Tag: दयाहाङ राई

जेष्ठ २०, २०७८ 1

‘एसएलसी फेल भएपछि खेतीकिसानी गरें’

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

सानो छँदा उनले आमाबाट कथा सुन्ने प्रशस्तै मौका पाए । लोक, नीति, दन्त्य, हुँदाहुँदा ढुंगा माटो सबैको कथा उनलाई आमाले सुनाइन् । ती कथाका जादुमय शक्ति भएका पात्रसँग उनी कैयौं दिनसम्म विचरण गरिरहेका हुन्थे । पात्रहरू बादलसँग कुरा गर्थे । अनि आमाले सुनाएका कथा र कमिक्स किताबमा हुने पात्रबारे उनलाई पुनः अभ्यास गर्न मन लाग्न थाल्यो । अनि उनी कापीमा ती पात्रको चित्र बनाउने, रंगहरू लगाउने गर्थे । कमिकका पात्रहरू कोहीको जुंगा लामो हुने, कसैको बडेमानको पेट, कसैको खतरा बडी देखेर उनी लोभिन्थे । उनलाई लाग्थ्यो, आमाले सुनाएका पात्रको पनि कमिक बनाउन सके क्या गज्जब हुन्थ्यो ।

अशोज २, २०७५ 0

राजकुमारी जालिनी पुरुषवादको कैदमा !

By कला अनुरागी
शेयर गर्नुहोस्

दयादाइमा लोकशैलीको कथालाई मञ्चमा भन्ने विशिष्ट प्रतिभा छ । जालिनी नाटक गर्ने भएपछि हामीले निकै सल्लाह गर्यौं। कथालाई नाटकमा ढाल्ने सन्दर्भमा मैले भनेँ, ‘एक युवती नदी तर्न पाएकी हुँदिनन् । नदी किनारमा एउटी वृद्धाले उनलाई कथा सुनाउँछिन् । उनको अगाडि केही मूर्ति हुन्छन्, उनले कथा भन्न सुरु गरेसँगै ती मूर्ति चलमलाउन थाल्छन् र नाटक अघि बढछ् ।’
मेरो कुरा सुनेपछि दयादाइले भने, ‘तिमीले त लोकमाथि लोक पो मिसायौ । राम्रो हुन्छ ।’
राम्रो नाटक बन्यो, यो नाट्य संसार, नाट्य लय निर्माण गर्न दयादाइले भव्य परिकल्पना गरेका छन् । खासगरी काम गरिरहेका मानिसहरु र षोडसी जालिनीमा हुर्कंदै गरेका रहर र सपनाको दृश्यलाई उनले सुन्दर ढंगले दृश्यमा देखाएका छन् । मैले केही शब्दमा व्यक्त गरेको कुरालाई उनले यति विशाल ढंगले दृश्यमा देखाए, त्यस्तो होला भनेर मैले कल्पनै गरेको थिइनँ ।