वानीरा गिरीको जङ्गल जङ्गलको विषयगत सन्दर्भ

वानीरा गिरीको जङ्गल जङ्गलको विषयगत सन्दर्भ

जेष्ठ १४, २०७८ 1 By लेखक
शेयर गर्नुहोस्

डा. रजनी ढकाल

विषय प्रवेश
वानीरा गिरी (२००३–२०७८) नेपाली साहित्यका उपन्यास र कविता विधामा स्थापित र प्रिय नाम हो । उनको कलम निबन्धात्मक अभिव्यक्तिमा पनि उत्तिकै सशक्त रूपमा चलेको छ । विभित्र पत्रपत्रिकामा प्रकाशित आलेखहरू तथा पर्वतको अर्को नाउँ पार्वती (२०६७) र जङ्गल जङ्गल (२०६९) निबन्ध सङ्ग्रहहरूबाट गिरीको कुशल निबन्धशिल्पी व्यक्तित्व प्रकट भएको छ । पर्वतको अर्को नाउँ पार्वतीमा उनले आफूलाई निजात्मक तथा वैचारिक निबन्धकारका रूपमा राम्ररी स्थापित गरेकी छन् । यसमा सङ्कलित निबन्धहरूमा गिरीको विषयगत विविधता, वैचारिक प्रखरता र गृहीत विषयप्रति सूक्ष्म दृष्टिकोण देखिन्छ ।
जङ्गल जङ्गल वानीरा गिरीको समसामयिक सन्दर्भका निबन्धात्मक आलेखहरूको सङ्कलन हो । रत्न पुस्तकबाट प्रकाशित यस पुस्तकमा उनका केही दशकदेखि विभित्र पत्रपत्रिकामा प्रकाशित तथा केही अप्रकाशित ९९ ओटा छोटा र मध्यम आकारका आलेखहरू ३१३ पृष्ठमा सङ्कलित छन् । दुई खण्डमा बराबरी सङ्ख्यामा व्यवस्थित गरिएका यी आलेखहरू निबन्धकार गिरीका विषयगत ज्ञान र समसामयिक विषयप्रतिका रुचि र चासोका प्रमाण हुन् । पहिलो खण्डका आलेखहरू मूलतः सामाजिक, सांस्कृतिक र कला साहित्यिक विषयसँग जोडिएका छन् भने दोस्रो खण्डका आलेखमा गिरी राजनीतिक विषयसन्दर्भसँग बढी केन्द्रित भएकी छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भले यी आलेखको विषयक्षेत्र अझ फराकिलो बनाएको छ । यस पुस्तकलाई वानीराका निबन्धहरू भनिए पनि पुस्तकमा सङ्कलित लेखहरूबाट यो कृतिलाई समसामयिक सन्दर्भका आलेखहरू भन्न उपयुक्त हुने देखिन्छ । हुन त निबन्धको मुख्य आधार भत्रु पनि यस्तै मुक्त गद्यात्मक लेखन हो । कुनैपनि विषयलाई निजात्मकतामा घोलेर आफ्नो वैचारिक दृष्टिकोण सुललित गद्यमा प्रस्तुत गर्न निबन्धकार लागिपरेको हुन्छ । यस सङ्ग्रहका कतिपय आलेखहरूमा ती निबन्धगत गुण वानीराको लेखनमा प्रस्ट देखिएका छन् भने कतिपय आलेखहरू दैनन्दिनी टिपोट जस्ता पनि लाग्छन् । यस सङ्ग्रहमा सङ्कलित आलेखहरूमा विषय प्रस्तुतिगत सन्दर्भ जे जस्तो भए पनि तिनमा प्रकट भएका धारणाले गिरीको लेखकीय चिन्तन र दृष्टिकोणलाई चाहिँ प्रस्ट पारेका छन् । यस सङ्ग्रहका आधारमा हेर्दा दैनिक जीवनमा आफूलाई छोएका घटना र विषयमा आफ्ना विचार र तर्क राख्नु तथा तिनलाई लिपिबद्ध गरेर सुरक्षित गर्नु वानीराको लेखकीय बानी देखिन्छ । यस सङ्ग्रहमा रहेका निबन्धात्मक आलेखबाट वानीरालाई सामाजिक, सांस्कृतिक, राजनीतिक, कला­साहित्यिक, प्राकृतिक, नारी विषयक, वैयक्तिक तथा अन्तर्राष्ट्रिय वृत्तका अनेक घटना र विषयले आकृष्ट गरेको स्पष्ट हुन्छ । यहाँजङ्गल जङ्गलमा सङ्कलित आलेखहरूको विषयगत सन्दर्भको अध्ययन गरिएको छ ।

सामाजिक सांस्कृतिक विषय सन्दर्भ
सामाज मानिसले आफू बाँच्नका लागि निर्माण गरेको बसोबासको साझा थलो हो भने संस्कृति जीवन बचाइको शैली हो । लेखन जीवन भोगाइका अनुभूति र अनुभवको कलात्मक भाषिक अभिव्यक्ति हो । त्यसैले कुनै पनि लेखन सामाजिक तथा सांस्कृतिक विषयबाट टाढा रहन सक्दैन । जीवन निरन्तरताको आधार समाज हो, साहित्यमा त्यही जीवन र समाजको प्रतिबिम्बन हुन्छ । संरचना तथा तत्त्वगत भित्रताले साहित्यका विधा छुट्टिए पनि विषयगत रूपमा वा भनौँ सामाजिकताको उपस्थितिका दृष्टिले साहित्यिक अभिव्यक्तिलाई एउटै पाटोमा समेटिन्छ । कलाका सबै पक्षहरू जीवनसँग उसरी नै गाँसिएका हुन्छन् जसरी जीवन समाज र संस्कृतिसँग गाँसिएको हुन्छ । निबन्धकार वानीरा गिरीले पनि सामाजिक जीवनबाटै लेखनका मूल विषय समेट्ने गर्छिन् । जङ्गल जङ्गलमा सङ्कलित धेरैजसो निबन्धहरू सामाजिक सांस्कृतिक विषयसन्दर्भसँग जोडिएका छन् । यसमा ‘धुम्रपान: एक सामाजिक­मनोवैज्ञानिक ग्रन्थि’, ‘शव­वाहन र जिउँदा शवहरू’, ‘सत्तरीका श्रद्धेय कथावाचक’, ‘झोली भरदे भरदे’, ‘मानिस: जात, थर’, ‘मानौँ सारा जनकपुर उफ्रँदै छ’, ‘एउटा भएकै कथा’, ‘प्रिग्मी प्रेतात्माहरू’, ‘ओभर एन्ड आउट’, ‘लठ्ठी, लौरो र अन्तर्राष्ट्रिय वृद्ध वर्ष’, ‘विचरा ! चाउचावे बच्चाहरू’ आदि निबन्धहरू पर्दछन् ।
प्रस्तुत निबन्धहरूमा लेखक समाजमा देखिने गरेका विविध समस्यामा केन्द्रित भएकी छन् । धुम्रपानले किशोर, युवा र वयस्क सबैलाई गाँज्दै लगेको सामाजिक समस्या, समाजका ज्येष्ठ नागरिकका गुनासा, शव­वाहनको दुरुपयोग, सरकारी साधनको दुरुपयोग, काठमाडौँका नगरबसमा यात्रारत यात्रुको नाजुक अवस्था, जात र थरले मानिसका मनस्थितिमा उब्जाएका शङ्कालु वृत्ति, सामाजिक परिपाटीले नै मानिसलाई ठुलो सानो जातका रूपमा चिनाउन थालेको कुरा, दसैँका समयमा देखिने काठमाडौँको सुनसान र जनकपुरको धुमधामको परिवेश, बाटोमा जुत्ता सिउने मोचीको कथा, ट्राफिक प्रहरीले सवारी साधनको नेमप्लेट राख्न बेलाबेलामा फेर्ने गरेको निर्णय र त्यसले सवारी धनीमा पार्ने गरेको मानसिक तथा शारीरिक सास्ती जस्ता सामसायिक सामाजिक समस्यालाई निबन्धकारले प्रस्तुत आलेखहरूमा प्रस्तुत गरेकी छन् । यस्ता विषयहरू निबन्धकारका आप्mनै जीवन वरिपरि घुमेका छन् । लेखकका दैनिक जीवनमा भेट भएका पात्र, घटना र परिस्थितिले नै लेखकले यिनलाई विषयका रूपमा समेटेको देखिन्छ ।
‘धुम्रपान: एक सामाजिक­मनोवैज्ञानिक ग्रन्थि’ आलेखमा धुम्रपानबाट प्राप्त हुने सामाजिक प्रतिष्ठाका कारणले पनि मानिसहरू धुम्रपान गर्न आकर्षित भएको सामाजिक मनोवैज्ञानिक कारण दिने क्रममा निबन्धकारले समाजका र कतिपय आफ्नै परिवारका सन्दर्भलाई प्रस्तुत गरेकी छन् । आफ्ना बुबा, पति र छोराले समेत चुरोट सेवन गरेका रोचक प्रसङ्ग यसमा समेटेकी छन् । ‘शव­वाहन र जिउँदा शवहरू’ शीर्षकमा लेखकले शव­वाहनको दुरुपयोगलाई बिम्ब बनाएर देशको अस्तव्यस्तताप्रति तिखो व्यङ्ग्य गरेकी छन् । शव–वाहनजस्तो संवेदनशील पक्ष जोडिएको सवारी साधनमा पनि मानिसहरू अत्यन्त व्यक्तिगत र रमाइला कामको लागि प्रयोग गर्छन् भने अन्य सरकारी सवारी साधनको दुरुपयोग कति होला भत्रे कुरा पाठक आफैँले कल्पना गर्न सक्छ । समाजमा देखिएका यस्ता विकृति र अराजकताले सबै क्षेत्रलाई उत्तिकै घेरेको छ । सत्तरी वर्ष नाघेका वृद्धहरूलाई सरकारी तथा सामाजिक सहयोग र सम्मान हुनुपर्छ भत्रे विचार लेखकले आफ्नै सासूससुराले भारतीय रेलमा उपयोग गरेको सहुलियत भाडादरको प्रसङ्ग अघि सारेर प्रस्तुत गरेकी छन् ‘सत्तरीका श्रद्धेय कथावाचक’मा । यात्रुलाई केवल पैसा मात्र देख्ने भाडागाडीका ड्राइभर र खलासीको मानसिकता अनि यात्रुको दुखेसोलाई एउटा हिन्दी गीतको रोचक सन्दर्भसँग जोड्दै संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ ‘झोली भरदे भरदे…’ आलेखमा । ‘कोही छ झर्ने’ आलेखले पनि सार्वजनिक यात्रामा यात्रुले भोग्नु पर्ने सास्तीको विषयलाई समेटेको छ । ‘मानिस: जात, थर’मा जातीय विभेदले समाजमा मानिस हुनुको उपलब्धिलाई नै न्यून बनाएको तर्क निबन्धकारको छ । उनी यस्तो विभेदका विरुद्धमा आवाज उठाउँछिन् । बालकहरू सबैलाई समान देख्छन् तर पढ्ने नाममा विद्यालय गएदेखि उनीहरूलाई जात र थर दिएर मानिसको महानताप्रति शङ्कालु बत्र सिकाइन्छ । लेखकको आत्माभिव्यक्ति यस्तो छ: “म केटाकेटी हुँदा मेरा आमाबाले मलाई जात र थरको बारेमा केही भत्रु भएन । स्कुलमा भर्ना भएको दिन सानी केटी वानीराको नामपछि विधिवत थर जोडियो गिरी” (पृ. ३१) ।
‘म्हिचा अर्थात् सानु थैली’ आलेखमा निबन्धकारले माधवलाल कर्माचार्यका दम्पत्तीले आफूलाई उपहारमा दिएको थैलीले नेपाली संस्कृतिलाई सुन्दर रूपमा चिनाएको संस्मरण छ । उपहार दिने संस्कृति सुन्दर हो, उपहारमा पनि आप्mनै परिचय समेट्न सकियो भने अझ सुनमा सुगन्ध जस्तै हुन्छ भत्रे लेखकीय दृष्टिकोण यहाँ प्रकट भएको छ । ‘दान’ निबन्धमा मृत्युको तेरौँ दिनमा गरिने दानको विकृत परम्पराजस्तै कन्यादान पनि नारी शोषणको प्रतीक भएको विचार प्रस्तुत गरेकी छन् । उनले मतदानको प्रसङ्ग समेत समेट्दै समाजमा विद्यमान दान संस्कृतिप्रति गहिरो व्यंग्य गरेकी छन् । यहाँ लेखकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक सन्दर्भलाई एकै ठाउँमा समेटेर प्रतीकात्मक अभिव्यक्ति दिन सफल भएकी छन्: “मतदानद्वारा हामी आप्mनो प्रजातान्त्रिक हक र अधिकारलाई सत्प्रयोग ग-यौँ भनेर मक्ख पर्छौं, अधिकार पाउनेवाला चाहिँ हामीलाई ढाड फर्काएर बादलै बादलको नगरीमा मोटरसाइकल डिमान्ड गर्ने पुरोहितले झैँ मोटरसाइकल हाँकेर बेपत्ता हुन्छन् । हाम्रो भागमा बाँकी रहन्छ ­ खाल्डै खाल्डा परेको सडक, बिजुली विनाको घर, पानी विनाको घाँटी, दाल चामल विनाको तपेस, कसौडी…” (पृ. ७५) । त्यसैगरी ‘लठ्ठी, लौरो र अन्तर्राष्ट्रिय वृद्ध वर्ष’ आलेखमा ज्येष्ठ नागरिकलाई राज्यले दिनुपर्ने सेवासुविधाप्रति लेखकले ध्यान आकर्षित गराएकी छन्: “समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र आदिको सन्दर्भमा मात्र मानिसलाई हेरेर पुग्दैन, शरीरशास्त्रको सन्दर्भमा पनि मानिसलाई हेर्नु राष्ट्रहितभन्दा बाहिरको कुरा हुन जाँदैन बरू राष्ट्रकै हितमा देखिन्छ” (पृ. ९९) । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संसारभरिको सामाजिक संस्कृतिलाई लेखकले यहाँ समेटेकी छन् । ‘विचरा ! चाउचावे बच्चाहरू’ आलेखले आर्थिक तथा औद्योगिक विकासले फड्को मार्न थालेको आधुनिक समाजमा जङ्क फुडले पार्दै गएको प्रभाव र त्यसको उपभोक्तावादी संस्कृतिको चर्चा छ । साँदेको गुन्द्रुक र ढिँडोले दिने बल आजका चाउचाउले दिन नसक्ने तर्क लेखकको छ । केटाकेटी चाउचाउ खान त रमाउँछन् तर उनीहरूको स्वास्थ्यको जिम्मेवारी कसले लिने ? यसका साथै अन्य निबन्धहरूमा पनि वानीराको नेपाली संस्कृतिसँग जोडिएका संवेदनशील पक्षहरू महत्वपूर्ण विषय बनेर आएका छन् । निबन्धकार वानीरामा रहेको सामाजिक सांस्कृतिक बोधले जङ्गल जङ्गलका आलेखहरूलाई पठनीय र ग्रहणीय बनाएका छन् ।

राजनीतिक विषय सन्दर्भ
राष्ट्र सञ्चालनका लागि बनाइका नीति, कार्यान्वयनको पक्ष तथा जनतालाई सेवा गर्न जनताबाटै चुनिएर राष्ट्र सञ्चालनमा पुगेका जनप्रतिनिधि अनि तिनका व्रिmयाकलाप आदि राजनीतिक विषय सन्दर्भका रूपमा गिरीका निबन्धमा आएका छन् । नेपालले लामो समयसम्म निरङ्कुश शासनमा बाँधिनु परे पनि यसले प्रजातान्त्रिक स्वतन्त्रताको उपयोग गरेको आज आधा शतकभन्दा बढी भएको छ । फरक फरक राजनीतिक परिवर्तन र नेतृत्व पाएर पनि प्राप्ति अनुसारको विकास हुन नसकेको विसङ्गत आवस्था हाम्रो सामु छर्लङ्ग छ । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको अवस्थामा पनि नेपाली समाज र जनताको अवस्थामा उति सुधार आउन सकेको छैन । शिक्षा, स्वास्थ्य, रोजगारी आदिका अवस्था नाजुक छन् । राजनीतिक नेतृत्वप्रति जनतामा निराशा छाएको छ । लेखक वानीराले पनि जङ्गल जङ्गलका आलेखहरूमा जनताका यिनै गुनासा र अभिमतलाई विषयगत रूपमा अघि सारेकी छन् । राष्ट्र र जनताप्रति प्रतिबद्ध भएर लाग्नुपर्ने तिनै जनप्रतिनिधिका कुकृत्य, लापरवाही, उदासीनता, स्वार्थी र लोलुपप्रवृित्तप्रति लेखकले व्यङ्ग्य गरेकी छन् । निबन्धमा जनप्रतिनिधिका क्रियाकलापको खबरदारी गर्दै उनी जनताप्रति उत्तरदायी पनि बनेकी छन् । एउटा चेतनशील लेखकमा हुनुपर्ने दायित्वबोध उनका निबन्धहरूमा देखिन्छ ।
जङ्गल जङ्गलका ‘आत्मालोचना प्रजातन्त्रको आत्मा हो’, ‘यो पालीको तीज अत्यन्त दुखेको छ’, ‘दुई टाउके बच्चा: सावधान !’, ‘राजनैतिक खेतीको सिजन’, ‘सत्ताको जङ्गलमा ईर्ष्या र डाहको चरम परिणति’, ‘हिजोआज मन्त्रीहरू कि त धन गत्र व्यस्त छन् कि…’ ‘तिमी मलाई पानी देऊ, म तिमीलाई भोट दिन्छु’, ‘सावधान ! तपाईंका भावी मतदाता खतरामा छन्’, ‘किशुनजी ! नखस्ने मतलाई खस्ने पार्नुहोस्’, ‘अन्तर्घात ???’, ‘बिक्रम टेम्पोले जन्माएको एक राजनैतिक प्रश्न’, ‘बन्द गर्नेहरूलाई’, ‘नयाँ राजनैतिक ऐना’, ‘हाम्रा सुपरस्टार ! गिरीजाबाबु र किशुनजी’, ‘राजनैतिक विरासत र हिलारी क्लिन्टन’, ‘के जनता लाटीका छोराछोरी हुन् ???’, ‘आभोकाडोको रूख र हाम्रो प्रजातन्त्र’, ‘आमिओ मानुष’, ‘प्रश्न: दरिद्र नारायणहरूको’, ‘अध्यात्मवाद के हो?’ आदि निबन्धहरूले केही दशकदेखि नेपाली राजनीतिमा देखापरेका अनेक अवस्था र स्थितिलाई छर्लङ्ग पारेका छन् । कतिपय संवोधनात्मक शैलीमा लेखिएका यी आलेखहरूमा राजनितिक नेतृत्वलाई खबरदारी र चेतावनी दिइएको छ भने कतिपय आलेखले राजनीतिक बेथितिले नेपाली जनतामा पारेको चोट र त्यसको पीडामय अभिव्यक्तिलाई समेटेका छन् । कतिपय आलेखमा गिरीले अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक प्रसङ्गलाई पनि समेटेकी छन् ।
‘आत्मालोचना प्रजातन्त्रको आत्मा हो’ शीर्षकमा लेखकले टुँडिखेलको पेटीमा मौलाएको ज्योतिषी व्यवसायलाई संवोधन गर्दै नेताहरूको लापरवाहीपनप्रति कसिलो व्यङ्ग्य गरेकी छन् । सुगाको चुच्चोबाट टिपिएको कार्डमा नेपालका नेताको कुरूप भविष्य पनि देखिने सङ्केत उनले गरेकी छन् । ‘यो पालीको तीज अत्यन्त दुखेको छ’ आलेखमा राजनीतिक बेथितिले तीजको संघारमा सिउँदो उजाडिएका नेपाली चेलीलाई सम्झिएकी छन् । त्यसैगरी नमिता सुमिता काण्डका पात्रलाई पनि सम्झिँदै लेखेकी छन्: “दर खाँदा धेरै वर्षअघि बली चढाइएका नमिता­सुनिताहरूको भाग पर सार्नु बिर्सिनु भएन । कसलाई के थाहा ? कति कति नमिताहरू अझै बलि चढाउनु छ ?” (पृ. १२४) । लेखकको यो सङ्केत हरेक दिनजसो हुने गरेका बलात्कार र नारी उत्पीडनका काण्ड अनि राज्यको दण्डहीन रवैयाप्रति पनि हो । राजनीतिक विषयसँग सांस्कृतिक र नारीवादी दृष्टिकोण यस आलेखमा प्रस्तुत भएको छ । ‘आलुको खेती’ शीर्षकको आलेखले पनि राजनीतिक नेतृत्वप्रति व्यङ्ग्य गरेको छ । ‘दुई टाउके बच्चा: सावधान!’ मा एउटा फिल्मी सन्दर्भको रोचक कथालाई आधार बनाएर राजनीतिक पार्टीको कुत्सित नियतको भण्डाफोर गरिएको छ । ‘राजनीतिक खेतीको सिजन’ आलेखमा राजनीति गर्ने नयाँ पुस्ताहरू नयाँ सोच र दृष्टिकोण भएका जोशिला युवा नआई पैतृक विरासतबाट आउनु विडम्वना भएको तर्क राखेकी छन् । यसमा अमेरिकी र बेलायती राजनीतिक क्षेत्रका प्रखर व्यक्तित्वका सन्तानहरू भने राजनीतिमा नलागेको उदाहरण प्रस्तुत गरेकी छन् । ‘सत्ताको जङ्गलमा ईर्ष्या र डाहको चरम परिणति’ आलेखमा गिरीले दक्षिण एसियाली राजनीतिक परिवेशलाई फन्को मार्दै महिला नेतृत्वमा आएका इन्दिरा गान्धी, सिरिमाओ बन्दरानायके, बेगम खालिदा जिया, शेख हसिना वाजेद, बेनजीर भुट्टो, चन्द्रिका कुमारतुंगे आदिलाई सम्झिएकी छन् । उनले अबको राजनीतिमा पुरुषको एकल अधिकार नरहेको नारीवादी दृष्टिकोण पनि प्रस्तुत गरेकी छन्: “बीस सय वर्ष ती हातले कोक्रो मात्र हल्लाए वा विश्व सञ्चालन गरे सोच्नुपर्छ तर एक्काइसौँ शताब्दीमा स्त्रीद्वारा सत्ता सञ्चालन गरिने आधारहरू भने प्रशस्त तयार भइसकेका छन्” (पृ. १४७) । त्यसैगरी यस सङ्ग्रहका माथि उल्लिखित अन्य आलेखहरूले नेताका उद्घाटन समारोहका व्यस्तता, चुनावताका जनतासँग गर्ने गरेका झुटा बाचाहरू, भोट माग्न समेत अल्छी गरेर हारेका नेताको नियतिसँग जोडिएको जनताको भाग्य, अनेक गुटबन्दीमा लागेका पार्टीका नेताहरू र चिरा परेका पार्टीको अवस्था तथा नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी आदि जस्ता व्यक्ति र तिनका कार्यको विवरण समेत प्रस्तुत गरिएको छ ।

कला साहित्यिक विषय सन्दर्भ
साहित्यमा साहित्य र कलाको विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । लेखकहरू यसका विषयमा चिन्तन गर्न मन पराउँछन् । अझ निबन्धात्मक आलेखहरूमा यस्ता चिन्तन महत्त्वपूर्ण रूपमा आएका हुन्छन् । यस सन्दर्भमा देवकोटाको ‘कला र जीवन’ अनि ‘साहित्यमा शिवत्व’ निबन्धलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । वानीरा गिरीले पनि जङ्गल जङ्गलका कतिपय आलेखहरूमा कला र साहित्यसम्बन्धी घटेका अनेका घटना र तीसँग सम्बन्धित अनेक व्यक्तित्वका बारेमा आफ्ना मत अभिमत प्रस्तुत गरेकी छन् । जङ्गल जङ्गलका ‘नियति र तीन प्रतिभा सम्पत्र कवि’, ‘एकेडेमीमा कोयलीको मीठो स्वर सुनिँदैन’, ‘सांस्कृतिक विकासले देश सभ्य बन्छ’, ‘नारायण गोपाल अनि नारायण गोपाल’, ‘ताल से ताल मिला’, ‘माया रुथेनवुल्हर, थेङ्क्यु, थेङ्क्यु भेरीमच’, ‘झलकमान भनेको झलकमान गन्दर्भ हो’, ‘ढोका हुनु त यस्तो’, ‘यहाँ ढोका होइन ढोकेहरूको भीड छ’, ‘समय रुक्दैन, समय गतिशील छ’ जस्ता आलेखहरूमा कला र साहित्यका अनेक प्रसङ्गहरू समेटिएका छन् । यी आलेखहरूबाट वानीराले आफूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कला र साहित्य क्षेत्रमा रहेको आफ्नो जानकारी र ज्ञान प्रस्तुत गरेकी छन् ।
‘नियति र तीन प्रतिभा सम्पत्र कवि’ मा नेपाली साहित्यका लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र भूपि शेरचन जस्ता प्रतिभाशाली साहित्यकारले आफ्नो जीवनमा भोग्नु परेको मानसिक असन्तुलनको नियतिलाई प्रारब्ध र बिडम्बना भत्रु हाम्रो रोगी मानसिकता भएको तर्क गरेकी छन् लेखकले । उनीहरूजस्ता लेखकलाई बुझ्न र चित्र नसक्नु हाम्रो समाजको दोष हो भत्रे दृष्टिकोण गिरीको छ । ‘एकेडेमीमा कोयलीको मीठो स्वर सुनिँदैन’ आलेखमा सङ्गीतकार शान्ति ठटालले नेपालमा आएर गीत गाएको प्रसङ्ग सम्झिँदै कला साहित्यलाई अगाडि बढाउने जिम्मेवार निकाय एकेडेमी सुस्ताए पनि व्यक्तिगत प्रयासबाट कला क्षेत्रको अघि बढ्दै गएको विषय समेटिएको छ । त्यसैगरी ‘सांस्कृतिक विकासले देश सभ्य बन्छ’ आलेखमा लेखकले सार्कराष्ट्रका बीचमा भएका सांस्कृतिक आदानप्रदानले यी देशको कलाको क्षेत्रमा भएको विकास र उन्ततिको अङ्कन गरेकी छन् । ‘नारायण गोपाल अनि नारायण गोपाल’मा स्वरसम्राट नारायण गोपालको आवाजको प्रशंसा गरिएको छ । नारायण गोपालको आवाज र गायनकलाले गर्दा उनी यस संसारमा सधैँ श्रोताको अगाध श्रद्धा र मायामा जीवित रहने विचार प्रस्तुत गरेकी छन् । त्यसैगरी ‘ताल से ताल मिला’ र ‘माया रुथेनवुल्हर, थेङ्क्यु, थेङ्क्यु भेरीमच’ आलेखहरू पनि नारायण गोपालको स्मृति दिवसमा भएको कार्यक्रम र उनका सम्मानमा एउटी विदेशीले लेखेको अङ्ग्रेजी लेखसँग सम्बन्धित छन् । ‘झलकमान भनेको झलकमान गन्दर्भ हो’ आलेखमा लोकगायक झलकमान गन्दर्भप्रति अत्यन्त श्रद्धा र भावपरक अभिव्यक्ति प्रकट भएको छ । त्यसैगरी ‘ढोका हुनु त यस्तो’ आलेखमा पश्चिमी काव्यजगत् र सङ्गीतका महत्त्वपूर्ण व्यक्तित्व जिम मरिसनको काव्यगत अभिव्यक्तिमाथि भावुक टिप्पणी गरिएको छ । यस लेखले मरिसनको व्यक्तित्व र प्रतिभाको परिचय दिएको छ । त्यसैगरी ‘यहाँ ढोका होइन ढोकेहरूको भीड छ’ले पनि जिम मरिसनको जीवन सङ्घर्ष र त्यही सङ्घर्षले उनलाई ‘ढोका’ बनाउन सकेको तर्क लेखकको छ । मौलिक र पृथक शैलीले गर्दा नै मरिसनलाई चर्चाको उचाइमा पु-याएको भन्दै सिर्जनामा मौलिकताको महत्त्व झल्काइएको छ । लेखकले कतिपय अन्य आलेखहरूमा गोपालप्रसाद रिमालको कवि व्यक्तित्वलाई बारम्बार सम्झिएकी छन् साथै उनका कविताका अनेक पङ्क्तिहरू उद्धृत गरेकी छन् ।

प्राकृतिक विषय सन्दर्भ
प्रकृति लेखकको क्रीडाभूमि हो । प्राकृतिक चित्रणका आडमा साहित्यिक अभिव्यक्तिका अनेक स्वरूप प्रस्तुत भएका हुन्छन् । साहित्यमा कहिले प्रकृति नै मूल विषय बन्छ भने कहिले अन्य विषय सन्दर्भ पुष्टि गर्न सहायक र उत्प्रेरक सामग्री बन्छ । कवि वानीराको प्रकृतिप्रेम उनका निबन्धात्मक आलेखहरूमा पनि उत्तिकै महत्त्वपूर्ण भएर आएको छ । जङ्गल जङ्गलका ‘बुलु र बुलुको ऐंसेलु झ्याङ’, ‘त्यो एक टुक्रा स्वर्ग’, ‘जापानी बगैँचा र आत्महत्या’, ‘आइरिसभित्रको नीलो बच्चा र वाल्ट ह्विटमन’, ‘बिऊ कुहियो ! बिऊ कुहियो ! बिऊ छर्! बिऊ छर्!’, ‘जङ्गल जङ्गल’ जस्ता आलेखहरूमा प्रकृति चित्रणका अनेक रूपहरू भेटिन्छन् । यी आलेखहरूमा लेखकभित्र रहेका पर्यावरणीय चेतनाका झल्काहरू प्रस्तुत भएका छन् ।
‘बुलु र बुलुको ऐंसेलु झ्याङ’मा लेखकले शिशुवत मित्रता र उदारतामा सबैभन्दा ठूलो मानवीय गुण हुन्छ भत्रे कुरा देखाउन अस्कर वाइल्डको ‘सेल्फिस जाइन्ट’ भत्रे कथाको सार र आफ्नो बगैँचाको ऐंसेलु झ्याङमा चराहरू नधपाई उनीहरूसँगै सम्झौता गरेर ऐँसेलु खाने बुलुको बालसुलभ चरित्रलाई प्रस्तुत गरेकी छन् । प्राकृतिक मेल र मित्रतामा एकताको बल हुन्छ भत्रे सन्देश लेखकको छ । ‘त्यो एक टुक्रा स्वर्ग’ ललितपुरको गाउँ बडीखेलको प्राकृतिक दृश्यसँग नजिक हुँदै गरिएको यात्रासंस्मरणमा आधारित छ । तोरी फुलेका खेतका दृश्यले प्रफुल्लित हुन पुगेको लेखकीय मनोदशा यहाँ पाइन्छ । त्यसैगरी गाउँको प्राकृतिक शैलीको बसाइ र अग्र्यानिक खानेकुराको वर्णन गरिएको छ । ‘बिऊ कुहियो ! बिऊ कुहियो ! बिऊ छर् ! बिऊ छर् !’ आलेखमा वसन्त ऋतुमा कराउने चराको सम्झना गरिएको छ । लेखकको बाल हृदयमा प्रभाव पार्न सफल कुक्कु र काफल पाक्यो चराहरूको पनि सम्झना गरिएको छ । सङ्ग्रहकै नाउँ पाउन सफल भएको ‘जङ्गल जङ्गल’ शीर्षकको आलेखमा निबन्धकार वानीराको जङ्गलप्रतिको मोह प्रगाढ भएको छ । उनको जङ्गलसँगको सात्रिध्य र मोह कस्तो थियो भत्रे प्रसङ्गमा उनी लेख्छिन्: “…पश्चिमी बङ्गालको दार्जिलिङ जिल्लाको खरसाङ महकुमाको नयाँबजार भत्रे गाउँको वरिपरि र परपरको हरियाली नै मेरो ‘जङ्गल’ शब्दको क्यानभासको प्रथम ‘इजल’ हो । र त्यो जङ्गल भत्रासाथै मेरो मुखमा कटु र आरूपात, भद्राक्षे, बेद्गेडा, क्यामुना र काफलको निम्ति राल चुहुन्छ, रङ्गबिरङ्गी सुनाखरी र जङ्गली फूलहरूको निम्ति आँखा लोभिन्छन्” (पृ. ११३) । उनको बाल्यकालका अनेक स्मृतिहरू जङ्गलसँग जोडिएका छन् । बाल्यकालको जीवन र आमाले सुनाउने कथामा जोडिएका जङ्गलका सन्दर्भ मात्रै होइनन् नेपालको चारकोशे झाडीले पनि उनलाई उतिकै मोहित बनाएको प्रसङ्ग भेटिन्छ । उनले नेपालको जङ्गलमा आफ्नो जीवनको रङ्गीन भविष्य पनि भेटेको तथ्य यसरी प्रस्तुत गरेकी छन् ­ “मेरो खरसाङको जङ्गलसित सिन्दूर थिएन,… त्रिभुवन राजपथको जङ्गलसित भर्भराउँदो सिन्दूर पनि रहेछ गुराँस । … यस्तरी मेरो क्यानभासको हरियोपनको माथमा सिन्दूर पोतियो, मैले प्रष्ट अनुभव गरेँ” (पृ. ११५) । यसले नेपालको सुन्दर प्रकृतिसँगै उनको वैवाहिक जीवनको सौन्दर्यलाई पनि बिम्बात्मक शैलीमा चिनाएको छ ।

निष्कर्ष
जङ्गल जङ्गल वानीराका सामायिक सन्दर्भका अनेक आलेखहरूको बृहत् संगालो हो । यसमा उनका साहित्य, सङ्गीत, समाज, राजनीति, नारी चेतना, प्रकृति आदि विषय सन्दर्भको सुन्दर कोलाज पाइन्छ । यस सङ्ग्रहका धेरैजसो आलेखहरू अखबारी लेखन, रिपोर्ताज र दैनिकी टिपोट जस्ता लाग्छन् तर तिनमा वैयक्तिक जीवनसँग जोडिएका अनेक तथ्यहरू पनि रोचक रूपमा प्रस्तुत भएका छन् । वानीराका पारिवारिक सन्दर्भ, नातागोता, इष्टमित्र, पेसा आदिका घटना र तथ्यहरूले जङ्गल जङ्गलका आलेखलाई निजात्मक बनाएका छन् । उनले आफ्नै जीवन भोगाइको सेरोफेरोलाई अधिकांश आलेखहरूमा समेटेकी छन् र सामाजिक जीवनका अनेक विषयलाई पनि आत्मरागमा रङ्गाउन सफल भएकी छन् । यस सङ्ग्रहका आलेखहरूमा वानीराको ज्ञान र विषयगत जानकारीको सेरोफेरो फराकिलो देखिन्छ । उनले देशभित्रका मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएका विविध पक्षलाई यी आलेखहरूमा समेटेकी छन् । विविध विषय, घटना र व्यक्तिप्रति देखाएको रुचि र तिनकाप्रति स्वतन्त्र दृष्टिकोण राख्ने लेखकीय प्रवृित्तले यसका आलेखहरूलाई अझ रोचक बनेका छन् ।
जङ्गल जङ्गलका आलेखहरूमा अङ्ग्रेजी भाषाका शब्द र लिपिको प्रयोगले पठन प्रक्रियामा पाठकको प्रवाहलाई केही अवरोध पार्दछ । लेखनमा हिन्दी भाषाको प्रयोगले पनि उत्तिकै ठाउँ लिएको छ भने कतिपय भाषिक र विषयगत सन्दर्भमा पनि सम्पादनको कमी महसुस हुन्छ । गद्यलेखनमा पनि काव्यिक अभिव्यक्ति दिन सफल वानीराका अघिल्ला लेखनको भाषाशैलीगत उच्चतालाई यस सङ्ग्रहका आलेखले कायम राख्न सकेको चाहिँ देखिँदैन । वानीराको बौद्धिक चिन्तन, मिथकीय बिम्बको प्रयोग अनि भावात्मक लेखनले जङ्गल जङ्गलका केही आलेखहरू पठनीय छन् । यस सङ्ग्रहका आधारमा भत्रुपर्दा वानीराका मुक्त लेखनको मुख्य उपलब्धि भत्रु नै विषयगत विविधतामा फिँजारिँदै आफ्नो स्वतन्त्र र स्पष्ट दृष्टिकोण दिन सक्नु हो ।
०००