वानीरा अर्काको काँधमा चढेर लेखक भएको होइन

वानीरा अर्काको काँधमा चढेर लेखक भएको होइन

जेष्ठ १५, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • कुन्ता शर्मा

वानीराजीसँग घनिष्टता रहने गरी त्यस्तो धेरै नजिकको संगत भएन । उहाँसँग यदाकदा भेटिन्थ्यो । उहाँसँग भेटेर कस्तो लाग्थ्यो भने उहाँ अर्काको काँधमा चढेर लेखक बनेको होइन, आफ्नै लेखकीय क्षमताले बनेको हो । दर्शन भनेको मान्छेको आफ्नो–आफ्नो हुन्छ । म माक्र्सवादमा विश्वास राख्ने, उहाँको आफ्नै ‘आइडोलोजी’ थियो । तर उहाँको लेखन पढ्दा उहाँमा त्यो साहित्यिक गाम्भीर्य गज्जबको थियो । दुई वर्षअघि म उहाँको घर नयाँ बानेश्वर पुगेँ । उहाँ भावहीन गुडियाजस्तो लडिरहनु भएको थियो । त्यस्तो गर्जन भएको गतिवान लेखक आफैंलाई बिर्सने हालतमा पुग्नु, त्यो भयानक दुःखद स्थिति थियो । उहाँलाई हेरेर फर्किएको कयौं दिनसम्म मलाई नरमाइलो लागिरह्यो ।


उहाँको व्यक्तित्व जति ओजपूर्ण थियो, लेखन पनि त्यतिकै बलियो पाइन्छ । वानीराजी सहित यसकालका लेखक पारिजात, भुवन ढुंगाना, कुन्दन शर्माहरूको लेखन शक्तिशाली हुन्थ्यो । कतिपय लेखकहरू पुराना विषयवस्तुलाई घिसेपिटे चालले यताबाट उता पल्टाएको भरमा ‘लेखक’ भएको पाइन्छ । तर वानीराजीको लेखनमा नयाँपन महसुस हुन्छ ।


उहाँको परिवार साह्रै राम्रो रहेछ । त्यस्तो विरामी हालमा उहाँको श्रीमान्ले असाध्यै प्रेमले स्याहारसुसार गर्नु भएको रहेछ । यसरी हेर्दा लाग्छ, घरपरिवार उहाँको लेखनमा सघाउ पु-याउने खालकै रहेछ । उमेरको हिसाबले पनि उहाँ मेरो समवयको हुनुहँुदो रहेछ । आफ्नो समकालीन लेखक जाँदा निकै नरमाइलो लागेको छ –