माघ महिनामा तराइको चिसो सिरेटोले तन मात्रै हैन, पूरै मन नै हल्लाइदिन्छ । आच्छु–आच्छु पार्ने चिसोले बाहिर निस्किन पनि सकिँदैन । कतिसम्म भने वि.सं. २०७७ पुस–माघको जाडोले हप्ता दश दिन जति त अफिस नै बन्द गर्नु पर्ने अवस्था आयो । एकपटक त झन कोहलपुरको न्यूरोडमा रहेको वन कार्यालयमै फोन गरेर हातखुट्टा तताउनका लागि दाउरासम्म पनि माग्नु पर्‍यो । त्यो पनि किबोर्डमा समाचार टाइप गर्न र भिडियो इडिट गर्न औंलाले कामै गर्न छोडे भनेर । हाय ! हाम्रो पत्रकारिताको दुख । लाग्छ, यो यात्रा कहिलेसम्म चल्छ !

बेल्जियमको रोयल फेमिली नेपालमा आउनु अलिक पहिला, करिब ५/६ महिनाअघि कै कुरा हो । फाउण्डेसनका डा.सुशील कोइरालाले अफिसमा नन्द सरलाई फोन गरेर जनवरी २०२० तिर एउटा प्रोजेक्टमा काम गर्नु पर्ने छ भिडियो फोटोग्राफीका लागि तपाईंहरु आउनु होला भनेका थिए । डा.कोइरालासँग नेपालगंज हुँदाताकाको पुरानै सम्बन्ध हो । उनका लागि काम गर्न निकै मजा आउँथ्यो । अझै पनि त्यो मजा कायमै छ । उनका लागि धेरै पटक ‘भोलेन्टिएर’ काम पनि गरिसकेका थियौं । र अलिक पैला उनको अभियानको एउटा भिडियो पनि बनाएका थियौं । राम्रो र सम्भावना भएकाहरुलाई झन सफलतामा पुग्न सकेसम्म सहयोग गर्नु पर्छ भन्ने हिसाबले त्यो काम गरेका थियौं । कतिपय अवस्थामा सम्बन्धमा पैसाको हिसाबकिताब भने हुँदैन । र हुनु हुँदैन भन्ने पनि लाग्छ । तर, कहिलेसम्म त्यसो गरिरहने हो भन्ने कुराले पनि व्यवसायिकतामा ठूलै प्रश्न चिन्ह खडा गरिदिन्छ । कहिलेकाँही लाग्छ, बरू मुनाफा नहोस्, तर दुख भने असुल होस् ।

यो बिचमा धेरैपटक उनी र उनी जस्तैका लागि भोलेन्टिएर काम गरिसकेका छौं । त्यसमा पैसाभन्दा पनि भावनात्मक सम्बन्धले जोडेको छ । लाग्छ, यो सम्बन्ध जोडिनै रहनेछ । उनकै निम्तोमा वि.सं. २०७४ माघ १५ गते उनीहरूकै संस्था दामिएन फाउण्डेसनले नवलपुर तथा परासीमा संचालन गरेको एउटा कार्यक्रममा गएको थिएँ । पुरानै सम्बन्ध भएकाले र एकजनाबाट भिडियो र फोटोको काम हुनेमा उनीहरू निश्चिन्त थिए होलान् । छालाका रोगीहरूमा कुष्ठरोगको पहिचान तथा उपचारका लागि सहयोग गर्ने कार्यक्रमको फोटो, भिडियोका लागि सम्झिएका रहेछन् । त्यो कुरा पनि मैले त्यहि गएर थाहा पाएको थिएँ । त्यो बेला पनि निकै नै रमाइलो भएको थियो । काममा सम्झौता नगर्ने तर जिम्मा लिएको काम सम्पन्न गर्नु पर्छ भन्नेमै आजसम्म अडिग छु । यो काम गर्ने अवसर पनि एउटा संयोगका रूपमा आएको थियो ।

दामिएन फाउण्डेसन संस्था बेल्जियम देशसँग सम्बन्धित रैछ भन्ने कुरा मैले त्यहाँ पुगेपछि थाहा पाएँ । पहिलो पटक गएको ठिक २ वर्षपछि फेरी उस्तै प्रकृतिको कामको लागि उनै कोइरालाले फोन गरेछन् । तर यसपटक भने रोयल फेमिलीको भ्रमण भएकाले अलि विशेष छ है भनेका रहेछन् । अफिसमा नन्द सरले भन्दै हुनुहुन्थ्यो । बाँकी कुरा उतै गएर थाहा हुनेछ भनेर राजधानी पुगेको थिएँ ।

बेल्जियमकी राजकुमारी Astrid Joséphine-Charlotte Fabrizia Elisabeth Paola Marie, उनका श्रीमान् Lorenz Otto Carl Amadeus Thadeus Maria Pius Andreas Marcus d’Aviano तथा अन्यको यो भ्रमण हुँदै थियो । दुई देशबिचको पुरानो सम्बन्धलाई जोड्न दामिएनको संयोजनमा नेपाल सरकारले यो कार्यक्रमको व्यवस्थापन गरेको थियो । उनीहरू आउनुभन्दा २ दिनअघि देखि नै तयारीका लागि फाउण्डेसनका तर्फबाट Ilse Françoise Gilberte Marina Errygers, नेपाल र भारतका लागि बेल्जियमका राजदुत François Delhaye, Belgian लगायत उच्चअधिकारीहरूको आगमन भैसकेको थियो ।

नेपाल सरकारको तर्फबाट पनि आफूले गर्नु पर्ने तयारी भैसकेको थियो । राष्ट्रपति, मन्त्री लगायतसँगको भेटघाट कार्यक्रमको तय भैसकेको थियो । त्यसले नेपाल र बेल्जियमको पनि सम्बन्ध थप सुमधुर पार्न सजिलो हुने अपेक्षा गरिएको थियो । रोयल फेमिली आउनुअघि आएकी Ilse मिडियाको टिमलाई व्यवस्थापन गर्न आइपुगेकी थिइन् । उनीसँगै आएका बेल्जियममा पत्रकार मार्टिन, काठमाण्डौबाट पत्रकार रबिराज बराल र म थियौं । Ilse हाम्रो टिमको लिडर थिइन् । दामिएनमा निकै लामो समय सेवा गरेको अनुभव छ भनेर कुरा गर्दै थिए अरूले ।

बायाँ नेपाल र भारतका लागि बेल्जियमका राजदूत, बीचमा राजकुमारी र बेल्जियमका लागि नेपाली राजदूत साथमा लेखक ।

अघिल्लो दिन उनीसँग हाम्रो भेट भयो । झट्ट हेर्दा कुनै हलिउडको नायिकाको धेरै भुमिका निभाइसकेको अभिनेत्री जस्तो लाग्ने । अग्लो कद, हँसिलो अनुहार, काला आँखा, सुस्त र मीठो बोलीले जसको पनि मन तान्न सक्थ्यो । उनको प्रत्येक पटकको कुराले धेरै कुरा सिकाएझैं लाग्ने । सोचें, राजकुमारीसँग आउने पनि राजकुमारी नै हुन्छन् । एकछिन हामीले कुराकानी गर्‍यौं । कनिकुथी बोल्ने अंग्रेजी भाषाले उसलाई कस्तो लाग्यो मैले जानिन । तर मलाई भने अप्ठ्यारो लागेन । उनी भन्थिन्, भाषा माध्यम मात्रै हो । जस्तो कि, मेरो पनि मुख्य भाषा अंग्रेजी हैन । यो कुरामा तपाई अप्ठ्यारो नमान्नु होला । यसै बिचमा नम्बर साटासाट गर्दै तपाई नेपाली मै लेख्नुस्, म अनुवाद गरेर पढ्छु भनेपछि मलाई थप सजिलो भयो । मैले नेपाली बोल्नु र अंग्रेजी भाषामा रोकिनु अप्ठ्यारो लागेन त्यसपछि । तैपनि बोल्दै जाँदा कमजोरीलाई उनी आफैले सुधार गरिदिन्थिन् । टिम लिडर होस् त यस्तो । जसले हौसला देओस् ।

त्यसदिनको भेट ठिकै लाग्यो । अर्को दिन राजकुमारी लगायत आउने भएकाले स्वागतका लागि नेपाल सरकारका तर्फबाट राज्यमन्त्री मोतिलाल दुगड त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगिसकेका थिए । उनीसँगै नेपाल सरकारका उच्च ओहदाका कर्मचारी, आवश्यक सुरक्षाकर्मी लगायत पुगेका थिए । उनको आगमनले विमानस्थलमा एकखाले रौनक थपेको थियो । बेला–बेला मन्त्री दुगडले भाइ फोटो चैं पठाइदिनुस् ल भन्दै थिए । मैले नि हाँसेर हुन्छ भनिदिएँ । राजकुमारी लगायतको बसाई नक्सालको होटल मेरियटमा फिक्स थियो । दिनभरीको भेटघाट तथा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल घुम्ने र साँझ होटलमा आउने व्यवस्था मिलाइएको थियो । करिब एक हप्ताको यो बसाईमा उनीहरूले कैलालीको मसुरिया र नवलपुरको मध्यबिन्दुमा अवस्थित कुष्ठरोगीहरूको उपचारको लागि स्थापना गर्न लागिएको अस्पतालको उद्घाटन गरिन् ।कुष्ठरोगीहरूसँग भलाकुसारी, मन्त्री लगायतसँग भेटघाट गरिन् । उनी आफ्नो देश फर्किनुअघि सर्वोच्च शिखर सगरमाथालाई हवाइजहाजबाट अवलोकन गर्ने रहरलाई पूरा गरिन् ।

Ilse ले बौद्धमा बत्ती बाल्दै । तस्वीर: लेखकबाट

मेरो त काम नै थियो । उनीहरूकै अगाडि, पछाडि लागेर क्यामेरा बोकें । भ्रमणका दौरान उनीहरूका यादहरूलाई क्यामेरामा कैद गरिदिएँ । काम थियो, कामलाई सम्पन्न गरें । तर आजसम्मकै नौलो अनुभव भने मनमा रहिरह्यो । जुन टिममा बसेर काम गर्ने अवसर पाएँ त्यस टिमको लिडर Ilse को कामप्रतिको सम्मान, उनको बोली, व्यवहार र शैलीले एक किसिमको छाप छोडेर गयो । यस्तो लाग्यो टिममा बसेपछि पहिलो कुरा अनुशासन र त्यसपछिको व्यवसायिक धर्मबारे धेरै कुराहरू सिक्ने अवसर दियो । यस्तो लाग्यो, उनी पनि एक राजकुमारी हुन् । जो हाम्रो टिममा जोडिएका बाँकी सदस्यहरूको मनमा बसेर गइन् । जिन्दगीमा कमै मात्र मानिस मनमा बस्न सक्छन् । उनी त्यसै मध्येको एक थिइन् । स्वयम्भु, पशुपतिनाथ, बौद्ध लगायतमा उनीसँगै यात्रा गर्दा उनी निकै रोमाञ्चितसँगै निकै खुसी देखिन्थिन् ।

जिन्दगीमा केही जोखिमहरू आए र गए पनि । केही त्यस्ता मीठा पलहरू आए र एउटा मीठो सपना बनेर हरेक पल सम्झाइरहे । त्यसै मध्येको एउटा याद बनेर बसेको त्यो भेट थियो Ilse सँगको । भेटिनु, छुटिनु समयको आफ्नै रीत छ । उनीसँगको केही दिनको सामिप्यता मीठो लाग्ने गरी यादगार बनिदियो । करिब एक हप्ताको बसाई नै वर्षौ सिक्न मिल्ने गरी पाएझैं लाग्ने भयो । उनले नेपाल आएर धेरै कुरा हेरेर गइन् । मज्जाले घुमेर गइन् । उनी भन्थिन, म कुनै अलकापुरीमा आउने अवसर पाएँ । नेपालका धेरै कुराहरूमा उनको चासो रह्यो । लैजान नसकेका धेरै यादहरूलाई क्यामेरामा कैद गरेर लगेकी छु भन्दै थिइन् । सोच्छु, उनले त्यस्तो के लगेर गईन् । तर तिमीले पनि हामीहरू माझ धेरै कुरा छोडेर गएकी छ्यौ । ए दुरदराजकी राजकुमारी, ए सकारात्मक सोच र हँसिलो मुहार भएकी Ilse, यो महिना सेप्टेम्बर । यानिकी तिम्रो खुसीको दिन । जन्मदिनको शुभकामना तिमीलाई ।