Category: सिमान्त आवाज

पुस १६, २०७५ 0

नर्स बन्ने सपना थियो, बनिन् यौनकर्मी

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

शुरुमा उनलाई लोग्ने मान्छेसँग सुत्नुभन्दा बढी तिनको शरीरमा मसाज गर्दा दिक्दारी लाग्यो । तर, उनले मसाजमात्र हैन, मसाजपछि ती ग्राहकलाई शरीर पनि सुम्पनु पर्छ । मसाज गर्दागर्दै उनको लाम्चो आँखाको तारिफ गर्ने ग्राहकको हात उनको नितम्बतिर सल्बलाउन पुग्छन् । उनको ओंठमा चुम्बन गर्न थाल्छन् । कहिले काँही त दिन र रातमा गरी चार, पाँच जनासँग सुत्नु कति हैरानलाग्दो हुन्छ ।

पुस ५, २०७५ 0

अझै बाँकी छ सुन्दर जीवनको आशा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

उनको रुपको प्रसंशा गर्ने ग्राहक विस्तारै उनलाई छुन थाले, आफू नजिक तान्न थाले । उनलाई तिनले छोएको मन पर्दैनथ्यो मनमा टिप्स पाइने मोह बढ्यो । दुई चार सय भएपनि जम्मा गर्न पाए आमालाई पठाउन हुन्थ्यो भन्ने लाग्न थाल्यो । भन्छिन्, ‘रहर कसलाई हुँदो हो आफ्नो जिउ अरुले छोओस् । तर, उनीहरुले मेरो जिउ छोए वापत, मेरो ओठमा टोकेवापत पैसा दिन्थे । त्यो पैसाले मेरा भाइबहिनीले स्कूल जान पाउँथे । अब त जिन्दगी नै उनीहरुको लागि भइसक्यो ।’

कार्तिक १४, २०७५ 0

मेरो बाटोमा नहिंडून मेरा नातिनी !

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

क्याबिन गर्लको जीवन-कथा-२ (पहिलो कथा पढ्न क्लिक गर्नुहोस्) त्यो समय थियो, वर्णव्यवस्थाको तथाकथित संरचनाको सबैभन्दा पिंधमा राखिएको अछुत भनिने दर्जी…

अशोज १८, २०७५ 0

क्याबिन गर्लको जीवन-कथा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

चुरोटको धुँवाले रंगमिगएको क्याबिनबाट मन उठेको बखत उनका आँखा स्वयम्भुतिर टाँगिन्छन् । धुलोको कुहिरोले मधुरो लाग्छ क्षितिजको क्यानभासमा स्वयम्भू पनि…

कार्तिक २९, २०७४ 0

मधेसी किशोरीको फुटबलर बन्ने सपना

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

शुरुमा त उनलाई फुटबल खेल्न पाउने कुरा सपना जस्तै लाग्यो । तर उनले त्यो मौका पाइन् । तर आमाबुबाले खेल्न दिनेमा उनलाई विश्वास थिएन । तर आमा बुबामा पनि छोरीले केही गरोस् भन्ने भावना रहेछ, उनले अभिभावकको साथ पाइन् ।

कार्तिक २३, २०७४ 0

‘बुढियासँग घुम्नेलाई देहाततिर राम्रो मान्दैन’

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

चर्चित कवि धूमिलको कविता ‘मोचिराम’मा उल्लेख भएझैं महँगा जुत्ता लिएर आउने ग्राहक पनि उनका लागि जुत्ता समान हुन् । ग्राहकको जुत्ता मर्मत गरिदिएवापत पाइने पैसासँग मात्र उनको मतलब छ ।

कार्तिक २०, २०७४ 0

नाम्लोले किचिएको रहर

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

‘पढ्नुपर्छ है । अनि मात्रै जान्नेबुझ्ने भइन्छ’ भनिरहने घनश्याम सरलाई सम्झिए । तर, समय घर्किसकेको थियो । फर्केर जान पनि लाज लाग्यो । उनको जीवन भने लाज नमानी हिँडिरह्यो ।

साउन २१, २०७४ 0

मकै सुन्दरीको संघर्ष-कथा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छिन्, ‘काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला । मन पराउने र जिस्क्याउने थुप्रै थिए । एकदिन साथीको लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ । जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो ।’