आत्मकथामा पनि फ्यान्टासी !

आत्मकथामा पनि फ्यान्टासी !

असार २३, २०७८ 1 By कला अनुरागी
शेयर गर्नुहोस्

प्रकाश सायमी साहित्यका कविता, निबन्धलगायत बहुविधामा सुपरिचित सायमी चलचित्र निर्देशनमा स्थापित नाम हो । संगीत अन्वेषक सायमी राम्रा अध्येताका रुपमा पनि चिनिन्छन् । पठन संस्कृतिबारे उनका दश मत-
१. नेपालमा पाठकले सही पुस्तक सही अर्थमा पढ्न पाएका छैनन् । राम्रा किताब प्रकाशक सही नहुँदा राम्ररी बजारमा जान सकेको छैन ।

लेखक भन्दा पनि प्रकाशक बढी हाबी भएको कारण प्रकाशक बलियो भयो भने जस्तो लेख्दा पनि राम्रो हुन्छ भन्ने सोच प्रबल भएर आइरहेको छ ।

बाहिरतिर लेखकले प्रकाशन छान्न पाउँछ । म यसलाई बेच्छु, यसलाई बेच्दिनँ भन्न पाइन्छ । तर यहाँ चलेकै लेखक भएता पनि यसलाई दिन्न भन्न सक्दैन ।

पुरस्कार पाएका किताबहरु अब्बल हुन् भन्ने सोचेर पढ्छन् । बिक्रि धेरै हुने किताब किनेर पढ्छन् । पछि किताब सोचेजस्तो नपाएपछि साहित्यबाटै विकर्षित हुने गर्छन् ।

लेखकले किताब लेखेर मात्र हुँदैन, मार्केटिङ गर्न पनि जान्नै पर्ने स्थिति छ । नेपालमा पाठकको पुस्तक छान्ने शैली पनि पुरातन खालको छ ।

समीक्षा हेरेर, जुन  किताबको थुप्रो छ, जुन किताबका पोस्टर ठुलो छ या जुन किताबमा पुस्कारका ट्यागहरु थुप्रो छ त्यो हेरे किताब किनेर पढ्ने चलन छ ।

पुरस्कार पाएका किताबहरु अब्बल हुन् भन्ने सोचेर पढ्छन् । बिक्रि धेरै हुने किताब किनेर पढ्छन् । पछि किताब सोचेजस्तो नपाएपछि साहित्यबाटै विकर्षित हुने गर्छन् ।


२. युधिर थापाकालीन समयका पाठक बढेका थिए । तर ती पाठक तिनीहरुसम्मै सिमित रहे, देवकोटा, सम र लेखनाथसम्म पुग्न सकेनन् । अहिले पनि अलि मोटा किताब पढ्नलाई नेपाली पाठकलाई सल्लाह दियो भने कसैले पढेको हुँदैन ।

बजारमा हालसालै आएका किताब पनि मागेर पढ्छन्, किनेर पढ्ने चलन कम छ । त्यति हुँदाहुँदै पनि अहिले किताबको बिक्रि बढेको छ । त्यसको पहिलो कारण प्रकाशकको बजार रणनीति हो ।

दोस्रो, केहि लेखकहरुले पनि कसरी किताब बेच्ने र के के आधारमा किताब बेच्ने भन्ने योजना बनाएर लेख्न थालेका छन् ।


३. लेखक वा किताब लोकप्रिय हुनका लागि लेखकको पनि भूमिका महत्वपूर्ण हुन्छ । जस्तो, शरदचन्द्रले ‘देवदास’ लेखेपछि खुब हिट भए । सबैले उनको किताब पढ्थे । उनी भने रविन्द्रनाथ टैगोर पढ्थे । त्यतिबेला रविन्द्रनाथ टैगोरका किताब त्यति बिक्दैनथे । शरदचन्द्रले रविन्द्रनाथका किताबका पंक्ति नै उल्लेख गरेर चर्चा गरिदिन्थे ।

अहिले त हरेक लेखक, चाहे त्यो कवि, गितकार होस्, मुक्तक या हाइकू लेखक होस्, उपन्यास लेखेर आत्महत्या गर्नुपर्ने भएको छ । 

त्यसरी लेखकले नै एकअर्कालाई पढ्ने र पहिलो श्रेणीको पाठक निर्माण गर्नु आवश्यक छ । तर हाम्रोमो सिनेमामा ताली पनि तेस्रो दर्जाकोले बजाउँछ र फिल्म पनि तिनीहरुकै कारण हिट हुन्छ ।

हामी पाठकमा पनि त्यस्तै खालका मानिस खोजिरहेका छौं । यो संस्कृति गलत हो । हामीले पहिलो श्रेणीको पाठक खोज्नु आवश्यक छ । 


४. नेपालमा विविध बिषयका किताब लेखिएका छैनन् । नदीगाथाको विषयमा केहि लेखिएको छैन । खेलाडीको, सिलाइबुनाइको वा रोगका बारेमा केही लेखिएकै छैन ।

साहित्य भनेको सबैसितको सहकार्य हुनुपर्ने हो । त्यसो भयो भने सबै क्षेत्रका पाठक आकर्षित हुन्थे । तर अहिले बिक्रि भनेको नै उपन्यासको भयो । अहिले त हरेक लेखक, चाहे त्यो कवि, गितकार होस्, मुक्तक या हाइकू लेखक होस्, उपन्यास लेखेर आत्महत्या गर्नुपर्ने भएको छ । 

प्रत्यक्ष उदाहरणको लागि राजेन्द्र थापा नै भनौं, जसको गीतमा, मुक्तकमा, कवितामा ठूलो पहिचान थियो । उहाँलाई खेलौना जस्तो उपन्यास लेख्नुपर्ने भयो । यस्तो कुरामा पनि प्रकाशकले ध्यान पु-याउनु पर्ने हो । प्रकाशकले लेखकलाई लेख्न लगाउँदा त्यो कुरा सोच्नु पर्छ ।


५. नेपालमा लेखकलाई पुजनीय नमानी बिकाउ मान्छेको रुपमा हेर्न थालिएको छ । जसलाई ‘सेलिब्रिटी’ भनिन्छ । सेलिब्रिटीको आफ्नो निश्चित आयु हुन्छ । नयाँ समयमा म आफू टिक्न सक्छु सक्दिनँ भन्ने लेखकमा डर भयो । त्यसैले हर्क गुरुङ, भैरव अर्याल, शंकर लामिछानेले जसरी नयाँ बिषयमा लेख्न आँट गरेको देखिन्न ।

आत्मकथामा पाइने ‘फ्यान्टासी’मा मानिसको चासो देखिएको छ । अब त राम्रो गायकले आफ्नो गायन यात्राको उपन्यास लेख्ला भन्ने डर हुन थाल्यो ।

अहिले नेपालमा आइरहेको उपन्यास लेखन निश्चित अवधिको ‘सेलिब्रेशन’ मात्र हो । सन् २००० देखि २००५ सम्म भारतमा पनि त्यस्तै थियो । हात मिलाउने बित्तिकै के गरिँदै छ भन्दा उपन्यास लेखिँदै छ भन्ने स्थिति थियो ।

उपन्यास नलेख्ने मान्छे त साहित्यिक नै नहुने भइसकेको थियो । कविको पुस्तक निस्कँदा पनि प्रकाशोन्मुख भनेर उपन्यासको नाम राखिन्थ्यो । अहिले त्यो फेसन हाम्रोमा आइपुगेको छ ।

त्यो फेशन आत्मकथाको रुपमा देखिएको छ । उपन्यास एउटा ‘फ्यान्टासी’ हो र अहिले आत्मकथामा पनि मान्छेले ‘फयान्टासी’ नै मन पराउन थाले । चाहे बेस्यागमन गरेको पुरुष होस् वा बेस्यालय पुग्न बाध्य पारिएकी महिला, चाहे साइकलयात्री होस् या पर्वतारोही ।

तिनको आत्मकथामा पाइने ‘फ्यान्टासी’मा मानिसको चासो देखिएको छ । अब त राम्रो गायकले आफ्नो गायन यात्राको उपन्यास लेख्ला भन्ने डर हुन थाल्यो । प्रकाशकले नै तपाईले यस्तो लेख्यो भने चल्छ भनेर भन्न थालेका छन् । गुणवत्ताको कुरा विस्तारै छायाँमा परेको देखिन्छ । 


६. पठन संस्कृति बढाउन पहिलो कुरा लेखक नै राम्रो पाठक बन्नुप-यो । लेखक आफै राम्रो पाठक नभइकन अरु पाठक तयार गर्न सम्भव छैन । त्यस्तै, लेखकले पाठकसँग साक्षात्कार गर्नुप-यो ।

बासु शशीले जीवनभर त्यही कुरा भन्नुभयो– मेरा कविता पाठकको हत्या गर्नबाट बञ्चित होउन् । त्यस्तो भयो भने म कविता नै सुनाउँदिन भन्नुहुन्थ्यो ।

पाठकको प्रतिक्रियाअनुसार आफ्नो लेखनमा परिवर्तन ल्याउन सक्नुपर्छ । पछिल्लो समयमा खलिद हुसेनीले यो प्रक्रियालाई अवलम्बन गरेको देखिन्छ । त्यस्तै कुनै पनि लेखनी लेखकको आफ्नै जीवनी हो रे भन्ने ‘सेन्टिमेन्ट’का आधारमा चर्चामा आउने प्रक्रियालाई रोक्न सक्नुपर्छ ।

लेखकले मैले आफ्नो लेखन शक्तिको पुँजीले नै लेखेको हो भन्ने कुरा बुझाउन सक्नुपर्छ । 

७. यहाँ कविहरु अवसर पाउनेबित्तिकै के के न जितेजस्तो ‘बोर’ हुने गरी पाठकलाई सुनाउँछन् । त्यसले पनि पाठक भड्काउँछ ।

बासु शशीले जीवनभर त्यही कुरा भन्नुभयो– मेरा कविता पाठकको हत्या गर्नबाट बञ्चित होउन् । त्यस्तो भयो भने म कविता नै सुनाउँदिन भन्नुहुन्थ्यो । तर हाम्रोमा चाहिं १२ वटा कविता ल्याएको छ भने २० वटा पनि सुनाइदिने गर्न थाले । 

सन् १९५१ मा हरिवंश राय बचन नेपाल आउँदा माधवप्रसाद घिमिरेले तीनवटा गीत सुनाउँदा उनलाई पीडा भएछ । उनले ३० वर्ष पछि पनि गाली गरेर लेखेका छन् ।

नसुना भन्दाभन्दै ३ वटा गीत सुनाएर पिडा दिए भनेर । ‘बसेरेसे दूर’ भन्ने किताबमै लेखेका छन्, देवकोटालाई सुनाउनुस् भन्दा पनि एउटा मात्र सुनाउभयो । दुई कविमा त्यस्तो फरक थियो भनेर । 


८. आइसल्यान्डमा हाम्रो भन्दा पनि कम पाठक छन् । तर त्यहाँ आफनै मातृभाषामा किताब पढ्न पाउनुपर्छ भनेर आन्दोलन भएको छ । उनीहरुले ब्रिटिस किताब होइन, आफ्नो भाषामा किताब पढ्छन् ।

नेपालमा लेखकलाई उचित सम्मान र लेखकस्व दिने चलन नहुनुले पनि पठन संस्कृतिमा बाधा पुगेको छ । कानून त छ, तर लागू भएको छैन ।

आफ्नो भाषाको किताब अंग्रेजीमा अनुवाद गरेर विश्वमा पुर्याउँछन्। संसारभरि चलेको ह्यापी भन्ने शब्द उनीहरुको हो । हामीले ठूलो छिमेकीले पेल्यो भन्छौं तर उनीहरु ब्रिटिस जस्तो ठूलो छिमेकीलाई पेलेर आफ्नो किताब ब्रिटिस भाषामा निकालिरहेका छन् । यो कुरा महत्वपूर्ण छ ।

उनीहरुका बच्चाले पनि किताब किन्दा आफूलाई पाउने सहूलियत लेखकलाई जाओस् भनेर दिन्छन् । लेखकले उसले मेरा लागि किताब लेखेको हो भनेर बच्चादेखि नै बुझाइएको हुन्छ ।

यहाँ त्यस्तो संस्कार सुरु भएकै छैन । न त विद्यार्थी नेताले यो कुरा उठाउँछन्, न त कुनै स्कूलले नै यस्तो संस्कार सिकाएको छ । 


९. नेपालमा लेखकलाई उचित सम्मान र लेखकस्व दिने चलन नहुनुले पनि पठन संस्कृतिमा बाधा पुगेको छ । कानून त छ, तर लागू भएको छैन । चोकमा ‘फूलको आँखामा फुलै संसार’ भन्ने कविता राखिन्छ । तर त्यहाँ दुर्गालाल श्रेष्ठ भनेर लेख्न सकेको छैन । रोयल्टीको कुरा त परै जाओस् ।

पठन संस्कृति बढाउनका लागि विज्ञापन गरेर मात्रै हुँदैन । चल्ने बिषय भनेर सस्ता बिषयमा पुस्तक निकालेरमात्रै हुँदैन ।

केही पहिले मद्यपानले क्षयरोग हुन्छ भन्ने स्वास्थ्य विज्ञापनमा ‘आजभालि हरेक सांझ मातिन थालेछ’ भन्ने गीत हालियो । तर भिम विरागलाई रोयल्टी दिनुपर्छ भन्दा विज्ञापन नै रोकियो । हाम्रो सरकारै पनि नैतिकताबाट पर छ । त्यस्ता घटना धेरै छन् ।

जसले लेखकप्रति सम्मान गर्ने र उसले समाजका लागि लेखेको हो भन्ने मान्यता स्थापना गर्न नै सकेको छैन । यो मनोविज्ञान अन्ततः पठन संस्कृतिको लागि बाधा बन्न जान्छ । 


१०. पठन संस्कृति बढाउनका लागि विज्ञापन गरेर मात्रै हुँदैन । चल्ने बिषय भनेर सस्ता बिषयमा पुस्तक निकालेरमात्रै हुँदैन । त्यसो गर्ने हो भने आम रुपमा पुस्तक पुग्ने वातावरण बनाउनु आवश्यक छ ।

विद्यार्थीलाई ‘स्कुल इडिसन’ निकाल्नुपर्छ । प्रकाशकले यसमा ध्यान पुर्याउनुपर्छ । 
०००