कार्तिक २६, २०७४ 0

पहिले अयोग्य लडाकु, अहिले विश्व च्याम्पियन

By शकुन्तला जोशी

मीरा आफू माओवादी आन्दोलनमा जोडिनुलाई जीवनको अवसरका रूपमा लिन्छिन् । युद्धका क्रममा नै आफूले व्यक्तित्व विकास गर्ने अवसर पाएको बताउँदै भन्छिन्, ‘म गरिब परिवारकी केटी, पार्टीमा नजोडिएको भए देशका विभिन्न ठाउँमा पुग्न कहाँ पाउनु ? त्यहाँका दुःख देखेर नै मैले अवसरको खोजी गर्ने सपना बुनें ।’

कार्तिक २४, २०७४ 0

जब नम्रता नाच्छिन्…

By कला अनुरागी

कत्थक नृत्यमा पहिले त धार्मिक कथाहरू प्रस्तुत गरिन्थ्यो । अहिले भने सामाजिक कथालाई पनि प्रस्तुत गरिन्छ । त्यसैले यसको आयाम विस्तार भइरहेको छ । तबला, मृदंगतगायतको बाद्य र घुंघरुको तालमा विभिन्न कथा नृत्यमार्फत अभिव्यक्त गर्दा नम्रतालाई खुब आनन्द आउँछ ।

कार्तिक २३, २०७४ 0

‘बुढियासँग घुम्नेलाई देहाततिर राम्रो मान्दैन’

By शकुन्तला जोशी

चर्चित कवि धूमिलको कविता ‘मोचिराम’मा उल्लेख भएझैं महँगा जुत्ता लिएर आउने ग्राहक पनि उनका लागि जुत्ता समान हुन् । ग्राहकको जुत्ता मर्मत गरिदिएवापत पाइने पैसासँग मात्र उनको मतलब छ ।

कार्तिक २०, २०७४ 0

पोर्न नाटकको आरोप !

By कला अनुरागी

कतिले त ‘पोर्न’ नाटक नै गर्न लागे भन्नेजस्तो प्रतिक्रिया पनि आएको थियो । त्यसैले हामीलाई अलि डर लागिरहेको थियो । निर्देशकहरू पनि त्यसरी नै डराएका थिए । किनकि पहिलोपटक यसरी ‘रिस्क’ लिएर नेपालमा काम गर्दै हुनुहुन्थ्यो उहाँहरू पनि । त्यसैले त्यो नाटक नै नगर्ने कि भनेर भावुक पनि भएका थियौं ।

कार्तिक २०, २०७४ 0

नाम्लोले किचिएको रहर

By शकुन्तला जोशी

‘पढ्नुपर्छ है । अनि मात्रै जान्नेबुझ्ने भइन्छ’ भनिरहने घनश्याम सरलाई सम्झिए । तर, समय घर्किसकेको थियो । फर्केर जान पनि लाज लाग्यो । उनको जीवन भने लाज नमानी हिँडिरह्यो ।

साउन २१, २०७४ 0

मकै सुन्दरीको संघर्ष-कथा

By शकुन्तला जोशी

मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छिन्, ‘काली भए नि बैंसले यही आगोजस्तो राता थिए गाला । मन पराउने र जिस्क्याउने थुप्रै थिए । एकदिन साथीको लहलहैमा मकवानपुर पालुङको ट्रक ड्राइभरसँग भागेँ । जीवनको अर्को दुर्भाग्य त्यही दिनदेखि शुरु भयो ।’