Category: छवि

असार १२, २०७८ 0

हली दाइ अर्थात मदन भण्डारी

By जिन्दगानी
शेयर गर्नुहोस्

मदन भण्डारीका विचारका साथै जीवनका विभिन्न पाटापक्षबारे धेरै तथ्य सार्वजनिक भइसकेका छन् । तर उहाँको साहित्यिक पाटो चाहिँ अझै ओझेलमै छ । खासमा उहाँ राम्रो साहित्यकार पनि हुनुहुन्थ्यो । राजनीतिमा सक्रिय हुनुभन्दा पहिले नै उहाँ राम्रो कविका रूपमा प्रसिद्ध भइसक्नुभएको थियो ।

जेष्ठ २९, २०७८ 0

अब बाँकी रहेको छ विचारको यात्रा

By कृष्ण धराबासी
शेयर गर्नुहोस्

इन्द्रबहादुर राईको निधनको बौद्धिक शोक बोकिरहेको मनले आज धेरै कुरा लेख्न असजिलो भइरहेको छ । विगत तीस बर्षदेखि उहाँले प्रतिपादन गरेको लेखनविधिलाई अँगाल्दै यहाँसम्म आइपुगेको छु । यस यात्रामा सँगसँगै हिँडिरहनु भएका सबै साथीहरूसँग अनुरोध पनि गर्दछु– अब हामीमाथि झन् धेरै जिम्मेदारी थपिएको छ । नेपाली भाषाको साहित्यमा विगत चालिस बर्षदेखि निरन्तर सिर्जना, समालोचना र चिन्तनमा घुलन हुँदै आएको लीलालेखन एउटा द्यौरालीमा पुगिसकेको छ ।

जेष्ठ १९, २०७८ 0

जयन्त महापात्रका कविताहरूसँग

By कवि
शेयर गर्नुहोस्

म अझै पनि जयन्त महापात्रलाई व्यक्तिगत स्तरमा चिन्दिनँ । आफ्ना प्रिय कवि/लेखकहरूलाई व्यक्तिगत रूपमा नभेटेको नै राम्रो हुन्छ भन्ने ज्ञान मैले आदर गरेका केही कवि/साहित्यकारलाई कतिपय सन्दर्भमा भेटिसकेपछि मभित्र बनेको ‘नयाँ इम्प्रेसन’ले दिएको छ । कति पटक भारतका विभिन्न ठाउँहरूमा भ्रमण गरिसकेको मैले त्यहीँ कट्टक उडिसामा रहेका मेरा श्रद्धेय र मलाई कविताको बाटोमा उज्यालो देखाउने कविमध्येका एक जयन्त महापात्रलाई आजसम्म नभेटेकोमा कुनै दुःख छैन । म उनलाई मैले चाहेको बेलामा उनका कविताहरूमा भेट्छु र उनको कविताको जादूगरिताले गहिरोसँग आनन्दित हुन्छु ।