Tag: लुक ब्याक

जेष्ठ २०, २०७८ 1

‘एसएलसी फेल भएपछि खेतीकिसानी गरें’

By शकुन्तला जोशी
शेयर गर्नुहोस्

सानो छँदा उनले आमाबाट कथा सुन्ने प्रशस्तै मौका पाए । लोक, नीति, दन्त्य, हुँदाहुँदा ढुंगा माटो सबैको कथा उनलाई आमाले सुनाइन् । ती कथाका जादुमय शक्ति भएका पात्रसँग उनी कैयौं दिनसम्म विचरण गरिरहेका हुन्थे । पात्रहरू बादलसँग कुरा गर्थे । अनि आमाले सुनाएका कथा र कमिक्स किताबमा हुने पात्रबारे उनलाई पुनः अभ्यास गर्न मन लाग्न थाल्यो । अनि उनी कापीमा ती पात्रको चित्र बनाउने, रंगहरू लगाउने गर्थे । कमिकका पात्रहरू कोहीको जुंगा लामो हुने, कसैको बडेमानको पेट, कसैको खतरा बडी देखेर उनी लोभिन्थे । उनलाई लाग्थ्यो, आमाले सुनाएका पात्रको पनि कमिक बनाउन सके क्या गज्जब हुन्थ्यो ।