साउन ३२, २०७८ 1

यसरी फुटे प्रचण्ड, बाबुराम र किरण

By वामदेव क्षेत्री घिमिरे

फागुन शुरु हुँदै थियो, जनयुद्घ दिवस आयो । युद्धका लडाकुका लागि खासगरी त्यो उत्सव थियो । हामीले भेला, अन्तरक्रिया, अनुभव साटासाट गर्दै मनायौं । जिल्लाबाट विस्थापित भएकाहरु मध्ये केहीलाई घर फर्काउने काम पनि भयो । त्यसै बीचमा क्षेत्रीय व्यूरोको बैठक बोलाइयो, म रोल्पातिर लागें । रोल्पा पुगेपछि देवेन्द्र पौडेल ‘सुनिल’ बलावती शर्मा, सिन्धुलीकी सीमा, मनु हुमागाईं दिदीसँग भेट भयो । उहाँहरुबाट बैङ्लोर बैठकमा उठेका अन्तरसंङ्घर्षको विषयबारे केही कुरा जानकारी पाएँ । त्यतिबेला भारतबाट बरबर रावको नेतृत्वमा सांस्कृतिक टीम पनि रोल्पा आएको रहेछ मलाई वहाहरूसित भेटदा पुराना दिनको याद आयो, निकै खुसी लाग्यो । क्षेत्रीय व्यूरो बैठकमा पार्टी हेडक्वाटर विशेष क्षेत्रमा आउने थाहा भयो । हेडक्वाटरको सुरक्षाको जिम्मा जनमुक्ति सेनाले र अन्य व्यवस्थापनको जिम्मा चाहिँ क्षेत्रीय ब्यूरो कमिटीले लिने निर्णय भयो ।

साउन २५, २०७८ 0

रविन्द्र श्रेष्ठको राजावादी छनक

By वामदेव क्षेत्री घिमिरे

हो, युद्व भनेको नापतौलको हुँदैन तर औसत पनि हुँदैन, त्यहीनेर नेतृत्वको भूमिका अहम् हुन्छ भन्ने कुरा मैले बुझेको थिएँ । आइन्स्टाइनले भनेका छन्– ‘माइण्ड इज म्याटर’ । भौतिकवादीले मात्र होइनन् आध्यात्मवादको पनि यो मत छ । यो सारा ब्रामण्ड हाम्रो इच्छा, चाहना र सोंचहरुको प्रकटीकरण हो ।

साउन २४, २०७८ 0

न्यायको भोकले नगरपालिकासम्म

By शकुन्तला जोशी

उनी नगरप्रमुख हुन्, यसभन्दा पहिले परिवारको जिम्मेवारी, पार्टीको जिम्मेवारी, समाजसेवाका अन्य क्षेत्रसँग पनि उनी अभिन्न रुपमा जोडिएकी छिन् । यी सारा जिम्मेवारी उनी चुस्त हिसाबले निर्वाह गर्ने दावी गर्छिन् । ‘कसरी गर्नुहुन्छ त समय विभाजन ?’ उनी हाँस्दै जवाफ दिन्छिन् – ‘समयको उचित बाँडफाँड । मैले कहिले पनि परिवारलाई दिने समय पार्टीलाई दिइनँ, पार्टीलाई दिने समय परिवारलाई बाँडिन । अहिले म नगरप्रमुख हुँ, जनताको समय काटेर व्यक्तिगत जीवनमा लगाउँदिन ।

साउन १८, २०७८ 0

दुश्मनका आँखा छल्दै गुल्मीमा भूमिगत

By वामदेव क्षेत्री घिमिरे

मैले किसानहरूका घरमा सेल्टर बस्दा आफ्नो परिचय लुकाइनँ ‘म बामदेब क्षेत्री हुँ, यहीको जिल्लाबासी हुँ, पार्टीले तपाईंहरूको बीचमा छलफल गर्न पठाएको छ’ भन्थेँ । भूमिगतकालमा क्रान्तिकारीको नयाँ परिचय हुन्थ्यो । तसर्थ सामान्य तरिकाले बुझ्दा त्यो अराजकता जस्तो देखियो होला, तर मलाई आफ्नै ठाउँमा छु भन्ने विश्वासले जितेको थियो । कमरेडहरूको भने चिन्ता थियो, तलसम्म जान हुँदैन, आफ्नो परिचय खुलाउन हुँदैन, सुराकी गर्छन्, घेरा हालेर हत्या गर्न सक्छन् । तर मलाई लागिरहन्थ्यो कि जनताले बचाउने छन्, मरे पनि आफ्नै ठाउँमा सहिद हुने त हो ।

साउन ११, २०७८ 0

पार्टी अन्तरसंघर्षको असर

By वामदेव क्षेत्री घिमिरे

एउटै पार्टीभित्र, एउटै जिम्मेवारीको क्षेत्रभित्र, एउटै कमिटीभित्र पनि भेदभाव, तेरो–मेरो, फलानो पक्षधर, आफ्नो–पराइजस्ता सम्बन्धका आधारमा चलखेल गर्दा रहेछन् भन्ने अनुभूति हुन थाल्यो । क्रान्तिमा होमिएको पार्टीभित्र बढ्दै गएको यो गलत प्रवृत्ति कति पनि चित्त बुझ्दो थिएन । यसले इमानदार, सक्रिय, जुझारु र सक्षम कमरेडहरूले राम्रो ठाउँ नपाउने तर चाकडी, चाप्लुुसी, गलत रिर्पोट गर्नेलाई आफ्नो ठानेर विश्वास गर्ने परम्पराको विकास हुन थालेको देखियो । कम्युनिष्ट पार्टीभित्र जे हुन्छ, त्यो न्यायिक पारदर्शी र उचित हुन्छ भनेर आदर्श सोच राख्ने इमान्दार कार्यकर्ताले पनि अन्तसङ्घर्षलाई नबुझ्दा उत्पीडनमा पर्दा रहेछन् ।

साउन ८, २०७८ 0

एक सादगी पिताको सम्झना

By शकुन्तला जोशी

पिताको महानताको विषयमा त उनले पछि विभिन्न किताब र पत्रपत्रिकामा पढेर थाहा पाएका हुन् । अहिले पनि उनी ठूलोबुबा गंगालाल र बुबाको योगदान, महानताबारे अध्ययन गरिरहेका हुन्छन् । भन्छन्, ‘उहाँहरूलाई जति चिन्दै जान्छु, उहाँहरूप्रति मेरो प्रेम अगाध आस्थामा बदलिँदै जान्छ ।’

साउन ७, २०७८ 0

बुइँगलमा पुष्पलाल, स्वीटरमा पुष्पलाल

By कला अनुरागी

आमाले चोरी औंलो माथि उठाउँदै संकेत गर्नुभो, ‘कमरेडहरू, आउनुभएको छ ।’
मैले कुरा बुझिहालेँ ।
जनयुद्ध चलिरहेको थियो । घरमा मध्यरात छापामार आउनु, केही दिन बुइँगलमा बस्नु, कहिलेकसो गाउँका मान्छे बटुलेर रातभरि मधुरो टुकी बालेर सानो स्वरमा छलफल गर्नु मेरो लागि नौलो थिएन । बरू रोमाञ्चक थियो ।

साउन ४, २०७८ 0

परिवार छोडेर रोल्पातिर

By वामदेव क्षेत्री घिमिरे

रोल्पाको झिनाम पोस्टमा पुगियो । झिनाम रोल्पाको चर्चित ठाउँ रहेछ । त्यहाँ पोस्टका साथीहरूबाट थाहा भयो, प्रहरी–प्रशासन आएर त्यो गाउँमा पटकपटक आतंक मच्चाउँदो रहेछ । पोस्टमा रहेका भाँडाकुँडा थाल, गिलास पनि लगेछ । पूर्वतिरको गाउँमा पसेर दुईवटा घर बलमे उडाइदिएर र सातवटा घरमा आगो लगाइदिएछ ।

साउन ३, २०७८ 0

एक प्रतिरोधी सर्वहाराको आवाज

By शकुन्तला जोशी

‘सँगै घाँसदाउरा गरेको ती साथीहरू कति भेट्नु मन लाग्छ, कति माया लाग्छ । तिनेरले कति माया गथ्र्यो । सानिमाको रगडगमा आफू केही लाउनु पाउँदैनथ्यो । साथीहरू अपहत्ते गरेर खुवाउँथे । म भाग्थेँ ऊ परपरसम्म । तर, उनीहरू लखेट्दै आएर पनि खुवाउँथे, आफूले केही लान नपाएकोले मलाई लाज लाग्थ्यो ।’

साउन १, २०७८ 1

चम्किँदैछ रातो तारा ?

By शकुन्तला जोशी

चम्किलो रातो तारा पढेर क्रान्तिमा लागेका मान्छेहरू त वास्तवमा आमूल परिवर्तनकै लागि हिँडेका थिए । जो हिँडेका थिए, ठूलो सपना देखेरै लागेका हुन् । अहिले पनि सीमित नेताहरूले त्यो सपना सम्झिरहेकै होलान् । बाँकीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरे । तर फेरि पनि मुलुक–समाजलाई नै परिवर्तन गर्न भनेर देखेको सपना त अधुरै छ ।