Tag: साहित्यकार

कार्तिक ३०, २०७४ 0

रक्सीको भन्दा कडा लत

By कला अनुरागी
शेयर गर्नुहोस्

धरावासी किताब पढ्दा ध्यानस्थ मुद्रामा मौन हुन्छन् । उनलाई कुनै कुराले बाधा गर्दैन । टिभी हेरिरहेको वा हो–हल्ला भइरहेको ठाउँमा पनि उनी मज्जाले पढ्न सक्छन् । लेख्दा पनि उनको त्यही स्वरुप देखिन्छ । उनी सम्झन्छन्, ‘मैले राधा उपन्यास बैठक कोठामा बसेर लेखिसकेको हुँ । त्यतिबेला परिवारका सदस्यहरू पाकिस्तानी सिरियल हेरिरहेका हुन्थे ।’
पढ्दा उनी आफूलाई मन परेको पंक्ति डटपेनले ‘अन्डरलाइन’ गर्छन् । कहिलेकाहीँ कोर्दाकोर्दै पूरै पाना कोरिन्छ । त्यस्तो किताब लेख्ने लेखकप्रतिचाहिँ उनलाई खुब श्रद्धा पैदा हुन्छ । किताबमा कोर्ने बानीको कारणचाहिँ उनको लेखनचेत हो । लेखनको क्रममा सन्दर्भ भेट्न सजिलो हुन्छ भनेर ।