रक्सीको भन्दा कडा लत

रक्सीको भन्दा कडा लत

कार्तिक ३०, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्
 

‘कृष्ण धरावासी किताबका उपज हुन् ।’ यसो भन्दा फरक पर्दैन । किताबले नै उनलाई नाम दियो, पहिचान दियो । जीवन दर्शन त दियो नै, आत्मसम्मान पनि दियो । किताबको साथमा उनलाई यतिसम्म विश्वास लाग्यो कि जागिरे जीवन छोडेर ‘होलटाइमर’ लेखक बने ।
झापामा जन्मे–हुर्केर इलाम–काठमाडौं हुँदै केही वर्षका लागि अमेरिकासमेत पुगे। साढे पाँच दशकको जीवन–यात्रामा उनले सबैभन्दा धेरै समय किताबसँगै बिताए ।
धरावासी जब किताबसँगको साथ सम्झन्छन्, साथी डा. सञ्जिव उप्रेतीलाई पनि सम्झिहाल्छन् ।

सँगै हुर्के–पढेका सञ्जीवको घरबाट नै उनको किताब–प्रेम सुरु भएको थियो, जुन आजतक जारी छ । उनी सम्झन्छन्, ‘सञ्जीवको घर मेरा लागि सहज पुस्तकालय थियो । उहिलेदेखि अहिलेसम्म पनि । मेरो घरमाचाहिँ किताब थिएन । बुबा ज्योतिषी हुनुहुन्थ्यो, त्यसैले पढ्न मिल्ने साधनको नाममा पात्रोमात्रै हुन्थ्यो ।’
धरावासी स्कुले जीवनमा आधाजसो समय सञ्जीवकै घरमा बिताउँथे । आमाबाबु दुवै विद्धान भएकैले सञ्जीवले सानैदेखि अंग्रेजी बालसाहित्यको पुस्तकको स्वाद लिन पाएका थिए । अंग्रेजीमा उस्तो पकड नभए पनि सञ्जीवको सहायतामा उनले पनि त्यसको स्वाद लिन पाए ।

छ–सात कक्षामा पुग्न थालेपछि हाट बजारमा भुईंमा फिजाएर बेच्न राखिएका किताबमा पुग्यो उनको पठन । गुलबक अलिका कथा, तोतामैनाका कथादेखि तिलस्मी उपन्याससम्म पढ्न भ्याए त्यसबेला । ‘आतंक’, ‘राक्षसराज्य’ र ‘रत्नभवन’ नामका सिरिज उनले जीवनमा पहिलोपटक पढेका मोटा किताब थिए । एकदेव शर्मा ढकालले अनुवाद गरेका ती किताबले दिएको मज्जा अहिलेसम्म पनि सम्झन्छन् उनी ।
उमेर बढ्दै जाँदा, बैंस चढ्दै जाँदा उनी प्रकाश कोबिदका उपन्यासको संगतमा पुगे । एसएलसी परीक्षा दिँदासम्म उनले रानु, वेदप्रकाशलगायतका उपलब्ध उपन्यास पढिभ्याएका थिए ।

ओशोकै दर्शन–संगतले उनलाई जटिल कुरा पनि बुझ्न सक्ने बनायो । त्यसैले साहित्य पढ्न थालेपछि उनी इन्द्रबहादुर राईको लीलालेखनबाट प्रभावित भए । उनको भोगाइ छ, ‘अहिलेसम्म पनि लीलालेखनलाई जटिल भन्छन् । तर मैले त्यतिबेलै लीलालेखनलाई चट्टै बुझें ।’ लीलालेखनको बुझाइसँगै उनको अध्ययन साहित्य र दर्शन दुवैतिर फैलियो ।

एसएलसी दिइसकेपछिको खाली समय धरावासीको पठन जीवनको ‘टर्निङ प्वाइन्ट’ हो । त्यतिबेला सञ्जीव र उनले अनेकन किताब खोजी–खोजी पढे । त्यसै क्रममा आइकमवाला शिक्षक राजकिशोर मण्डलको संगतमा परे उनीहरू । २५–२६ वर्षका मण्डल जनकपुरतिरका थिए । जाँड, रक्सी र गाँजा खान्थे । बिहा गरेका थिएनन् । बडा हरफन मौला स्वाभावका । तर धेरै अध्ययन गरेका । उनी सम्झन्छन्, ‘उनले हामीलाई जाँड, रक्सी वा गाँजा केही खाऊँ भनेनन् । तर किताबचाहिँ अनेकथरी पढ्न दिन थाले ।’ तिनैको दिशानिर्देशनमा उनीहरूले रजनीशका किताब पढे । साइबाबाका किताब पढे । नारायणदत्त श्रीमालीका हिप्नोटिज्मका किताब पढे । मेस्मेरिज्म र टेलिप्याथीका किताब पढे । डेमोक्रेसी अफ प्लेटोको हिन्दी अनुवाद पनि त्यतिबेलै पढ्न पाए । ‘उनी आफू मार्क्सवादी हुँ भन्थे । तर हामीलाई उनले मार्क्सवादी किताब भने पढाएनन् । ती मान्छे सम्झँदा अचम्म लाग्छ, अहिले कहाँ छन्, थाहा छैन । तिनले हामीलाई किन त्यस्ता किताब पढाए त्यो पनि थाहा छैन,’ मण्डललाई सम्झेर धरावासी अचम्ममा पर्छन् अझै ।
ती किताबमध्ये धरावासीलाई रजनीशका किताबले मोहित बनाए । १८ वर्षको उमेरमा गम्भीर दार्शनिक अध्ययनतिर डोरिए उनी । त्यही क्रममा उनले आफ्नो नाम थर फेरेर धरावासी बनाए । जात, थर, सीमाना केही होइन, धर्तीवासी हुँ भन्ने भावनाको दार्शनिक आदर्शको आवेगले उनलाई धरावासी बनायो । ०३५ सालतिर कुरा हो त्यो ।
ओशो पढ्न थालेपछि उनलाई सामान्य किताबले छुन छाड्यो । प्रेमिल उपन्यासले पनि प्रभाव पार्न छाड्यो । उनी भन्छन्, ‘कडा रक्सीको बानी लागेपछि नरमले नछोएजस्तै हुन थाल्यो । अनि वेद, पुराण, उपनिषद्, गीता पढ्न थालियो । अंग्रेजीको व्याकरण राम्रो नभएकाले अंग्रेजी किता त्यति पढिनँ । हिन्दीचाहिँ जति पाइयो, पढेँ ।’

रजनीशको शैलीले उनको दिमागमा गहिरो जरो गाडेको थियो । त्यसले उनलाई फाइदा नै गर्यो । ‘मैले उनको तर्क क्षमता, कुनै पनि सानो विषयलाइ पनि अनेकतिरबाट प्रमाणित शैली सिकेछु ।’

ओशो आधारित दार्शनिक अध्ययनको सघन समयमा धरावासीले पाँच वर्षजति साहित्य पढेनन् । उनलाई लाग्न थालेको थियो, ‘साहित्यको के काम ? गीत, कवितामा अभिव्यक्त गरेका दुःखका कुरा पढेर के गर्नु ?’
त्यतिबेला उनी रजनीशले जस्तै माला लगाउने, उनकै तस्विर भएको लकेट लगाउने । रजनीशका चेलाले झैं लुगा लगाउने भएका थिए ।
पाँच वर्षको उमेरमा उनले रजनीशका ४७ किताब पढे । साना किताब किनेर पढे, ठूला किताब सञ्जीवको बुबा शंकरप्रसाद उप्रेतीको पुस्तकालयबाट पढे ।
त्यति किताब पढिसकेपछि उनलाई लाग्यो– अब म रजनीश दर्शनको सीमानामा पुगेँ । उनी भन्छन् ‘त्यसपछिका किताबमा उनका तर्क दोहोरिन थाले, उदाहरण दोहोरिन थाले । त्यसैले लाग्यो, रजनीशको गहिराइ पनि यति नै रहेछ ।’
त्यसपछि उनी साहित्यमा फर्किए । तर रजनीशको शैलीले उनको दिमागमा गहिरो जरो गाडेको थियो । त्यसले उनलाई फाइदा नै गर्यो । ‘मैले उनको तर्क क्षमता, कुनै पनि सानो विषयलाइ पनि अनेकतिरबाट प्रमाणित शैली सिकेछु । त्यसैले आज पनि मलाई उनलाई अगाडि परेको मान्छेलाई आफ्नो कुरा मज्जाले राख्न सक्छु भन्ने विश्वास लाग्छ ।’

ओशोकै दर्शन–संगतले उनलाई जटिल कुरा पनि बुझ्न सक्ने बनायो । त्यसैले साहित्य पढ्न थालेपछि उनी इन्द्रबहादुर राईको लीलालेखनबाट प्रभावित भए । उनको भोगाइ छ, ‘अहिलेसम्म पनि लीलालेखनलाई जटिल भन्छन् । तर मैले त्यतिबेलै लीलालेखनलाई चट्टै बुझें ।’ लीलालेखनको बुझाइसँगै उनको अध्ययन साहित्य र दर्शन दुवैतिर फैलियो ।

धरावासी किताब पढ्दा ध्यानस्थ मुद्रामा मौन हुन्छन् । उनलाई कुनै कुराले बाधा गर्दैन । टिभी हेरिरहेको वा हो–हल्ला भइरहेको ठाउँमा पनि उनी मज्जाले पढ्न सक्छन् । लेख्दा पनि उनको त्यही स्वरुप देखिन्छ । उनी सम्झन्छन्, ‘मैले राधा उपन्यास बैठक कोठामा बसेर लेखिसकेको हुँ । त्यतिबेला परिवारका सदस्यहरू पाकिस्तानी सिरियल हेरिरहेका हुन्थे ।’

धरावासीको पठनलाई जगाइराख्ने कुरा थियो लेखन । उनको लेखन–यात्रा थाहै नपाइ सुरु भएको थियो । उनी सम्झन्छन्, ‘पाँच कक्षा पढ्दा हस्त परियारले भन्नुभयो– भोलि शुक्रबार सबैले कविता लेखेर ल्याओ । के लेख्ने भन्ने ध्याउन्नमा मैले घरमा गएर रमाइलो नानी भन्ने किताबको कथा सारेर ल्याएँ । सबैले निकै राम्रो भनेर प्रशंसा गरे ।’
त्यसपछि एक वर्षजति शुक्रबारका कार्यक्रममा उनले कथा सारेर कविता बनाइरहे, प्रशंसा पाइरहे । अरूको अध्ययनको दायरा कम भएकाले होला, थाहा पाउँदैनथे । तर छ कक्षा पढ्न थालेपछि उनको पोल खुल्यो । उनी बताउँछन्, ‘कार्यक्रममा कविता सुनाएर फर्किंदै थिएँ, आठ कक्षामा पढ्ने चित्रसेन भण्डारी भन्ने दाइले कानमा समाए । मैले त उनीहरूले पढ्ने कोर्सको दन्त्यकथा राजकुमार दिक्पालबाट पो सारेको रहेछु । त्यसबेला उनले भने– आफैं लेख् । त्यसपछि मलाई आफैंले लेख्नुपर्छ भन्ने लाग्यो ।’

लेखनको प्रारम्भिक चरण अर्थात तीसको दशकसम्म उनी कवितामै अभ्यासरत रहे । चालीसको दशकमा उनको ध्यान निबन्धले खिच्न थाल्यो । ०४४ सालमा उनले लेखेको ‘माटोको माया’ भन्ने निबन्ध गरिमामा छापियो पनि । निबन्धपछि उनी समालोचनातिर लागे । त्यसको पहिलो पाइलामै उनले उनले बिपी कोइरालाका उपन्यासहरूको समालोचना–किताबको तयारी गरे । त्यसबाट लेखनकै लागि पठन गर्नुपर्ने अनिवार्यता पैदा भयो । त्यस क्रममा उनले बिपीका रचना त पढे नै, बिपीले रचनामा प्रयोग गरेका सिद्धान्तको पनि गम्भीर अध्ययन गरे ।
त्यसपछि उनले आफ्नो पहिलो उपन्यास ‘शरणार्थी’ लेखे । उपन्यास लेखनका क्रममा उनले दर्जन बढी किताब पढे । त्यसलाई उनले उपन्यासको सन्दर्भसूचीमा उल्लेख गरिदिए । उनी भन्छन्, ‘सम्भवतः सन्दर्भसूची दिएर लेखिएको यो उपन्यास हो । यसलाई लीलालेखनको प्रयोग पनि मानियो ।’
त्यसपछिका उपन्यासमा पनि उनले सन्दर्भसूची राख्ने गरेका छन् । उनी भन्छन्, ‘आफूले प्रमाणित गर्न नसकेको कुरा अर्को लेखकको लेखन–सन्दर्भ लिएर पनि प्रमाणित गरिरहेको हुन्छु । सन्दर्भसूचीले लेखनलाई तथ्यनजिक लैजान्छ । अरू लेखकको पनि सम्मान हुन्छ ।’

पढ्दा उनी आफूलाई मन परेको पंक्ति डटपेनले ‘अन्डरलाइन’ गर्छन् । कहिलेकाहीँ कोर्दाकोर्दै पूरै पाना कोरिन्छ । त्यस्तो किताब लेख्ने लेखकप्रतिचाहिँ उनलाई खुब श्रद्धा पैदा हुन्छ ।

धरावासी किताब पढ्दा ध्यानस्थ मुद्रामा मौन हुन्छन् । उनलाई कुनै कुराले बाधा गर्दैन । टिभी हेरिरहेको वा हो–हल्ला भइरहेको ठाउँमा पनि उनी मज्जाले पढ्न सक्छन् । लेख्दा पनि उनको त्यही स्वरुप देखिन्छ । उनी सम्झन्छन्, ‘मैले राधा उपन्यास बैठक कोठामा बसेर लेखिसकेको हुँ । त्यतिबेला परिवारका सदस्यहरू पाकिस्तानी सिरियल हेरिरहेका हुन्थे ।’
पढ्दा उनी आफूलाई मन परेको पंक्ति डटपेनले ‘अन्डरलाइन’ गर्छन् । कहिलेकाहीँ कोर्दाकोर्दै पूरै पाना कोरिन्छ । त्यस्तो किताब लेख्ने लेखकप्रतिचाहिँ उनलाई खुब श्रद्धा पैदा हुन्छ । किताबमा कोर्ने बानीको कारणचाहिँ उनको लेखनचेत हो । लेखनको क्रममा सन्दर्भ भेट्न सजिलो हुन्छ भनेर उनी त्यसो गर्छन् ।
उनी यात्रामा भने पढ्न सक्दैनन् । बस यात्राको त कुरै नगरौं, प्लेनमा समेत उनी पढ्न सक्दैनन् । त्यसैले यात्रामाचाहिँ उनको साथी सिनेमा हुने गर्छ ।
पछिल्लो समय उनीको किताब पनि निकै छानेर पढ्छन् । आफूले लेख्ने विषयसँग सम्बन्धित किताब उनको छनोटमा बढी पर्छ । पछिल्लो समय किताबको संख्यावृद्धि र उपलब्धताको सहजतालाई इंगित गर्दै उनी भन्छन्, ‘त्यसो नगरे त किताबको समुद्रभित्र कहाँबाट पसेर कहाँ निस्कनु ?’