Category: सङ्गीत

जेष्ठ ८, २०७८ 0

नारायणगोपालले ‘पुनर्जन्म’ गराएका गीतकार

By कला अनुरागी
शेयर गर्नुहोस्

त्यो सम्झना कालीप्रसादको मनमा ताजै छ । नभन्दै, पाँच दिनमा नारायण गोपाल सूचना विभाग पुगे । पस्नेबित्तिकै सोधे, ‘भयो मैले भनेको कुरा ?’ ‘आफूलाई भने त्यो कुरा बिर्सिदिए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो । मैले चिया त खाऔं भनें । तर उहाँले चिया होइन, तपाईंले लेख्नुभयो कि भएन भनेर खिरिल्याउन थााल्नुभयो । त्यसपछि मैले दिएँ । उहाँले चार-पाँच पटक पालैपालो पढ्नुभयो । अनि ल म हिडें भनेर निस्कनुभयो । मलाई लाग्यो– लौ बर्बाद भयो । राम्रो भए पो प्रतिक्रिया दिनुहुन्थ्यो, नराम्रो भन्न नसकेर हिड्नुभयो भन्ने लाग्यो ।’ कालीप्रसादले त्यसबेलाको मानसिक तनाव सम्झे ।

बैशाख २९, २०७८ 0

यसरी खोजियो रमाइला गीत – कुमार बस्नेत

By कला अनुरागी
शेयर गर्नुहोस्

जीवनमा अनेक संघर्ष गरियो, दुःख भोगियो । तर आफ्नै मनले भनेको सुनियो र गाइने बनियो । त्यसैले दुनियाँले चिनेको छ । यसैमा खुशी छ । नत्र त कुमार बस्नेत त कति छन् कति नै । एकपटक मलाई इलाम, फिक्कलमा सम्मान गर्ने कार्यक्रम राखिएको थियो । त्यसैदिन कान्तिपुरमा समाचार आएछ, ‘बौद्ध बस्ने कुमार बस्नेतलाई आफ्नै घरमा पाँच सय र हजारका नक्कली नोट बनाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो कार्यक्रममा जाँदा त सबै मेरो मुखमा हेरेर खासखुस गर्छन् । त्यसपछि मैले कार्यक्रममै भन्नुपर्यो, ‘त्यो कुमार बस्नेत को हो थाहा छैन । तर मचाहिँ गाइने कुमार बस्नेत हुँ हजूर । मलाई त्यस्तो काम गर्नुपरेको छैन ।’यता काठमाडौं आउँछु, सोध्छन्, ‘तपाईं कहिले छुट्नुभएको ?’म स्पष्टिकरण दिँदा–दिँदा हैरान भएँ । त्यस्तै अर्कोपटक कान्तिपुरमा कुमार बस्नेतको बुबाको श्रद्धाञ्जली छापिएछ एक पेज नै । मान्छेहरू मलाई पो फोन गरेर भन्छन्, ‘तपाईंको बुबा बित्नुभएछ । दुःख लाग्यो ।’