Tag: बाबुराम भट्टराई

साउन ३२, २०७८ 1

यसरी फुटे प्रचण्ड, बाबुराम र किरण

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

फागुन शुरु हुँदै थियो, जनयुद्घ दिवस आयो । युद्धका लडाकुका लागि खासगरी त्यो उत्सव थियो । हामीले भेला, अन्तरक्रिया, अनुभव साटासाट गर्दै मनायौं । जिल्लाबाट विस्थापित भएकाहरु मध्ये केहीलाई घर फर्काउने काम पनि भयो । त्यसै बीचमा क्षेत्रीय व्यूरोको बैठक बोलाइयो, म रोल्पातिर लागें । रोल्पा पुगेपछि देवेन्द्र पौडेल ‘सुनिल’ बलावती शर्मा, सिन्धुलीकी सीमा, मनु हुमागाईं दिदीसँग भेट भयो । उहाँहरुबाट बैङ्लोर बैठकमा उठेका अन्तरसंङ्घर्षको विषयबारे केही कुरा जानकारी पाएँ । त्यतिबेला भारतबाट बरबर रावको नेतृत्वमा सांस्कृतिक टीम पनि रोल्पा आएको रहेछ मलाई वहाहरूसित भेटदा पुराना दिनको याद आयो, निकै खुसी लाग्यो । क्षेत्रीय व्यूरो बैठकमा पार्टी हेडक्वाटर विशेष क्षेत्रमा आउने थाहा भयो । हेडक्वाटरको सुरक्षाको जिम्मा जनमुक्ति सेनाले र अन्य व्यवस्थापनको जिम्मा चाहिँ क्षेत्रीय ब्यूरो कमिटीले लिने निर्णय भयो ।

जेष्ठ २४, २०७८ 0

जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

सिबिआइका इन्स्पेक्टर अमर सिंहका माध्यमबाट मैले धेरै सूचना पाउँथे । उनले नै मलाई मेरो घरको फोन ‘ट्रयापिङ’ गरिरहेको र निगरानी बढाएको सूचना दिएका थिए । त्यो सूचनापछि मैले परिवारलाई चार महिनाको अवधिमा कहिल्यै फोन गरिनँ । भेटनु परेमा शेर सिंह खत्री दाइसँग बोलाएर मेहराली, धौलाकुवामा भेट्थेँ । मसँग मोबाइल फोन थियो, जसको नम्बर पार्टी र भाइचारा संगठनका सीमितलाई मात्र दिएको थिएँ । त्यसका वाबजुद गिरिजाप्रसाद कोइराला र नेतृत्वलाई भेट गराएपछि निगरानी बढेको थियो ।

जेष्ठ १२, २०७८ 3

दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा प्रचण्ड र बाबुरामसँग भेटघाट गराउने तयारी गर्न मात्र एक महिना लाग्यो । गिरिजाबाबुका पिए गोकर्ण पौडेलसँग मेरो नियमित फोन सम्पर्क थियो । फागुन १८, २०५८ गते भेट्ने निधो भयो । पौडेल र चक्र बाँस्तोला आइआइटी बस्नुभयो । कोइरालालाई पहिले मैले भेट्ने कुरा भयो । फागुन १७ गते निरञ्जन कोइरालाको दिल्लीस्थित घर घौलाकुआमा नोना कोइरालासहित गिरिजाबाबुसँग भेट भयो ।
उहाँको शब्द थियो, ‘यो जनयुद्धलाई मैले शान्ति प्रक्रियामा लैजान्छु । प्रचण्ड र बाबुरामलाई मनाउनोस् । इन्डिया राजा राख्ने पक्षमा छ । त्यसैले खतरा छ, तपाईंहरू नेताको सुरक्षा गर्नुहोला ।’