Category: पुनर्पठन

जेष्ठ २२, २०७८ 0

मनको गहिराइमा पस्नेहरू

By पारिजात
शेयर गर्नुहोस्

म बी.ए. प्रथम वर्षकी छात्रा हुँदा हाम्रो परिवार बानेश्वर सर्ने भयो, त्यतिखेर एक हप्ताजति अर्थात डेरा नसरुन्ज्यालसम्म नै हामी दुईजना रोई मात्र रह्यौं । उदार र विशाल मन भएकी यस महिलाले मेरो जीवनमा यति धेरै गुण र सहयोग गरेकी छ तथा अगाध माया दिएकी छ, जसलाई कलमबद्ध गर्दै जाँदा एउटा सिंगो उपन्यास बन्नजान्छ ।

जेष्ठ ९, २०७८ 1

शिरीषको फूल कि कागजको फूल ?

By जिन्दगानी
शेयर गर्नुहोस्

पुस्तकको गेटअप राम्रो छ र सफाइ सुन्दर तर मोल भने जनसाधारणले आँट्न नसक्ने खालको छ । ९३ पेजको मोल ५ रुपियाँ निकै चर्को भयो । हुन पनि यो उपन्यास साधारण, अबुझ र अबौद्धिक पाठकका निम्ति लेखिएको पनि हैन । स्वयम् विद्वान भूमिका लेखकलाई यो पढ्दा चौरासी लाख जुनीको कष्ट भएको थियो भने हाम्रा साधारण पाठकहरूले पढ्ने र बुझ्ने त सवालै उठ्दैन । उच्च शिक्षा र उच्च आर्थिक स्तर भएकाहरूका निम्ति लेखिएको पुस्तकलाई हाम्रा ‘इन्टेलेक्चुअल’ हरूले प्रशंसा गरे पनि मैले त यसलाई सुन्दर शैली र आकर्षक गेटअपको खोलभित्र निस्सार र खोक्रो नै पाएँ ।

जेष्ठ ३, २०७८ 0

बोलाऊँ भने तिमीलाई बात लाग्ने डर

By पारिजात
शेयर गर्नुहोस्

तिमी पनि मलाई त्यसरी नै मैले कहिले नदेखेको लोग्ने मान्छेसँग बिहे गरेर दिने थियौ र त्यो मेरो कथित लोग्नेले मलाई पनि पहिलो रात नै बलात्कार गरेको हुने थियो तर अब धन्धा नमान मेरी जननी मेरो बलात्कार भइसकेको छ ।

जेष्ठ २, २०७८ 0

बौलाहा रिमाल

By श्यामप्रसाद शर्मा
शेयर गर्नुहोस्

मैले भेटेको बेलामा नै रिमालज्यू विक्षिप्त भइसक्नुभएको थियो । त्यसपछि बीच–बीचमा कहिलेकाहिँ उहाँ सद्दे हुन लाग्नुभएको लक्षण देखिएको थियो तापनि आजसम्म उहाँलाई विसेक भइसकेको छैन । बरु विक्षिप्तता झन्झन् बढ्दै गइरहेछ र अब हम्मेसी निको हुनुहोला भन्ने पनि देखिन्न ।