Category: प्रतिनिधि

साउन २४, २०७८ 0

न्यायको भोकले नगरपालिकासम्म

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

उनी नगरप्रमुख हुन्, यसभन्दा पहिले परिवारको जिम्मेवारी, पार्टीको जिम्मेवारी, समाजसेवाका अन्य क्षेत्रसँग पनि उनी अभिन्न रुपमा जोडिएकी छिन् । यी सारा जिम्मेवारी उनी चुस्त हिसाबले निर्वाह गर्ने दावी गर्छिन् । ‘कसरी गर्नुहुन्छ त समय विभाजन ?’ उनी हाँस्दै जवाफ दिन्छिन् – ‘समयको उचित बाँडफाँड । मैले कहिले पनि परिवारलाई दिने समय पार्टीलाई दिइनँ, पार्टीलाई दिने समय परिवारलाई बाँडिन । अहिले म नगरप्रमुख हुँ, जनताको समय काटेर व्यक्तिगत जीवनमा लगाउँदिन ।

जेष्ठ २१, २०७८ 0

जहाँ हुन्छ निःशुल्क पिसिआर परीक्षण: जनसेवामा तल्लीन तिलोत्तमा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

सरकारी अस्पतालले पनि पिसिआर परीक्षणको हजार रूपैयाँ लिइरहेको बेला हाम्रो नगरपालिकाले गत वर्षदेखि नै निःशुल्क गर्दै आएको छ । नगरपालिकाकै लगानीमा गत वर्ष नै कोरोना अस्पताल बनाइएको थियो । यसपटक संक्रमण ह्वात्तै बढेपछि ६० शैय्याको नयाँ अस्पताल बनाइएको छ । अस्पतालमा स्वास्थ्यकर्मी, ‘सेन्टर फ्लो अक्सिजन’लगायत आवश्यक व्यवस्था मिलाइएको छ । अस्पतालमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थाका साथै बिरामीलाई खानाको व्यवस्था पनि नगरपालिकाले नै गरेको छ ।

जेष्ठ ११, २०७८ 0

‘समस्यामा परेका नागरिकको घरैमा खाना पु-याउने व्यवस्था हुँदैछ’

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

नगरपालिकामा ‘भोकै परियो’ भन्ने गुनासोसहितको फोन आउने क्रम बढेको छ । यसैबीच दुई-तीन ओटा संस्थासँग छलफल चलिरहेको छ । तर गत वर्षको जस्तो भीड नगरिकन घरैमा तयारी खाना पु-याइने छ । नगरपालिकाको टिमले फोन सम्पर्कका आधारमा कमसेकम दैनिक २ सय जना जतिलाई खाना लगिदिने तयारी भइरहेको छ ।