Tag: वानीरा गिरि

जेष्ठ १६, २०७८ 0

एकै तर धेरै वानीरा

By लेखक
शेयर गर्नुहोस्

स्रष्टाहरू स्वभावतः मुडी हुन्छन् । वानीरा पनि त्यस्तै थिइन् । पुतलीसडकमा म नेपाल ल क्याम्पस जाँदा र उनी पद्मकन्या क्याम्पसबाट फर्किंदा भेट भइरहन्थ्यो । भेटमा कहिले अँगालो हालेर कति बेर कुरा गरिरहन्थिन् भने कहिले नमस्कार गर्यो भने पनि नचिनेको, नदेखेको जस्तोगरि फटाफट हिँडिदिन्थिन् । म अवाक् केही बेर उभिरहन्थेँ । उनको स्वभाव विचित्रता र पहिरन विविधता आफ्नै किसिमको थियो, कहिले सादा पहिरनमा, कहिले जनजाति, आदिवासी महिला जस्तै माला लगाएर, रंगीचंगी लेहेंगा लगाएर बेफिक्री हिँडिरहेकी वानीरा । त्यो उनको पृथक पहिचान थियो, स्रष्टा व्यक्तित्वको पहिचान ।

जेष्ठ १५, २०७८ 0

स्मृतिमा वानीरा

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

वानीरा एक गतिवान लेखक थिइन् । निडर, स्पष्टवक्ता र बागी लेखक थिइन् । उनले जे लेखिन्, जीवन त्यसरी नै बाँचिन् । उनले आफ्नो सत्व झुकाएर कहीँ भाग खोजिनन्, पदको लालच राखिनन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति हुने हैसियत महिला लेखकमा भएको चुनौती पेश गरिन् । स्रष्टाको लिङ्ग नहुने भन्दै महिलालाई कवयित्री हैन, कवि भनिनु पर्ने जिकिर गरिन् । समयले कोल्टे फे-यो । उनै वानीराले जीवनका अन्तिम तीन वर्ष आफूलाई बिर्सिंदै जानुप-यो । अल्जाइमर्स (बिर्सने रोग)ले गाँजेपछि ती चलायमान स्रष्टा अचल हुँदै आफूमा हराइन् । २००२ साल चैत्र २९ मा दार्जीलिङमा जन्मिएकी हुन् । राजा महेन्द्रका पालामा अध्ययन छात्रावृत्ति पाएपछि त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन आएकी उनी काठमाडौं बसाइको क्रममा इञ्जिनियर शंकर गिरीसँग विवाह गरी यतै बसेकी हुन् । कोरोना संक्रमणसमेत देखिएको उनको गत जेठ ९ गते हृदयघातका कारण निधन भयो ।

जेष्ठ १५, २०७८ 0

वानीरा अर्काको काँधमा चढेर लेखक भएको होइन

By कवि
शेयर गर्नुहोस्

उहाँको व्यक्तित्व जति ओजपूर्ण थियो, लेखन पनि त्यतिकै बलियो पाइन्छ । वानीराजी सहित यसकालका लेखक पारिजात, भुवन ढुंगाना, कुन्दन शर्माहरूको लेखन शक्तिशाली हुन्थ्यो । कतिपय लेखकहरू पुराना विषयवस्तुलाई घिसेपिटे चालले यताबाट उता पल्टाएको भरमा ‘लेखक’ भएको पाइन्छ । तर वानीराजीको लेखनमा नयाँपन महसुस हुन्छ ।

जेष्ठ १५, २०७८ 0

युवा पुस्तालाई प्रोत्साहन गर्ने लेखक

By जिन्दगानी
शेयर गर्नुहोस्

उहाँको समयका अरू जुन महिलाहरूले प्राज्ञिक मूल्य पाउनु भएको थियो, ती मध्ये उहाँको लेखन, विद्वताको उचाइ बराबरको थोरै मात्र हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय साहित्यमा पनि उहाँको सम्पर्क राम्रो थियो । तर क्षमताअनुसार उहाँलाई राज्यको प्राज्ञिक निकाय प्रज्ञा प्रतिष्ठानलगायत संस्थाले सम्मान दिएको जस्तो चाहिँ देखिएन ।

जेष्ठ १५, २०७८ 0

एकेडेमीलाई वानीराको प्रश्न – के महिला ‘चान्सलर’ हुन सक्दैनन् ?

By कवि
शेयर गर्नुहोस्

वानीरा दिदीको लेखनका तीनै विधा उत्तिकै सशक्त छन् । यद्यपि म स्वयम् कवि भएको हुँदा कविता विधा नै सबभन्दा शक्तिशाली छ जस्तो लाग्छ । ती प्रिय कवि अत्यन्त स्वाभिमानी हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानले पदाधिकारी बन्न गरेको प्रस्ताव उहाँले ठाडै अस्वीकार गर्नुभयो । ‘के महिला चान्सलर बन्न सक्दैनन् ? अन्य पद मलाई चाहिदैन’ भन्ने जवाफ दिनुभएको थियो ।

जेष्ठ १५, २०७८ 0

वानीरा दिदी पारिजातको छायामा पर्नुभो

By लेखक
शेयर गर्नुहोस्

२०५८ सालतिर हुनुपर्छ, पुनर्जागरण पत्रिकाको नियमित स्तम्भ ‘विषुवत्रेखा’मा उहाँले मेरो उपन्यास ‘उलार’ माथि समीक्षा पनि लेख्नुभएको थियो । त्यसको प्रति मसँग सुरक्षित थिएन । संयोग, उहाँ बित्नुभन्दा ४ दिन अघिमात्रै गोविन्द गिरी ‘प्रेरणा’ले त्यसको कटिङ–कपीको फोटो खिचेर मलाई पठाइदिनु भएको थियो ।

जेष्ठ १५, २०७८ 0

वानीराको लेखन क्षमताको कदर नभएकै हो

By लेखक
शेयर गर्नुहोस्

महिलालाई विभेदपूर्ण सम्बोधन गरेको उहाँलाई पटक्कै मन पर्दैनथ्यो । खासगरी कसैले पनि नबोलेको बेलामा महिलालाई ‘कवयित्री’ भन्नु हुँदैन, हामी पनि कवि हो भनेर ‘च्यालेन्ज’ गर्ने उहाँ हो । ‘हामी माथि किन अपमान ? हामी पनि कवि हौं’ भन्ने दावी उहाँले पेश गरेको हो । त्यो बेला कुनै एनजीओ/आइएनजीओको ‘एक्टिभिस्टहरूले’ यो कुरा उठाएका थिएनन् । यो कुरा मेरो संकलित निबन्धमा पनि आउँदै छ ।

जेष्ठ १५, २०७८ 1

हुरीझैँ हुर्रिंदै हिँड्ने निर्भीक स्रष्टा

By लेखक
शेयर गर्नुहोस्

कवितालाई पहिलो प्रेम मान्नुहुने डा. वानीरा आफ्नो नामपछि लेखिएको ’गिरि’ शब्द थरका रूपमा ‘गिरी’ नभएर पर्वतको अर्थमा ‘गिरि’ हो भनेर पहिलो निकट भेटमै मलाई भन्नुभएको थियो । मनमनै साहित्यको पर्वत अर्थात् शिखर नै सम्झी दिदीप्रतिको अप्रतीम श्रद्धाले मेरो शिर निहुरिएको थियो ।

जेष्ठ १५, २०७८ 0

वानीरा एक स्वप्नील स्रष्टा

By लेखक
शेयर गर्नुहोस्

वानीरालाई कविता, उपन्यास र निबन्ध तीनै विधामा समानरूपमा सशक्त सर्जकका रूपमा हेरिन्छ । समानरूपमा तीनै विधामा सामथ्र्य राख्छिन् उनी, तथापि भनेकी छन्– पोएट्री इज माइ फस्र्ट लभ । उनको कविता पठन अदभूत सुन्दर हुन्थ्यो भन्ने पनि सुनेकी थिएँ । उनको कविता सुनेरै तत्कालीन राजा महेन्द्रले उनलाई नेपालमै बस्नु भन्नुभएको थियो रे !

जेष्ठ १५, २०७८ 0

पारिजात दिदीको सधैँ प्रिय ‘वानीराजी’

By लेखक
शेयर गर्नुहोस्

हामी म्हेपी घरमा सरेपछि पनि उहाँ दुई–तीनचोटि हामीकहाँ आउनुभयो । म स्कूल हेर्थें, त्यसो भएर त्यति उहाँहरूको बातमा ध्यान दिन पाइनँ । तर पछिबाट उहाँहरूको विचारमा भिन्नता आएको चाहिँ मैले बोध गरेँ । दिदी प्रगतिशील विचारमा लाग्नु भयो, उहाँलाई त्यो मन परेन । तर विचारमा फरक भएपनि उहाँहरूको व्यवहार मित्रवत् रहिरह्यो । उहाँहरूले एकार्काको विद्वताको सम्मान गर्नुहुन्थ्यो ।