Category: रङ्गमञ्च

जेष्ठ ७, २०७८ 0

सिर्जना र युगको ‘ड्रामा अफेयर’

By कला अनुरागी
शेयर गर्नुहोस्

मण्डला नाटकघरमा नाटक हेर्न आउने दर्शकबीच भेटेकी थिइन् सिर्जनाले युगलाई । तर युग आम दर्शक मात्रै थिएनन् । सिर्जनाजस्ता पाठकको हृदय हल्लाइदिने उपन्यास ‘उर्गेनको घोडा’का लेखक थिए । सिर्जनाले समकालीन साहित्यकारका लेखन पढिरहेकै थिइन् । राम्रा पनि लागेका हुन् कति । तर कता–कता एउटा असन्तोषका लागि रिक्त स्थानजस्तो बनिरहेको उनले पाउँथिन् । जब युग पाठकको उपन्यास पढिन्, उनले आफूभित्रबाट सन्तुष्टिको उच्छवास बाहिर निस्किरहेको पाइन् । ‘यो लेखक ठीक छ,’ उनले मनमनै बोलेको संवाद थियो त्यो ।

अशोज २, २०७५ 0

राजकुमारी जालिनी पुरुषवादको कैदमा !

By कला अनुरागी
शेयर गर्नुहोस्

दयादाइमा लोकशैलीको कथालाई मञ्चमा भन्ने विशिष्ट प्रतिभा छ । जालिनी नाटक गर्ने भएपछि हामीले निकै सल्लाह गर्यौं। कथालाई नाटकमा ढाल्ने सन्दर्भमा मैले भनेँ, ‘एक युवती नदी तर्न पाएकी हुँदिनन् । नदी किनारमा एउटी वृद्धाले उनलाई कथा सुनाउँछिन् । उनको अगाडि केही मूर्ति हुन्छन्, उनले कथा भन्न सुरु गरेसँगै ती मूर्ति चलमलाउन थाल्छन् र नाटक अघि बढछ् ।’
मेरो कुरा सुनेपछि दयादाइले भने, ‘तिमीले त लोकमाथि लोक पो मिसायौ । राम्रो हुन्छ ।’
राम्रो नाटक बन्यो, यो नाट्य संसार, नाट्य लय निर्माण गर्न दयादाइले भव्य परिकल्पना गरेका छन् । खासगरी काम गरिरहेका मानिसहरु र षोडसी जालिनीमा हुर्कंदै गरेका रहर र सपनाको दृश्यलाई उनले सुन्दर ढंगले दृश्यमा देखाएका छन् । मैले केही शब्दमा व्यक्त गरेको कुरालाई उनले यति विशाल ढंगले दृश्यमा देखाए, त्यस्तो होला भनेर मैले कल्पनै गरेको थिइनँ ।

भदौ २४, २०७५ 0

आँसुको दहमा फुल्छ समृद्धिको कमल ?

By कला अनुरागी
शेयर गर्नुहोस्

युद्ध चलाउनेहरूले भनेजस्तो समय आयो । युद्ध सकियो । युद्धका नाइकेहरू सत्ताको नाइके बने । तर कतै हुर्किरहेको भनिएको जीवनलाई हराभरा बनाउने संस्कृतिको बीउको नामनिशाना देखिएन । संस्कृतिको धारा पुरानै पानी बोकेर देखिन थाले । अनि त पीडाको आहत तिनलेमात्रै भोग्नुप-यो, जसले आफ्नो सिली माङ्पा गुमाए । आफ्नो जीवनको सबैभन्दा नजीकको मान्छे गुमाए । जीवनको मुर्चुङ्गा धून गुमाए ।

भदौ २१, २०७५ 0

मण्डलामा के गर्दैछन् मनराज ?

By कला अनुरागी
शेयर गर्नुहोस्

मनराज, छोरो पर्खिरहेको एक बाउ । सन्तानको प्रतिक्षा हाम्रो समाजमा एउटा रोमान्च हो । नेपाली समाजमा सन्तान टुकुटुकु हिँडेर आफूतिर आइरहेको सपना हो । तर जब आफ्नै अगाडि हुर्किखेलिरहेको सपना बेपत्ता हुन्छ, त्यसले बनाउने मनोदशाको विक्षिप्तता कल्पनातीत छ । त्यही कल्पनातीत मनस्थितिबाट गुज्रिरहेका मनराज भेट्छु नाटकमा ।

कार्तिक २०, २०७४ 0

पोर्न नाटकको आरोप !

By कला अनुरागी
शेयर गर्नुहोस्

कतिले त ‘पोर्न’ नाटक नै गर्न लागे भन्नेजस्तो प्रतिक्रिया पनि आएको थियो । त्यसैले हामीलाई अलि डर लागिरहेको थियो । निर्देशकहरू पनि त्यसरी नै डराएका थिए । किनकि पहिलोपटक यसरी ‘रिस्क’ लिएर नेपालमा काम गर्दै हुनुहुन्थ्यो उहाँहरू पनि । त्यसैले त्यो नाटक नै नगर्ने कि भनेर भावुक पनि भएका थियौं ।