Tag: वामदेव क्षेत्री

अशोज ११, २०७८ 0

१२ बुँदे समझदारीको झलक

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

आन्दोलनको जब थालनी भयो लाखौँ जनता सडकमा उत्रिए । हामीले पनि गाउँगाउँबाट जनतालाई गुल्मीको सदरमुकाम गुल्मी, बाग्लुङ्गको सदरमुकाम र म्याग्दीको बेनीमा जनमानस उतार्ने हामीले निर्णय गरेका थियौँ । हामी भूमिगत नै भएकोले आन्दोलनको नेतृत्व नेपाली कांग्रेस र एमालेले गर्ने तर भित्रभित्र हामीसँग जोडिएका कार्यकर्ता पठाउने निधो गरेका थियौँ ।

अशोज ४, २०७८ 0

ढाडमा टेकेर टाउकामा हिर्काउने योजना

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

पार्टीले थानकोट पुलिस चौकीमा आक्रमण गर्यो । सर्लाहीको मलंगवामा सेनाको हेलिकोप्टर खसालियो । यी घटनापछि भने बल्ल शाही सरकार तर्सेको थियो । यी घटनासँगै माओवादी र अन्य राजनीतिक दलका बिचमा आ–आफ्नो तरिकाले संघर्ष गर्ने तय थियो ।

भदौ २८, २०७८ 0

चुनवाङको स्मरणीय बैठक

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

म दिल्ली गएको बेला पार्टीले मेरो सुरक्षालाई दिएको ‘पेस्तोल’ बढी खोजबिन भएछ । मैले त्यो पेस्तोल मेरा सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमरेड रेश्मालाई सहिद परिवार वेणीराम भुसालको घरमा सुरक्षित राख्न दिएको थिएँ । मेरा सुरक्षामा खटिएका रेश्माले भन्नुभयो– ‘तपाईंको पेस्तोल कब्जा गर्न खोजेका थिए, मैले केही भनिनँ’ भन्नुभयो । कस्तो निचता हो ?

भदौ २१, २०७८ 0

बाबुरामको कारवाही फुकुवा

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

त्यतिबेला माओवादीका दावा थियो ८०% प्रतिशत भूभाग हाम्रो कब्जामा छ । त्यहीँ समय पार्टीको हैसियतबाट अध्यक्ष कमरेड प्रचण्डले र क्रान्तिकारी जनपरिषद छाया सरकारको प्रतिनिधिको रुपमा बाबुराम भट्टराईले चीन, भारत, यूरोपियन देश अमेरिका लगायतका देशलाई नेकपा माओवादीका तर्फबाट चिठ्ठी लेखेको थियो ।

भदौ १४, २०७८ 0

लावाङको बैठक र बाबुरामको कारबाही

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

त्यसपछि क. प्रचण्ड यू–टर्न हुन थाल्नु भयो । बाबुरामलाई पनि भारत पठाउने र वार्ताको वातावरण बनाउने र बाबुरामले अगाडी सारेको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा स्वीकार गर्न वाध्य हुनु भयो ।

भदौ ७, २०७८ 0

फुन्टीवाङको स्मरणीय बैठक

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

मैले आफ्नो मत के राखेको थिएँ, मलाई घेरा हाल्ने, धम्काउने काम भयो । कमरेडहरुले त्यहीँ नै आक्रमण गर्छन् कि भने जस्तो स्थिति देखियो । आज पनि म यही पार्टी र आन्दोलनमा छु

साउन ३२, २०७८ 1

यसरी फुटे प्रचण्ड, बाबुराम र किरण

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

फागुन शुरु हुँदै थियो, जनयुद्घ दिवस आयो । युद्धका लडाकुका लागि खासगरी त्यो उत्सव थियो । हामीले भेला, अन्तरक्रिया, अनुभव साटासाट गर्दै मनायौं । जिल्लाबाट विस्थापित भएकाहरु मध्ये केहीलाई घर फर्काउने काम पनि भयो । त्यसै बीचमा क्षेत्रीय व्यूरोको बैठक बोलाइयो, म रोल्पातिर लागें । रोल्पा पुगेपछि देवेन्द्र पौडेल ‘सुनिल’ बलावती शर्मा, सिन्धुलीकी सीमा, मनु हुमागाईं दिदीसँग भेट भयो । उहाँहरुबाट बैङ्लोर बैठकमा उठेका अन्तरसंङ्घर्षको विषयबारे केही कुरा जानकारी पाएँ । त्यतिबेला भारतबाट बरबर रावको नेतृत्वमा सांस्कृतिक टीम पनि रोल्पा आएको रहेछ मलाई वहाहरूसित भेटदा पुराना दिनको याद आयो, निकै खुसी लाग्यो । क्षेत्रीय व्यूरो बैठकमा पार्टी हेडक्वाटर विशेष क्षेत्रमा आउने थाहा भयो । हेडक्वाटरको सुरक्षाको जिम्मा जनमुक्ति सेनाले र अन्य व्यवस्थापनको जिम्मा चाहिँ क्षेत्रीय ब्यूरो कमिटीले लिने निर्णय भयो ।

साउन २५, २०७८ 0

रविन्द्र श्रेष्ठको राजावादी छनक

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

हो, युद्व भनेको नापतौलको हुँदैन तर औसत पनि हुँदैन, त्यहीनेर नेतृत्वको भूमिका अहम् हुन्छ भन्ने कुरा मैले बुझेको थिएँ । आइन्स्टाइनले भनेका छन्– ‘माइण्ड इज म्याटर’ । भौतिकवादीले मात्र होइनन् आध्यात्मवादको पनि यो मत छ । यो सारा ब्रामण्ड हाम्रो इच्छा, चाहना र सोंचहरुको प्रकटीकरण हो ।

साउन १८, २०७८ 0

दुश्मनका आँखा छल्दै गुल्मीमा भूमिगत

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

मैले किसानहरूका घरमा सेल्टर बस्दा आफ्नो परिचय लुकाइनँ ‘म बामदेब क्षेत्री हुँ, यहीको जिल्लाबासी हुँ, पार्टीले तपाईंहरूको बीचमा छलफल गर्न पठाएको छ’ भन्थेँ । भूमिगतकालमा क्रान्तिकारीको नयाँ परिचय हुन्थ्यो । तसर्थ सामान्य तरिकाले बुझ्दा त्यो अराजकता जस्तो देखियो होला, तर मलाई आफ्नै ठाउँमा छु भन्ने विश्वासले जितेको थियो । कमरेडहरूको भने चिन्ता थियो, तलसम्म जान हुँदैन, आफ्नो परिचय खुलाउन हुँदैन, सुराकी गर्छन्, घेरा हालेर हत्या गर्न सक्छन् । तर मलाई लागिरहन्थ्यो कि जनताले बचाउने छन्, मरे पनि आफ्नै ठाउँमा सहिद हुने त हो ।

साउन ११, २०७८ 0

पार्टी अन्तरसंघर्षको असर

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

एउटै पार्टीभित्र, एउटै जिम्मेवारीको क्षेत्रभित्र, एउटै कमिटीभित्र पनि भेदभाव, तेरो–मेरो, फलानो पक्षधर, आफ्नो–पराइजस्ता सम्बन्धका आधारमा चलखेल गर्दा रहेछन् भन्ने अनुभूति हुन थाल्यो । क्रान्तिमा होमिएको पार्टीभित्र बढ्दै गएको यो गलत प्रवृत्ति कति पनि चित्त बुझ्दो थिएन । यसले इमानदार, सक्रिय, जुझारु र सक्षम कमरेडहरूले राम्रो ठाउँ नपाउने तर चाकडी, चाप्लुुसी, गलत रिर्पोट गर्नेलाई आफ्नो ठानेर विश्वास गर्ने परम्पराको विकास हुन थालेको देखियो । कम्युनिष्ट पार्टीभित्र जे हुन्छ, त्यो न्यायिक पारदर्शी र उचित हुन्छ भनेर आदर्श सोच राख्ने इमान्दार कार्यकर्ताले पनि अन्तसङ्घर्षलाई नबुझ्दा उत्पीडनमा पर्दा रहेछन् ।